King and queen in the gambling
काठमाडौ ,कात्तिक १७
देशमा संकट छ गरिवी छ भोक त्रास र भय छ। जनता रातदिन तड्पेका छन्।मुलुकको
राजनीतिक अबस्था झन झन संकटतर्फ धकेलिदै गएको छ । तर राज्यका हर्ताकर्ता
राजा ज्ञानेन्द्र भने तिहारको निउ पारेर अहिले सांझ राजदरबारभित्रको भव्य
जुवाको खालमा बसिरहेको समाचार प्राप्त भएको छ। थुप्रै रकम बाजी मारेर
संचालित भैरहेको यो खालमा रानी कोमलका साथ राजपरिवारका अन्य सदस्यहरु तथा
उनीहरुका अन्तरंग मित्रहरु सहभागी भैरहेका छन्। दशैं देखिनै
महाराजगन्जस्थित निर्मल निवास जुवाघरमा परिणत भैसकेको समाचार यसअघिनै
प्रकाशमा आइसकेको छ। यतिबेलाको जुवाको खाल भने नारायणहिटी दरबारमा
चलिरहेको छ।
आजै सुरक्षा निकायहरुलाई माओवादीहरुले कुनैपनिबेला युद्धविराम भंग गर्न
सक्ने भएकोले उच्च शतर्कतामा रहनु भन्ने निर्देशन राजाले दिएका थिए। नेकपा
एमालेका नेता वामदेव गौतमले रोल्पा भ्रमण गरी माओवादीसंग सहकार्यबारे
छलफलगरि फर्किनासाथ गौतमले दिएका अभिव्यक्तिबाट दरवार अघिल्लोहप्ता देखिनै
दरवार केहि झस्केको हो। माओवादीले युद्धविराम गरेपछि सरकारलेपनि
युद्धविराम गर्नुको सट्टा सरकारका तर्फबाट हत्या ,हिसा, सुराकी ,निगरानी र
खोजतलास गर्ने कार्यलाई तिव्र पारेकोले कुनैपनि बेला माओवादीले युद्धविराम
भंग गर्ने सक्ने संभावना रहेको गौतमले बताउनुभएको थियो। मुलुकको अबस्था
यस्तो त्रासमय रहेको अबस्थामा दरवारीयाहरुभने राज्यको ढुकुटी रित्याएर
मनोरन्जन गर्ने काममा लागेका छन्।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
राजा रानीसमेत जुवामा मस्त
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||