'Terrorist at Royal Palace'
काठमाडौं, मंसीर १३
मानवअधिकारकर्मी कृष्ण पहाडीले नारायणहिटी राजदरबारभित्र बस्ने आतंकबादीले रेडियोमाथि हमला गरेको बताउनु भएको छ। सरकारले रेडियो सगरमाथामाथि आक्रमण गरी प्रसारण बन्द गरेको बिरोधमा नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित विरोध र्यालीपछि आयोजित सभामा उहाले भन्नुभयो -'सरकारले रेडियो सगरमाथालाई आतंकको आरोप लगाउँदै प्रसारण बन्द गराए पनि नेपालमा कहिल्यै शान्ति नचाहने आतंकबादी नारायणहिटीको चार दिबारभित्र बसेको छ।' आतंकवादीहरु मानवअधिकार, स्वतन्त्र प्रेस, एफएमको समाचारदेखि डराउने गरेको उल्लेख गर्दै नेपालमा राज्यसत्ताले रेडियो सगरमाथामाथि आक्रमण गरेर त्यसलाई थप पुष्टि गरेको उहाले बताउनुभयो।
पहाडीले बिरामी मरेपछि औषधि काम नलाग्ने उल्लेख गर्दै सर्वोच्च अदालतले बिरामी मानवअधिकार र प्रेस स्वतन्त्रता वहाली गर्न सहयोगको गर्नुपर्ने बताउनुभयो। 'शाही सरकार मर्ने बेलामा कमिलाको प्वाँख पलाएको अवस्थामा छ' उहाले थप्नुभयो। स्वतन्त्रताका पक्षधरले ज्यानको पर्वाह नगर्ने भएकाले २५ मंसिरमा मानवअधिकार दिवसको अवसर पारेर रत्नपार्कमा 'आतंककारी बिरुद्ध' कार्यक्रम गरिने जानकारी पहाडीले दिनुभयो। उहाले पटक पटक राजालाई इंगित गर्दै आतंककारी भनेर लल्कार्नुभएको थियो।
पत्रकार महासंघका सभापति बिष्णु निष्ठुरीले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्नेको हात झर्ने भविष्यवाणी गर्दै प्रेसमाथि थप आक्रमण नगर्न शाही सरकारलाई चुनौती दिनुभयो। 'शाही सरकार भीरतिरको यात्रामा रहेको' दाबी पनि उहाले गर्नुभयो। more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Monday, November 28
by
Nepal Info
on Mon 28 Nov 2005 10:02 AM PST
|
This Month
Month Archive
|
||