View Article  कति शुद्द राजाको भाषा !
How clear Nepali does the king speak !




नेपाली भाषा र नेपाली संस्कृति बारे संधै चिन्तित भएको कुरा गर्छन् राजा। तर उनी आफै कत्तिको सुद्द बोल्छन् भन्ने हर्न हिजो भदौ १३ को अन्तरवार्तामा हेरौं ।

मनमा शान्ति भयो भन्देखिन त्यो बाहिर फैलिए वातावरणीय शान्ति पनि हुन्छ । तर अहिले हामीलाई अप्ठयारो केही न केही तत्त्वहरू, दुर्भाग्यवश हिंसा फैलाइराख्या'छन्, चन्दा उठाइराख्या'छ रे, आतङ्क भैराख्या'छ रे, त्रसित छन् जनता ।

एक समय थियो मैले के सुन्थें भन्देखि जनताबाटै- आतङ्कवादीहरूले ल्याएको विचारहरू जनतालाई सुधार ल्याउन खोज्या'छ, जनताले खोजेको काम गर्न खोज्या'छन् यो के भा छ त ? जब त्यो विन्दु नाघ्यो र आतङ्कतिर लागे तिनीहरू अनि जनताले पनि साथ दिन छोडे ।

पहिले हामीले सुन्थेँ- एकचालीसवटा माग थ्यो रे, यति माग थ्यो रे, उति माग थ्यो रे । त्यो मागमा कति कुरा त राम्रो पनि थियो नभा' होइन । त्यो समयको सरकारहरूले विचार पुर्‍याउन सकेन कि ? नत्र भने केही न केही त्यो समयमा केही गर्दियायति खाल्टोमा पर्ने थिएन कि ? अब अहिले पनि म के भन्छु भन्देखि कतिपय कुरा त त्यो अहिले हाम्ले ल्याएको २१ बुँदे कार्यक्रममा पनि हाम्ले त्यो 'अड्रेस' गर्न खोज्या'

हातमा लिएको फूल पनि सुकिसक्याथ्यो तर त्यो दिनैपर्नेथ्यो, त्यो पनि मेरो अनुभव भयो यसपालि । अब अवश्य मैले के सुनेँ भन्देखिन केही तत्त्वहरूले यसलाई बिथोल्न खोज्या थियो रे । कहीँ न कहीँ उनीहरूले आफ्नो 'प्रेजेन्स फेल्ट' गराउन पनि खोजेको थियो रे, तर जनताले नै उनीहरूलाई जवाफ दिइसक्या छन् । उनीहरू आएकोमा ।

सबभन्दा पहिले म पनि एउटा 'ह्युमन बिइङ' हो । 'ह्युमन बिइङ' ले 'हिट' मा गएपछि पसिना काट्छ तर त्यो अब हामीले के गर्नुपर्छ भन्देखि त्यो पसिनालाई 'प्रोडक्टिभ' पार्ने कि न पार्ने ? 'कन्सट्रक्टिभ' पार्नुपर्‍यो र 'प्रोडक्टिभ' तिर लाग्नुपर्‍यो । यो महत्त्वपूर्ण छ र के भने पसिना पनि काडिन्छ, अप्ठयारो पनि हुन्छ, धूलो पनि खाइन्छ, देशै त्यस्तो छ, कहीँ जानुपरे पनि डाँडा एउटा काट्नै पर्छ, एउटा चढ्नै पर्छ ।

