Vice-chairman Bista takes siesta at the king's meeting
काठमाण्डौ, कात्तिक २५
आफूलाई
राम्रो साथ देलान् भनेर राजाद्वारा मन्त्रिपरिषद्को उपाध्यक्ष बनाइएका ८४
वर्षीय कीर्तिनिधि बिष्टलाई यतिखेर निदाउने रोग लागेको छ। तपाईहरु आफै
अनुमान गर्नुहोस् न, महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा छलफल भइरहेका
बेला यस्तो रोग लागेको मान्छेको भूमिका के होला ? बिष्टलाई लागेको यो
रोगका कारण मन्त्रिपरिषद्का अध्यक्षलाईसमेत रुलिङ्ग गर्न सकस परेको छ।
गत
बुधबार क्याबिनेटको नियमित बैठकमा श्री ५ को तीन साताव्यापी बंगलादेश, अरब
र अफ्रिकन राष्ट्रहरुको भ्रमणसम्बन्धी सेड्युलबारे छलफल भइरहेको थियो। ठीक
त्यसैबेला अध्यक्ष श्री ५ ज्ञानेन्द्रको दृष्टि उपाध्यक्ष बिष्टतिर पर्यो।
तर वयोवृद्ध बिष्ट घ्वार-घ्वार गर्दै घुरिरहनुभएको थियो। मन्त्रीपरिषदकै
सदस्यहरुका अनुसार उहा यसअघिको क्याबिनेट बैठकमा पनि यसैगरी निदाउनुभएको
थियो। यसरी लगातार दुइ पटकको बैठकमा सुतेपछि उहालाई आइन्दा त्यसो नगर्न
सचेत गराइएको बुझिएको छ।
उता अर्का वृद्धवयका उपाध्यक्ष डा. तुलसी
गिरीले भने आफ्नो वाक्चातुर्यले राजालाई सन्तुष्ट पार्ने गरेका छन्। केही
समयअघि बिराटनगरमा गिरीले व्यक्त गरेको संविधानविरोधी अभिव्यक्तिपछि
सोधिएको स्पष्टिकरणमा गिरीले भनेका थिए-'मैले संविधानको विरोध गरेपछि
मात्रै दलहरुले दरबार संविधान फेर्ने कसरतमा लागेको भन्न थालेका छन् नभए
उनीहरु संविधान फेर्नुपर्छ भन्दै थिए। दलहरुलाई यसरी ठाउंमा ल्याउन
बेलाबेला तरंग पैदा गरिरहनुपर्छ सरकार ! -गिरीको भनाइलाई उद्धृत गर्दै
स्रोतले भन्यो।
यसैबीच प्राप्त अर्को समाचारअनुसार आगामी तेह्रौं
र्सार्क सिखर सम्मेलनका अवसरमा श्री ५ र भारतीय प्रधानमन्त्री
मनमोहनसिंहबीच भेटघाट हुने भनिएपनि प्रधानमन्त्री सिंह शनिबार ढाका गएर
शनिबार नै र्फकने कार्यक्रम रहेको बुझिएकाले अलग्गै र लामो भेटघाटको
सम्भावना न्यून भएको छ। यद्यपि भेटघाटलाई सौहादपूर्ण र सफल बनाउन प्रयत्न
भइरहेको बताइन्छ। इण्डोनेशियाको बाङडुङ्गमा राजा र भारतीय प्रमबीच भेटघाट
गराउने सिंह थरका एक उच्चस्तरीय 'र' प्रतिनिधि हालै नेपाल आई राजालाई
भेटेर र्फकेका छन्। कार्तिकको ८ देखि ११को बीच नेपाल आएर सोल्टी होटलमा
बास बसी भोलिपल्टै उनले राजासंग भेट गरेका हुन्। तर दुइपक्षबीच के के
सहमति भयो भन्ने कुराचाहि बाहिर आएको छैन।