View Article  उनी को थिइन मैले चिनिन
Photo feature of Paris Protest
Text and photos by Anuradha Poudel

तस्विर र आलेख सबै अनुराधा पौडेल



पारसको भ्रमण अर्थहिन । एक साता भन्दा बढी कर्मचारीलाई दिन ठीक्क पारेको ६ करोड रुपैया बोकेर झन्डै आधा महिना मुलुकबाहिर बिताउने पारसको भ्रमण के उदेश्यले महत्वपूर्ण भयो ? थप तस्विरहरु यहा क्लिग गरेरपनि हेर्न सक्नुहुन्छ भने यहा नभएका तस्विरहरु भित्र हेर्न सक्नुहुन्छ।


पेरिस चैत १६
पेरिसमा पारस विरुद्ध प्रदर्शन भएकोपनि तीन दिन वितिसकेछ। व्लगमा हुन्छ नि तस्विरहरु राख्दै गरौला भन्दा भन्दै फुर्सद नमिलेर मैले आज ढीलो गरि केही तस्विरहरु राखेको छु।  बरु अरु मिडीयाका साथिहरुले पाएजति समाचार र तस्विरहरु दिइसक्नुभो जसले गर्दा अव बाकी के नै रह्यो र जस्तो लाग्यो । तर फेरि क्यामेरा हेर्दै जादा केहि नया तस्विरहरु फेला पारेकोले आज प्रकाशित गरेको छु। बाकी तस्विरहरु भित्र    more »
View Article  कालो झन्डा देखाउदाका दृष्यहरु
आलेख र तस्विरहरु अनुराधा पौडेल
Text and photos by Anuradha Poudel



हाम्रा राजाबाट भाषण गर्दा सधै पशुपतिनाथले रक्षा गरुन् भन्ने बाक्य प्रयोग गरिन्छ। पशुपतिनाथको अर्थ पशुकापति। त्यसैले हिजोपनि राजाको उक्त बाक्यलाई शिरोधार्य गर्दै पशुकापति बनाइयो । पशुकापतिले नै राजा र राजपरिवारका सदस्यको रक्षा गर्छन् र पशुपतीलाई राजपरिवारले खुव माया गर्छ भन्ने कुरा त राजा रानी नै पशुपतिनाथका हर्ताकर्ता भएबाट पुष्टि हुन्छ।

पेरिस, चैत १४
गत माघ १९ गते नेपालको निरंकुश राजसत्ताका बिरुद्ध संसारभर प्रदर्शन हुदा पेरिसमा हुन सकेन । त्यसको अर्थ पेरिसका नेपालीहरुले राजाको शासनलाई मन पराएर हो भन्ने होइन । बास्तवमा यहाका नेपालीहरु झन विद्रोही रहेछन् र निरकुश सत्ताका बिरुद्ध तिब्र आक्रोश पोख्दा रहेछन् भन्ने कुरा हिजोको प्रदर्शनले देखायो। बाकी तस्विरहरु भित्र हेर्नुहोस   more »
View Article  पेरिसका नेपालीहरुले पारसलाई कालो झन्डा देखाए
Nepal Prince enjoys black flag welcome in Paris



 पेरिस चैत १३
फ्रान्सको राजधानी पेरिसमा आज नेपालीहरुले उत्साह पूर्वक पारसलाई कालो झन्डा देखाउने काम सम्पन्न गरेका छन्। पारसलाई कालो झन्डा देखाउन आज बेल्जियम र जर्मनीबाट समेत नेपालीहरु आइपुगेका थिए।
प्रदर्शनकाबेला झरीले चुट्ने भो भनि गरिएको पूर्वअनुमान विपरीत आजको मौसमले समेत नेपालीहरुलाई साथ दियो। सोचेको संख्यामा भन्दा बढी नेपालीहरु कार्यक्रममा भाग लिन आएपछि त्यहाको रौनक आज रत्नपार्कको भन्दा कम थिएन। समाचार र तस्विरहरु बिस्तृत रुपमा भोली  बिहान  हेर्न सकिनेछ।   more »
View Article  पारसलाई कालो झन्डा देखाउने तयारी पुरा
No autocract in the democratic country



