
उनले कम्युनिष्ट पार्टी महामन्त्रीजस्तो पद छाडेर राजालाई सघाए। राजा ज्ञानेन्द्रका पिता महेन्द्र र दाजु बीरेन्द्रलाई पनि जीवनभर साथ दिए। तर, ०५८ सालको बंश विनासपछि ज्ञानेन्द्र सत्तामा आउनासाथै उनी फालिए। यतिखेर उनलाई राजावादीहरुले पुछ्न त परै जाओस्, र्फकेर हेर्न पनि छाडेका छन्। यसरी राजावादीबाटै बिर्सिइएका व्यक्ति हुन् राज परिषद् स्थायी समितिका पूर्वसभापति डा. केशरजंग रायमाझी।
शाही नेपाली सेनाको गुप्तचर विभाग 'डीएमआई' को प्रमुखमा केशरजंगका छोरा दिलिपजंग रायमाझी कार्यरत छन्। इन्टीलीजेन्सका नाममा उनले अथाह रकम खर्च गर्नुका साथै ऐयासी जीवन बिताइरहेका छन्। तर, उनैका बाबु केशरजंगले भने कालीमाटीमा दिनहु धाएर तरकारी खाइरहनु परेको छ। राजालाई ... more »