What a draconian slavery !


    
राजाको खुट्टा ढोग्दै रानी। फोटो : राजेन्द्र मानन्धर द हिमालयन टाइम्स

काठमाडौ, असोज २९

"अरु देशले के कति गरिसके
पुगिसके सारा ब्रमान्ड नै तनतनी
हाम्रो बूढो बाहुन मस्त छ अझै
छामी टुप्पी जनै कन्दनी।"

हाम्रा बाजे बालकृष्ण समले उहिल्यै पुराना रुढीवादी र संभवत: केही हदसम्म सामन्तीहरुलाई समेत लक्षित गरेर भनेका हुनन यो।अहिले हजुरवाउका पालाका यि भनाइलाई हाम्रो एक्काइसौं शताव्दीका आधुनिक राजाले नाटकमा देखाएका छन्।
सारा नेपालीका साझा,आफूलाई बिश्वका सर्वश्रेष्ठ बताउने राजाले दशै जस्तो महान पर्वकै अवसरमा रानीलाई गोडा ढोग्न लगाएर आफ्नो सामन्ती चरित्र उदांगो मात्र पारेनन् बरु सारा महिलालाई हेपेका छन्।

देशको राष्टप्रमुख जस्तो व्यक्तिले देशकी रानीलाई सोह्रौं शताव्दीको सामन्ती चरित्रलाईपनि बिर्साउने गरी खुट्टा ढोगाउनुले रानी कोमल रानी नभएर दरवारकी नोकर्नी पो हुन् की भन्ने देखिएको छ।यस्ता ढोगी, दासी मानसिकता बोकेका र रानीलाई समेत सम्मान गर्न नजान्ने अपमानी राजाबाट नेपाली जनताको झन् कसरि सम्मान होला?

जुत्तै संगको खुट्टामा रानीलाई ढोगाउने र यस्तो नीचकामको झन् गौरब गर्दै फोटो सार्वजनिक गर्ने राष्ट प्रमुखको तल्लो मानसिकताले नेपालीहरुलाई सारा बिश्वसामु लज्जास्पद बनाउंछ। यसले गर्दा यस्तो कार्य कुनै व्यक्ति बिशेषसंग मात्र नभएर सारा महिलाहरुमाथिको अपमान हो। यस्तो अपमानका बिरुद्ध कमसेकम लैगिक समानता र नारी अधिकार भन्दै हिड्नेहरुले केही बोल्लान कि?