Royal Palace takes control of Shruti's proporties
काठमाडौ, साउन १९
राजा वीरेन्द्रको सारा संपत्ती राष्टियकरण हुनपर्ने माग हुदाहुदै वर्तमान
राजा ज्ञानेन्द्रले आफू नेपालकै राजा भएको र आफ्नो संपतिपनि नेपालमै
भएकोले दाजुको संपत्ती राष्टियकरण गर्न नपर्ने भन्दै वीरेन्द्रको सारा
संपत्ति एकलौटी बनाएका थिए । अहिले पूर्व अधिराजकुमारी श्रुतिको संपत्ति
उनका छोरीहरुलाई नदिइकन प्रेरणा र धिरेन्द्रको संपत्ति राजाका नातीलाई
दिने प्रपन्च भएको छ । काठमाडौं प्लाजा र होटल अन्नपूर्णमा तथा एनआइडिसी
मा रहेकी स्व. श्री ५ वीरेन्द्रकी एक मात्र छोरी श्रुतिको २५ लाख
रुपैयांको सेयर श्री ५ ज्ञानेन्द्रकी एक मात्र छोरी प्रेरणाको नाममा
नामसारी गरिएको गरिएको छ । अधिराजकुमारी श्रुतिका पति गोरखशमशेर र नाबालक
छोरीहरु नदिइकन त्यो संपति प्रेरणालाई दिइएको हो ।यसैगरि महाराजगन्जस्थित
निर्मल निवाससंग जोडिएको धिरेन्द्र शाहको जीवनकुन्ज नवयुवराजकुमार
हृदयेन्द्रका निम्ति व्यवस्था मिलाउने काम भएको छ। धीरेन्द्र शाहको
राजदरबार काण्डमा हत्या, उहांकी श्रीमती प्रेक्ष्याको रारातालमा
दुर्घटनापश्चात् मृत्यु र तीनवटी छोरीहरुको बिहे भइसकेपछि उक्त संपति नव
युवराजलाई दिइदैछ ।
|
|
||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
श्रुतिको संपत्ति प्रेरणालाई
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||