Is Nepal's king Birendra ?
फ्रान्स, मंसिर १५
फरियाको
साइनोपनि नभएका अफ्रिकी मुलुकहरुको भ्रमणमा निस्केका राजा ज्ञानेन्द्रको
टोली यतिबेला इजिप्टको कायरो पुगेको छ। कतै वातावरणमन्त्री, कतै
अर्थमन्त्रीको स्वागतमा मख्ख नेपाली राजा अस्ती सोमबार सम्म बुरुन्डीमा
थिए। बुरुन्डीमा पत्रकारलाई हाम्रा राजाले त्यहाका मिडीया पर्सनहरुसंग
नेपाल संधै शान्तिको पक्षमा भएको बताए रे। बुरुन्डीमा पुग्नु अघिल्लो दिन
राजा तान्जानियामा थिए र त्यहाका अर्थमन्त्री संग हात फर्काइ फर्काइ
रात्री भोजमा गफ चुटीरहेका थिए । यता भने उनका कर्मचारीहरुले रेडियो
सगरमाथा बन्द गराउदै रेडियोका सामाग्रीहरु लुटेर लगेका थिए। अघिल्लोदिन
राती रेडियो सगरमाथामा राज्य आतंक मच्चाएर मुलुकको शान्ती भत्काएका राजाले
भोलीपल्ट बुरुन्डीमा नेपाल शान्तिको पक्षमा रहेकोभनि सरासर झुट कुरा
बोले। नेपाली राजाको शान्तिप्रिय भाषणलाई बुरुन्डीका पत्रकारहरुले
खुव मनपराएको हुनपर्छ भनेर बुरुन्डीको दैनिक पत्रिका 'बुरुन्डी दैनिक'
(जो फ्रेन्च भाषामा निस्कन्छ) हेरेको त त्यहा राजाको
नाम नै गलत पो रहेछ। राजाको नाम वीरेन्द्र रे अनि बुरुन्डी पुग्नुको
उदेश्य शान्ति सेनामा कार्यरत नेपाली सिपाहीहरु भेट्नु रे। बुरुन्डीका
राष्ट्रपति अघिल्लोदिन हल्यान्डका राजदूतलाई स्वागत गर्न विमानस्थल
पुगेछन् तर हाम्रा राजालाई स्वागत गर्न भने द्धितीय उप राष्ट्रपति आलिस
न्जोमुकुन्दा पुगिछन्। तपाइहरुपनि हेर्नसक्नुहुन्छ एट्याच्चमेन्टमा
। या यहां क्लिक गरेर Diplomatie मा गएर le 28 Novembre 2005 को VISITE DU ROI DU NEPAL A BUJUMBURA शीर्षकको समाचार हेर्नसक्नुहुन्छ।

