Where did they go after Royal massacre?
हत्याकाण्डपछि ति कहां गए ?
सन् २००१ जुन महिनाको पहिलो रात नारायणहिटी राजदरबारभित्र के भयो ? के यो
कु अमेरिकी राष्ट्रपनि बुस प्रसासनद्धारा रचिएको थियो ? राजदरबारको
नरसंहार हुनुभन्दा केहि दिन अगाडी केहि अमेरिकीहरु बौद्धस्थित हायात
रिजेन्सीमा बसेका थिए । आफूहरुले पाटनमा एक अस्पताल बनाउन लागेको तिनिहरु
बताउंथे । तर नारायणहिटी दरबारकाण्डपछि तिनीहरु त्यहां कहिल्यै देखापरेनन्
। त्यतिबेला अधिराजकुमार ज्ञानेन्द्र ( बर्तमान राजा) पोखरामा आफ्नो
प्रकृती संरक्षणको कामको रेखदेख गर्दैथिए भनि र्सार्बजनिक गरिएको थियो ।
तर वास्तविकता के हो भने उनी दरबारभित्र रचिएको कु को खवर प्रतिक्षा गरेर
काठमाडौको विमानस्थलमा बसेका थिए । राजकुमार दीपेन्द्रलाई पहिलानै पक्राउ
गरेर बालाजुस्थित सैनिक व्यारेकमा राखिएको थियो । शाहज्यादा पारस (
बर्तमान राजकुमार) र सैनिक अधिकृत मिलेर हत्यकाण्डको काम फत्ते गरे ।
राजदरवारभित्र राजा विरेन्द्रका कर्मचारी र पारस तथा उनीसंग हत्यामा
संलग्नहरुबिच भिषण गोलीहानाहान भएको थियो । हेलिकप्टरहरु रातभर उडेका
देखिएका थिए र तिनले राजा वीरेन्द्रका कर्मचारीहरुको लाश बोकेका थिए ।
तिनलाई सीमा क्षेत्रको नदी किनारमा तह लगाइयो । मलाई योपनि थाह छ कि यो
घटनाका प्रत्यक्षदर्शीहरुलाई मारियो र कतिलाई देश निकाला गरियो ।
जसले त्यो काम गर्न भूमिका खेल्यो ति त्रासमा बांचे । यदि योजना असफल भएमा
भाग्न सजिलो हुनेगरी ज्ञानेन्द्र विमानस्थलमा बसे । पारसले चाहि यो घृणीत
काम फत्ते गरे । आफ्ना बाबु मारिनेबेलासम्म पनि राजकुमार दीपेन्द्रलाई
जिबीतै राखिएको थियो । त्यसपछि सैनिकहरुद्धारा उनको हत्या गरियो । योजना
असफल भएको खण्डमा अन्यत्र शरणलिन या मुलुकबाट भाग्नकालागि दीपेन्द्रको
जीवनलाई मोलमलाईकालागि जीवितै राखिएको थियो , कु मा संलग्न सैनिकहरु
अधिकृतहरुद्धारा ।
अमेरिकीहरु रामरमिते मात्रै थिए की यो आमसंहारको योजनामापनि संलग्न थिए ?
