Thousands eyed 'Nepal Press freedom week' in Paris
Nepal Info, Paris
पेरिस, माघ २४

नेपाल इन्फो फ्रान्सेली नागरिकरोबर्ट पां पेरिसमा नेपाली प्रेसबारेको बोर्ड हेर्दै । तस्विर: नेपाल इन्फो

रिपोर्टर विथआउट बोर्डरलाई त नेपालका राजाको नाम नै थाह रहेनछ ! नेपालको निरंकुश राज्यसत्ताले नेपाली प्रेसमाथि चलाइरहेको दमनका विरुद्ध पेरिसमा राखिएको सेन्सरसिप राज्यसत्ता शिर्षकको होर्डिग बोर्ड हेरेर यसै भन्दै थिए लिल शहरबाट पेरिस आइपुगेका म्याथु बेलिगं। फ्रान्सेली संचार माध्यममा नेपालमा बिकसित पछिल्ला राजनीतिक घटनाक्रमले स्थान पाउने गरेका भएपनि यहाका कतिपय फ्रान्सेलीहरु राजा विरेन्द्र नै नेपालका राजा हुन् भन्ने ठान्छन्। यस्तै लिल शहरका यि ६५ बर्षिय म्याथु बेलपनि रिपोर्टर विथआउट बोर्डरको होर्डिग बोर्डमा राजा वीरेन्द्र नलेखी राजा ज्ञानेन्द्र लेखिएकोमा आश्चर्यचकित थिए।
पेरिसको गाम्बेता भन्ने ठाउको होर्डिग बोर्ड हेरेपछि आश्चर्यमा परेका म्याथु बेललाई हामीले सोध्यौं के थाह पाउनुभयो नेपाल बारे ?
नेपालमा यस्तो पो भैराखेको छ अहिले ? दरवारहत्याकान्ड त साच्चै तिमीहरुकै देशमा पो भको त हगि। तिस अघि नेपाल गएको बताउने उनले थपे - स्वर्ग जस्तो शान्त थियो तिमीहरुको देश। तर कुरा के हो भने फ्रान्समापनि पहिला राजा थियो र तिमीहरुको देशमा जस्तै हाम्रो देशमापनि अत्याचार थियो।राजा भएको देशमा यस्तै हुन्छ। तर समयक्रममा राजा फालिन्छन् अव चाहि नेपाली राजाको पालो आए जस्तो छ।



बुर्मा कारिम अल्जेरियाली मुलका फ्रान्सेली नागरिक हुन्। पेरिसकै नासियों भन्ने ठाउमा उनको ल साफिर भन्ने कफीसप छ। उनैको पसलको भित्तामा राखिएको यस्तै अर्को होर्डिगं बोर्ड धेरै फ्रान्सेलीहरुले अभिरुचिपूर्वक हेरेको अनुभव उनको छ। कुराकानीका क्रममा उनले भने - अल्जेरियामापनि यस्तै अत्याचार छ। नेपालको शासकपनि हाम्रो जस्तै पो रहेछ। हाम्रो देशमापनि नागरिक यूद्ध चलिराखेको छ। अल्जेरियामापनि पत्रकारहरुले स्वतन्त्रपूर्वक लेख्न पाउन्नन। उनले सुनाउदै गए- कति पत्रकारहरुलाई त जेल हालेको छ र कति विस्थापित भएका छन्। जुन देशकाभएपनि अत्याचारि भनेका अत्याचारि हुन्। यस्तोलाई नलखेटी जनताले सुख पाउदैनन।
पेरिसका मुख्य चोक र मानिसका आवजजावत धेरै हुने ठाउमा आठशय वटा यस्ता होर्डिग बोर्डहरु रिपोर्टर विथआउट बोर्डरले राखेको थियो। जसलाई हजारों फ्रान्सेलीहरुले हेरे।

पेरिसमा धमाधम नेपाली प्रेसबारेका बोर्डहरु देखिन थालेपछि पेरिस स्थित नेपाली दूताबासलाई टाउको दुखाइको विषय बन्यो। बोर्ड प्रकाशित भएकै पर्सीपल्ट आरएसएफ एसिया डेस्क प्रमुख भिन्सेन्ट ब्रोसेललाई राजदूतकी निजि सचिवले फोन गरेर विस्तृत जानकारी मागेकी थिइन। 'कुराकानीका क्रममा नेपाली दूतावासलाई आरएसएफको यो कदमले निकै बेखुशी बनाएको पाए' ब्रोसेलले भने। नेपाली पत्रकारहरुको शाहसिक आन्दोलनलाई समर्थन र निरंकुश राज्यसत्ताको विरुद्ध आरएसएफले एक हप्ते होर्डिगं बोर्ड प्रदर्शनी गरेको थियो। बाकी यहा क्लिक गर्नुहोस।