राजाको भ्रमण रद्ध!
King's UN visit cancelled!
काठमाडौ ,भदौ २०
संयुक्त राष्टसंघको महासभामा संबोधन गर्न अमेरिका जान लागेका राजाको बहुचर्चित भ्रमण रद्द भएको छ ।
आधिकारीक रुपमा घोषणा नगरिएपनि देश भित्र र बाहिर उनको भ्रमणको चर्को
बिरोध र माओवादीद्धारा एकतर्फी युद्ध बिरामको घोषणा भएपछि राजाको भ्रमण
रद्ध भएको हो ।राजाको सट्टामा उपाध्यक्ष या परराष्ट्र मन्त्री कसलाई
पठाउने भन्नेबारेमा सरकारले टुंगो गरेको छैन। त्यसतर्फ परराष्ट्रमन्त्री
रमेशनाथ पाण्डे जाने सम्भावना बढेको छ।
राष्ट्रसंघको साधारणसभामा राजले भागलिन लागेपछि अमेरिकामा रहेका नेपालीले
न्युयोर्कमै विरोध प्रदर्शन गर्ने भव्य तयारी गरिरहेका थिए।बिदेशी
कुटनीतिज्ञहरुकै कारण यो भ्रमण रद्द गर्नुपरेको भन्दै आज राजधानीमा केही
राजावादीहरुले अमेरिका र वेलायत लगायतका कुटनीतिज्ञहरुलाई गाली गर्दै नारा
लगाएका थिए ।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
राजाको भ्रमण रद्ध!
Comments
No comments found.
|
This Month
Month Archive
|
||||||