पेरिस, चैत १२
अष्ट्रियाबाट आज मात्र पेरिस आइपुगेका यूवराज पारसलाई पेरिसबासी नेपालीहरुले कालो झन्डा देखाउने कामको पूर्ण तयारी पूरा भएको छ । कालो झन्डा देखाउने अन्तिम तयारी स्वरुप आज कालो झन्डा तयार पार्ने, कार्टुन चित्रहरु बनाउने ,व्यानर तथा पोष्टरहरु तयार पार्ने र नाराहरु लेख्ने काम पूरा भएको छ।
व्यानरहरु र पोष्टर पाम्पलेटहरु तयार पार्न आज यहाका केहि नेपालीहरुको उत्साहपूर्वक सहयोग रह्यो। फ्रान्समा सप्ताहन्तमा मात्र धेरै नेपालीहरुलाई फूर्सद  हुनेभएकोले सबै तयारी आज गर्नुपरेको हो।  नेपाल बारे तहल्कापूर्ण रिपोर्टिग गरिहने एक फ्रान्सेली पत्रकार भिन्सेन्ट प्राडो पोष्टर पाम्पेलिटग तयार पारेको दृष्य कैद गर्न आज नेपालीहरुसंग तिन घन्टा समय विताए । भोलीको प्रदर्शनमा उनी सहित यहाका केहि पत्रकारहरुसमेतले भाग लिनेछन्।
फ्रान्समा नेपाली प्रजातान्त्रिक ‌आन्दोलनको समर्थनमा निस्केको यो पहिलो जुलुश हो । फ्रेबुअरी एकमा संसारभर राजाको शासनको विरोध भएपनि फ्रान्समा यसको विरोध हुन सकेको थिएन ।  राजाको शासनको भित्र भित्र विरोध भइरहेपनि अन्तत एउटा मन्च गठन भएपछि धेरै नेपालीहरुलाई यसमार्फत विरोध जनाउन सजिलो परेको छ।
फ्रान्सको राजधानी पेरिसमा जम्मा जम्मी पाचशय नेपालीहरु बसेको अनुमान गरिन्छ । तर यि मध्ये जम्मा तिनशय नेपालीहरुमात्र संपर्कमा रहेका कारण धेरै नेपालीहरुलाई चाहेरपनि संपर्क गर्न नसक्ने अवस्था आइपरेको छ। र संपर्कमा रहेका नेपालीहरुलाईपनि दूतावासले कतिपय अवस्थामा प्रलोभन बांडेर र कतिपय अवस्थामा धम्काएर सकेसम्म विरोध कार्यक्रममा सहभागी नवन्न कोशिष गरिरहेको छ।
दूतावासको नजिक रहेका तर यहा बस्ने अनुमती नमिलीसकेका नेपालीहरुलाई दूतावासले त्यहा गइस भने तेरो पोल खोल्दिन्छु भन्दै धम्की दिएको कारण केहि नेपालीहरु भोलीको प्रदर्शनीमा सहभागी हुन नसक्ने अवस्था रहेको छ। तर ठीक यसको उल्टो नेपाल प्रेमी फ्रान्सेलीहरुको भोली उल्लेख्य सहभागिता रहेने भएको छ भने जर्मनी र बेल्जियमबाट समेत केहि नेपालीहरु यो कार्यक्रममा भाग लिन आउनेछ्न।
उता भोली सांझ युनेस्कोको केन्द्रिय कार्यालय भवनमा यूवराजलाई डिनर दिने कार्यक्रम राखिएको छ। केही नेपालीहरुको गोजी र राजदूतावासको कोषबाट खर्च व्यहोर्ने गरी दिन लागिएको उक्त भोज  कार्यक्रममा सहभागी बन्न केहि भारतीय  पाकिस्तानी  भुटानी  र अन्य मुलुकका नागरिकहरुलाई आमन्त्रण गरिएको छ। आज चलेको काइकुइ अनुसार यूवराजको उक्त भोज विरोधका कारण बन्द गरिने भन्ने हल्ला चलाइएको छ । तर भोली मात्रै के हुनेछ भन्ने थाह हुनेछ किनभने दुतावासले यूवराजको भ्रमण सम्वन्धि सारा कार्यक्रम अत्यन्त गोप्य राखेको छ।



View Article  के यूवराज दम्पत्तीको इच्छा मूर्ती हेर्ने मात्र हो ?
You are interested only in the Statues? ( satire on Paras shah)