बेलायती र भारतीय सरकारपनि यसमा संलग्न हुनपर्छ । तर खास दृष्यबाट भने
तिनले आफूलाई टाढै राखे । जे होस भारत एउटा हिन्दु राष्ट्र हो र वीरेन्द्र
हिन्दू राजा । नेपाल र वेलायत दूबै शाही परिवारबिचपनि एउटा लामो संवन्ध छ
।
राजा वीरेन्द्रले कहिल्यैपनि नेकपा माओबादी बिरुद्ध शाही नेपाली सेनालाई
परिचालनमा ल्याएनन् । जसले गर्दा त्यो हत्याको कारका बन्यो ।
ज्ञानेन्द्रलाई बुस, ब्लेयर , भारतीय शासक र नेपाली सेनाको र्समथन थियो ।
अहिलेपनि तिनले भारतीय सिमाबाट लोमान्थाङ्ग जाने बाटो निर्माण गर्दैछन ।
लोमान्थाङ्ग चीनियाहरु संग लड्ने अमेरिकी तालिम प्राप्त तिब्बती
गुरिल्लाहरु अवतरण गर्ने प्रमुख स्थान हो चीनको सीमास्थित । अमेरिकी
गुप्तचर संस्था सि आइ ए ले सन् १९६० र ७० को दशकभरी त्यहा तिब्बती
गुरिल्लाहरुको क्याम्प खडा गरेको थियो । भविष्यमापनि यो भू भाग चीन
विरुद्ध प्रयोग गर्न सकिने उत्तम हवाई आधार हो ।
ज्ञानेन्द्र एक सद्धाम हुसेन हुन् जसले राजाहुनका निम्ति आफ्नै दाजुभाई र
परिवारको हत्या गरे । यस घटनाकौ तथ्य र्सार्वजनिक हुनपर्नै समय हौ यो । यो
घटनाबारे हाम्रो सरकारको भूमिकाबारेपनि र्सार्वजनिक हुनपर्छ । हाम्रो
रक्तपातपर्ण इतिहासको यो एक अर्को अध्याय हो । र हामीले हिरोइनको कारोवार
गर्ने हत्यारा तानाशाहहरुलाई र्समथन गरेका छौं । म नैपाललाई संधै प्रैम
गर्नैछु र नैपालका प्रसस्त संझनायौग्य क्षणहरु छन् मेरो यौवनकालका ।
बुद्धको जन्मभूमीमा हत्या गराउन मेरो आफ्नै देशको भूमिका रहेकोमा म
लज्जितपनि छु । अमेरिकी परराष्ट्र नीतिले नेपाललाई खतम पार्यो ।
मन्दिरहरुको भूमीमा बि ५२ का आधार खडा गर्ने अमेरिकी नियतले मलाई सिरीङ्ग
गराउंछ ।
हामीले ओसामाविन लादेन जन्मायौं । यसरी नैं हामीले आतंकवाद जन्मायौं ।
हामीले यसरी नै अमेरिकाप्रतिको घृणा जन्मायौं । वीरेन्द्रको विरुद्ध भन्नै
पर्नै कुरा भन्नुस , नेपालीले तिनका राजा र रानीलाई प्रेम गरे । तिनले यो
सत्य थाहपाएपछि यो बिछोडको घटनामा हाम्रो भूमिकाको घृणा गर्नेछन् ।
जय नेपाल । स्वतन्त्र नेपाल ।
दरवार हत्याकाण्ड भएको ४ बर्षसम्म पनि नेपाली जनताले आफ्ना राजारानीको
हत्यारा को थियो भन्ने कुरा थाह पाउन सकेनन । पर्दाभित्र भएको यो घृणित
काण्डमा अमेरिका तथा भारतकोपनि भित्री सहयोग र र्समथन थियो कि थिएन भन्नै
कुरा पनि हाम्रालागि रहस्यकै बिषय हौ । दरबार हत्याकाण्ड जति पुरानो भयो
अब सत्य तथ्य पत्ता पाउने समयपनि टाढै हुदै गएको छ ।
विदेशीहरु दरबार हत्याकाण्डबारे के सोच्दा रहेछन् भन्ने कुरा 'द किङ्ग अफ
नेपाल' पुस्तकका लेखक जोशेफ पियत्रीको यो लेख उनको सहमातीमा अनुवाद गरेर
राखेका हौं । उनी नेपाली राजदरबारका ज्ञाता मानिन्छन् । यो उनको स्वतन्त्र
बिचार हो
।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
दरबार हत्याकाण्डमा विदेशी चासो
Comments
Re: दरबार हत्याकाण्डमा विदेशी चासो
by
Anonymous
on Tue 12 Jul 2005 01:49 PM CEST | Permanent Link
how to believe it?
Trackbacks
TrackBack URL: |
This Month
Month Archive
|
||||||