के राजाले जिम्मा लिन पर्दैन र ?
Are you not responsible almighty ?
राजाबाट संधै भनिबक्सन्छ - राजनैनितक पार्टीले देशमा शान्तीसुरक्षा र
कानुनी शासनको प्रत्याभूती गर्न नसकेकोले हामीबाट देशको सम्पूर्ण
कार्यकारी अधिकार लिइबक्सेका हौं ।
तर राजनैतिक पार्टीलाई भित्तामा धकेलेर आफूले सम्पूर्ण शासन हात लिएपछि
राजाको शान्ति सुरक्षा र कानुनी शासनको अबस्था कस्तो रहेछ भन्ने कुरा यि
दुई उदाहरण हेरौं ।
जापानी गैहृसरकारी संस्था जाइकामा कार्यरत राजाकी मित्र नोरीको यहि जुन ७
मा लुटिइन् । उनीबाट २७ हजार अमेरिकी ट्राभल चेक र १० हजार रुपैया लुटियो
। तर प्रहरीले न त लुटेराहरु पक्राउ गर्यो, न त उनले कुनै राहत नै पाइन् ।
प्रहरी सुपरीटेन्डेन्ट सुरेन्द्रबहादूर शाहका छोराले भारत कारगिलका आफ्नै
साथी महम्मद युनुसलाई बाबुको पिस्तोलले जुन २१ का दिन हत्या गरे । तर
त्यस्तो अपराध गर्नेलाई कारबाही गर्नुको साटो त्यो एउटा दूर्घटना हो भन्दै
जिल्ला अदालतमा सामान्य विबरण दर्ता गरियो । उनलाई न त पक्राउ गरियो न त
कुनै कारबाही ।
विधिको शासन सञ्चालन गर्छु भन्दै प्रजातान्त्रीक हक अधिकार लिने , सरकार
तथा सेना प्रमुख समेत आफै हुने अनि यस्ता घटनामा चाहि चुप लाग्ने गर्न
हुन्छ र ?- के यसको जिम्मेवारी लिन पर्दैन र सरकार ?
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
राजाबाट हुकुम भएपनि..............
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||