
काठमाडौ, असोज १६
मन्त्रीपरिषदका उपाध्यक्ष डा तुलसी गिरी आगामी दिनहरुमा राजनीतिक दलहरुमाथि भिषण दमन गरिने संकेत दिएर एकपटक फेरि बिबादमा आएका छन्। आइतवार बेलुका कान्तिपूर टेलिभिजनकालागि अन्तरवार्ता दिदै उनले राजनीतिक पार्टीहरु राजाले भनेका आधारहरुमा आएर मिले मुलुकको समस्या समाधान हुने बताउदै गणतन्त्र र राजतन्त्र एकैठाउमा रहन नसक्ने उल्लेख गरे।
०४७ को संविधानमा संबैधानिक राजतन्त्र मान्ने भनेर कांग्रेस र एमालेले राखेको अडान आफैले तोडेर गणतन्त्रतर्फजान थालेको गिरीको आरोप छ। गणतन्त्र र राजतन्त्र दुइ शक्ति एकै ठाउमा बस्न नसक्ने प्रमाणित छ। निषेधको कुरा अहिल्यै गर्दिन, टाइम आएको छैन ... more »