Propety of late Queen Aishwarya should be brought to nepal
काठमाण्डौ भदौ २९

नेपालकी स्वर्गीय रानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहका नाममा स्वीटजरल्याण्डको बैंकमा १८ खर्ब रुपैया मौज्दात रहेको समाचारले अहिले नेपालमा सनसनी फैलिएको छ। केही पत्रपत्रिकाहरुले यस बारेमा समाचार प्रकाशित गरेपछि नेपाल बार एशोसिएसनका अध्यक्ष शम्भु थापाले बुधबार माइतीघरमा आयोजित एक कार्यक्रममा भन्नुभयो-'ऐर्श्वर्यका नाममा स्वीटजरल्याण्डमा रहेको १८ अर्ब रुपैया“ नेपालको राष्ट्रिय सम्पत्ति हो, त्यसलाई फिर्ता ल्याउनुपर्छ।

स्रोतका अनुसार बेलायतको प्रतिष्ठित पत्रिका 'टेलिग्राफ'ले दरबार हत्याकाण्डकै समयमा स्वीस बैंकमा रहेको ऐर्श्वर्यको खातासम्बन्धी समाचार छापेको थियो। यसबारेमा नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी नेपालमा आफूले यो सम्बन्धी समाचार आफूले ब्रेक गरेको बताउनुहुन्छ। निष्ठुरीका अनुसार ऐर्श्वर्यका नाममा स्वीस बैंकमा खाता रहेको समाचार जून ३, २००१ को अंकमा हेर्न सकिन्छ। आफूले उक्त वेभसाइट हेरेर समाचार ब्रेक गरेको निष्ठुरीको दावी छ। उहाका अनुसार स्वर्गीय ऐर्श्वर्यको खातामा १३ अर्ब पाउण्ड मौज्दात रहेको छ।

रानीका नाममा स्वीटजरल्याण्डमा १८ खर्व रहेको चर्चा चलेपछि मंगलबार नारायणहिटी राजदरबारद्वारा विज्ञप्तिसमेत प्रकाशित गरेर समाचारको खण्डन गर्ने प्रयास गरिएको छ। राजदरबारले गरेको उक्त खण्डनमा ऐर्श्वर्यका नाममा विदेशस्थित बैंकमा खाता रहेको सम्बन्धी समाचार भ्रमक, असत्य र कपोकल्पित रहेको बताइएको छ। तर, दरबारको यो स्पष्टीकरणलाई नेपाली जनताले पत्याएका छैनन्। किनभने ०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएका बेलामा पनि ऐर्श्वर्यले पम्फादेवी ठकुरानीका नाममा स्वीजरल्याण्डको बैकमा खरबौं रुपैया राखेको चर्चा चलेको थियो र त्यसलाई नेपालमा फिर्ता ल्याउनुपर्छ भन्ने आवाज उठेको थियो। फेरि वेलायतको सण्डे टेलिग्राफ जस्तो पत्रिकाले विनाआधार उक्त समाचार लेख्यो होला भन्नेमा नेपालीहरु विश्वस्त छैनन्। वार अध्यक्ष शम्भु थापा भन्नुहुन्छ- यसबारेमा छानविन हुनै पर्दछ र राजनीतिक दलहरुले पनि स्वीस बैंकको पैसा नेपालमा भित्र्याउन पहल गर्नै पर्छ।
नेपालका लागि उक्त १८ खर्व रुपैया भनेको करीब दुइ दशकको वाषिर्क बजेट बराबरको रकम हो।

यता त्रिभूवन विश्वविद्यालयका पूर्वप्राध्यापक डा. तीर्थराज लुइटेलले हालै एक पत्रकार सम्मेलनको आयोजना गरी अठार खर्बे आन्दोलन घोषणा गरेका छन्। उक्त पत्रकार सम्मेलनमा चर्चित कानूनविद् तथा गोर्खा भूतपूर्व सैनिक संघका कानूनी सल्लाहकार गोपाल चिन्तन सिवाकोटीले फिलिपिन्सका मार्कोसले विदेशी बैंकमा राखेको पैसा स्वदेश ल्याएको उदाहरण दिंदै नेपालले पहल गरे स्वीस बैंकले उक्त रकम फिर्ता दिने दाबी गर्नुभएको छ।