साभार: कान्तिपुर भदौ १४, 'माघ १९ पछि नेपालीको आत्मबल बढेको छ’
भएदेखि अहिले हामी छौँ ।
View Article  राजा वार्ताकालागि तयार !
Iam ready for Dialogue: The King
काठमाडौ भदौ १३
नेकपा एमालेले संबिधान सभाको निर्बाचन सम्म जान सकिने भनि निर्णय गरेको र नेपाली कांग्रेसले बिधानबाट राजतन्त्र शब्द हटाएको लगत्तै राजाबाट आफू पार्टीहरु संग वार्ता गर्न तयार रहेको घोषणा भएको छ ।
आज नेपाल टेलीभिजनलाई दिएको अन्तवार्तामा राजाबाट उक्त घोषणा भएको हो । पाटीहरुद्धारा केहि बिषयहरुमा स्पष्ट दृष्टिकोण र एजेण्डा लिएर आएमा आफू वार्ता गर्न सदैब तयार रहेको वताउदै राजाबाट राजनैतिक दलका नेताहरुसंग वार्ता गर्न आफूले कहिल्यै अस्विकार नगरेको जनाइएको छ ।
View Article  कालो धन्दामा राजपरिवारकै वर्चश्व
जुलाई २८ मा छापिएको जोशेफ पियत्रीको लेखको बांकी अंश


The majority of drug dealers are from the royal family


पछिल्लो सरकार अघिल्लोको अनुपातमा झन भ्रष्टाचारी देखिनमा सन् १९९० को प्रजातन्त्रले झन सफल बनायो । सन् १९९६ मा माओवादी आन्दोलन शुरु भएपछि झण्डै तर वर्तमानमा भने यो संख्या बढिसकेको छ । नेपाल अहिले रगतको आहालै भएको छ ।राजा वीरेन्द्रले शाही नेपाली सेनालाई कहिल्यैपनि माओवादी बिरुद्ध परिचालीत गराएनन । जुन २००१ को शाही नरसंहारको कारण बन्यो । ज्ञानेन्द्रलाई राजा बन्नबाट अबरोध पुग्ने सबैको हत्या गरियो ।

अधिकांस सञ्चार माध्यमले यसलाई दोहोरो भिडन्त भरुपमा चित्रण गर्छन् । तर त्यो बाहृय शक्तिको आशिर्वादमा ज्ञानेन्द्र र शाही सेनाद्धारा रचिएको राष्ट्रिय कु हो । हत्याकाण्डबाट बच्न शाहज्यादा भागेर बालाजु सैनिक व्यारेक पुगेका थिए जाहां उनलाई हत्या गरिएको थियो । थोरै नेपालीले मात्र राजदरवार हत्याकाण्डको सरकारी भनाईलाई बिश्वास गर्छन। लामो समयदेखिको रक्सी र हेरोइनको समस्याले गर्दा दीपेन्द्रलाई दोष लगाउन सजिलो भयो । आफ्ना दाजुको अकस्मात मृत्यु भएको खण्डमा यस्ता राजकुमारलाई राजा हुनदिने संभावन थिएन ज्ञानेन्द्रबाट । रक्सीले गर्दा राजामापनि स्वास्थ्यमा समस्या थियो । सेनाले पनि त्यस्तै सोच्नाले ज्ञानेन्द्र अहिले राजा भएका छन् । अहिले उनैको बाबुको एकतन्त्रिय शासन फर्कीएको छ ।
अमेरिकामा सेप्टेम्वर ११ मा भएको आतंककारी हमलाले गर्दा परिस्थत बदलियो । नेपालपनि आतंकको लडाइमा समाहीत भयो र बि ५२ जस्ता लडाकू   more »
View Article  श्रुतिको संपत्ति प्रेरणालाई
Royal Palace takes control of Shruti's proporties
काठमाडौ, साउन १९
राजा वीरेन्द्रको सारा संपत्ती राष्टियकरण हुनपर्ने माग हुदाहुदै वर्तमान राजा ज्ञानेन्द्रले आफू नेपालकै राजा भएको र आफ्नो संपतिपनि नेपालमै भएकोले दाजुको संपत्ती राष्टियकरण गर्न नपर्ने भन्दै वीरेन्द्रको सारा संपत्ति एकलौटी बनाएका   more »
This Month
August 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31
Year Archive