Nepal Prince beats up Police officers
        
               
काठमाडौ, मंसिर १८
नानीदेखिको बानी किन छुट्थ्यो र ? पटक पटकको गुन्डागर्दीका कारण कुख्याती कमाएका यूवराज पारसले आज दिउसो फेरि सैनिक मुख्यालयदेखि  प्रहरीप्रधान कार्यालय सम्म उत्तपात मच्चाएका छन्। हिजो आफ्ना माता पिताको स्वदेश फिर्ती कार्यक्रम स्वरुप विमानस्थलमा स्वागत गर्न पुगेका यूवराज लगायत राजाको गाडी  र राजाको सुरक्षार्थ खटिएको टोलीमाथि भएको ढुंगामुढा बारे रिस पोख्दै पारसले उक्त उत्तपात मच्चाएका हुन्।
रिसले भुनभुनीका पारस आफ्नो परिवारको सूरक्षा किन भएन भन्दै पहिला शाही नेपाली सेनाको प्रधान कार्यालय गएका थिए। प्रधान कार्यालयको भित्तामा गाडी ठोक्काएपछि भित्र पसेका थिए। आर्मी कार्यालयबाठ चुर हुदै फर्केका पारस त्यसपछि प्रहरी प्रधान कार्यालय गएर सवारीमा ढुंगा प्रहार भएको घटनाबाट क्रुध्द भई युवराज आज बिहान प्रहरी प्रधान कार्यालयमा गई प्रहरी प्रमुख श्यामभक्त थापा, सशस्त्र प्रहरीका प्रमुख सहवीर थापा र उपत्यका प्रहरी प्रमुख कृष्ण न्यौपानेलाई कर्मचारीकै अगाडि लात्ती र चड्कन हानेका  थिए। यसैक्रममा गृह मन्त्रीले प्रहरी प्रमुखसंग सोधपुछ गरेको र सरकारले एक छानविन समिती गठन गरेको थाह हुन आएको छ। यसैगरि राजाका समर्थकहरुले एमाले कार्यालयमा आक्रमण गर्ने धम्की दिएपछि एमाले महासचिव सहित पत्रकारहरु बल्खुतिर लागेकोपनि जानकारी प्राप्त भएको छ।