गणतन्त्र नेपालद्धारा प्रकाशित यूवराज पारसबारेको अर्को व्यग्य चित्र। अरु हेर्न मन भए यहा क्लिक गर्नुहोस।
View Article  लागू पदार्थको कारोबारमा यूवराज पारस
Nepal Prince is involved in the drug trafficing, says Indian media
काठमाडौ , चैत १०
राष्ट्रिय ढुकूटीमा ब्रह्मलुट मच्चाएर यूरोपको भ्रमणमा आएका यूवराज पारसले लागू औषध कारोबार गरेकोले भारतलाई फेरि एकपटक समस्या परेको भारतबाट निस्कने एक पत्रिकाले जनाएको छ। पारस लागू औषध कारोबारमा अन्तराष्ट्रिय रुपमै परिचित रहेको पनि उक्त पत्रिकाले उल्लेख गरेको छ। न्यूज इन साइट भन्ने पत्रिकाले २००५ को जुलाइ ६ मा "सि वी आइ, डि ई ए  प्रोबे नेपाल प्रिन्सस ड्रग लिङ्क"  भनेर एउटा समाचार प्रकाशित गरेकोथियो । त्यसपछि सोही पत्रिकाले अर्को दिन जुलाइ ६ मा "नेपाल क्राइसिस"  भन्दै दोस्रो समाचार दिएको छ। लागू औषधको कारोबार अनुसन्धान गर्न प्रसिद्ध अमेरिकी स‌स्था ड्रग इन्फोर्समेन्ट एजेन्सी र अमेरिकी गूप्तचर संस्था फेडरल व्यूरो अफ इन्भेस्टिगेशनले भारतीय गुप्तचर संस्था सिवीआइलाई पारसको लागू औषध व्यपारबारे अनुसन्धान गर्न ‍आग्रह गरेको थियो।
अङ्रेजी भाषाका ती समाचार पढ्न यहा क्लिक गर्नुहोस।
एक
दूइ
तीन

दरवार हत्याकाण्डको छानबिन गर्न दरवारबाटै बनाईएको छानबीन समीतिलाइ पारसले आफुले लागूऔषध तत्कालिन यूवराज दिपेन्द्रलाई दिने गरेको समीति समक्ष बयान दिएका थिए। यूवराज पारसको लागू औषधको सम्लग्नता त उनैको बयानले पनि देखाउछ। स्मरणरहोस, दरबारबाटै गठित त्यस्तो समीतिले निश्पक्ष छनविन गर्न नसक्ने भन्दै नेकपा (एमालेका) महासचिव माधव कुमार नेपालले उक्त समीतिमा बस्न इन्कार गरेका थिए।  राजकुमार पारसले तत्कालिन यूवराज दीपेन्द्रलाई लागू पदार्थ दिएको समाचार हेर्नुहोस ।   more »
View Article  आउ नाचौं पियारी पेरिसको डिस्कोमा
Lets have a naked dance in the Paris discos (Satire on Nepal prince and Princess)

डिस्को र रात्री जीवनको स्वप्न नगरी पेरिसमा लुगा रहित भएर नाच्ने कि ? हाम्रा एक सहयोगीले इमेलमार्फत पठाएको एक व्यंग्य। गत बर्ष बैकक जादा राजकुमारीले एक रात एक डिस्कोमा एक बित्ताको मिनीस्कट लगाएर नाचेको र राजकुमार पारसले यस्तो पोषाकमा नाचेको नेपाली नागरिकले देख्यो भने राम्रो हुन्न भनेर संझाएको सुनिएको थियो । तर राजकुमारको यो आग्रहलाई राजकुमारीले तिमी ठाउ अनुसारको पोषाक लगाउन नजान्ने पाखे भनेर उडाएकी थिइन भन्ने चर्चापनि भित्र भित्र चलेको थियो।
View Article  पेरिसमा पारसलाई कालो झन्डा
Nepalese prepare to show black flag to Nepal prince in Paris



पेरिस चैत्र ८
देशको ढुकुटीको ६ करोड सिध्याएर यूरोप भ्रमणमा आउन लागेका यूवराज दम्पत्तीलाई पेरिसबासी नेपालीहरुले कालो झन्डाले स्वागत गर्ने भएका छन्।
मुलुक संकटमा धकेलिएका बेला हुन लागेको यो व्यक्तिगत भ्रमणले नेपालीहरुलाई कुनै उपलब्धि नहुने भन्दै पेरिस स्थित नेपाली लोकतान्त्रिक मन्चले यूवराजलाई कालो झन्डा देखाउने भएको हो। मन्चले हिजो प्रकाशित गरेको प्रेस विज्ञप्तीमा गैडा दिएर हतियार भित्र्याउन खोज्ने र निरंकुश राजतन्त्रको समर्थन प्राप्त गर्ने प्रयत्नमा जुटेका यूवराज दम्तीको यो कदमको विरोध स्वरुप कालो झन्डा देखाइन लागेको हो ।
विज्ञप्तीमा नेपालीहरु एक चक्की सिटामल खान नपाएर मरिरहेको अवस्थामा दरवारीयाहरु राष्ट्रको सम्पती उडाएर भ्रमणमा निस्केकोमापनि विरोध गरिएको छ। विरोध कार्यक्रम पेरिसको स्थानिय समयअनुसार दिउसोको तीन बजे पेरिसको थ्रोकादेरो भन्ने ठाउमा आयोजना हुदैछ। जुन ठाउ संसारप्रसिद्ध आइफल टावर अगाडी पर्छ। बाकी जस्ताको तस्तै एट्टायच्चमेन्ट फाइलमा ।

1 Attachments
View Article  डा. गिरीको कुतर्कशास्त्रले राजतन्त्र खतम हुने
Dr Giri's nonsense logic risks Monarchy, says  Thapa



काठमाडौं, फागुन २६
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले शाही मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुलसी गिरीको हिजोको भनाइलाई कुतर्कशास्त्र भन्दै यस्तो कुतर्कशास्त्रले मुलुकमा अन्यौलता बढाएको टिप्पणी गर्नुभएको छ। गिरीको बहुलठ्ठीपूर्ण कूतर्कले निरंकुशतन्त्रलाई ठेगान लगाउने परिस्थिती निर्माण भइरहेको भन्दै थापाले 'गिरी मुलुकको समस्या समाधानका प्रमुख पात्र नभई प्रमुखपात्रका सहयोगी रहेको तर्क गर्नुभयो।
आफ्नै पार्टी स्थापनाको एक वर्षपुगेको अवसरमा पार्टी कार्यालय कमलपोखरीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राजाका सहयोगीको कुतर्कले राजसंस्थाको भविश्य संकटमा पर्दै गएको विश्लेषण गर्दै उहाले कुतर्कको भरमा सत्ताको आयु लम्ब्याउने ब्यक्तिलाईपनि तह लगाउने परिस्थितिको निर्माण भइरहेको' बताउनुभयो।सरकारले संसदीय निर्वाचन गराउने भनी चलाएको हल्लालाई उहाँले 'सुगा रटाइँ'को संज्ञा दिनुभयो।
स्रोत: स्वतन्त्र समाचार सेवा
View Article  आफ्नै मन्त्रिपरिषद्संग राजा असन्तुष्ट
King's dissatisfaction over his own ministarial council
हरि भट्टर्राई
पोखरा, फागुन १६
राप्रपा राष्ट्रवादीका अध्यक्ष राजेश्वर देवकोटाले श्री ५ वर्तमान मन्त्रीपरिषद्प्रति असन्तुष्ट रहेको बताउनुभएको छ। श्री ५ संगको दर्शनभेटपश्चात सञ्चारकर्मीसंग कुरा गर्दै देवकोटाले श्री ५ मन्त्रिपरिषद् सुधार गर्ने पक्षमा रहेको खुलासा गर्नुभयो। देवकोटाले श्री ५ सात राजनीतक दलहरुसँग सम्वाद गर्न इच्छुक रहिबक्सेको र सोको वातावरण तयार गर्न हुकुम बक्सेको उल्लेख गर्दै देवकोटाले सोको लागि आफूहरुले तयारी गरिरहेको जानकारी दिनुभयो। दल र माओवादीबीच भएको १२ बुँदे सहमति टुट्ने देवकोटाको भविष्यवाणी थियो। अनौपचारिक भ्रमणमा पोखराको रत्न मन्दिर दरबारमा रहेका श्री ५ ज्ञानेन्द्रवीर विक्रम शाहदेवले मङ्गलबार राती मन्त्री परिषद्का उपाध्यक्षद्वय लगायत पश्चिमाञ्चल विकास क्षेत्रका ११ जिल्लाका ३२ जना ब्यक्तिहरुसँग राजनीतिक परामर्श गरिबक्सेको थियो।दर्शन भेट पाउनेमा राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादीका अध्यक्ष राजेश्वर देवकोटा, विश्ववन्धु थापा, रविन्द्रनाथ शर्मा, श्रीकान्त अधिकारी,  नेपाल उद्योग वाणिज्य महासंघका तृतीय उपाधयक्ष आजाद श्रेष्ठ, पत्रकार केशव भण्डारी, अधिवक्ता भूपनिधि पन्त, भूपू राजयमन्त्री लक्ष्यबहादुर गुरुङ, पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगतका राजपरिषद सदस्यहरु,  वालिङ, पुतलीबजार, व्यासनगर, वागलुङ र पृथ्वीनारायण नगरपालिकाका नगर प्रमुखहरु रहनुभएको छ। राती ८ बजेदेखि ११.३० बजेसम्म ३२ जनालाई दर्शनभेट दिइबक्सेको थियो।
स्वससे

This Month
March 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30 31
Year Archive