View Article  दरबारद्वारा कानून विपरित बाघ र चितुवाको छाला वितरण
Palace distributes Tiger and leopard skins illigally
केपी ढुंगाना
काठमाडौं/फागुन १५
 बाघ र चितुवाको छाला वितरण गर्न दूर्लभ वन्यजन्तु र वनस्पतिको व्यापार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी (साइटिस) ले निषेध गरेको छ। विगतमाझै यस पटक पनि दरबारको प्रत्यक्ष संलग्नतामा शिवरात्री मेलामा सहभागी हुन आएका सन्तलाई उपहारको नाममा बाघ र चितुवाको छाला वितरण गरिँदैछ।प्रतिष्ठित सन्तलाई दरबारले प्रत्येक वर्षउपहारको नाममा चिताम्बर र बाघाम्भर वितरण गर्दै आएको थियो। दरबारले यस वर्षा बाघाम्बर र चिताम्बर वितरणका लागि चार जना सन्तको छनोट गरेको सूत्रले जनाएको छ ।
मंगलवार गुठी संस्थानले विदाई कार्यक्रमको आयोजना गरी ती सन्तलाई बाघाम्भर र चिताम्बर वितरण गर्ने कार्यक्रम बनाएको छ । गत वर्षपाँच ...   more »
View Article  मेयरलाई सुरक्षादिदै सुरक्षाकर्मी हैरान
Authorities get tired of giving enough security to newly elected mayors
काठमाडौं/ फागुन ६
निरंकुशतालाई टिकाउन राजाको सरकारमा गएर मेयर बनेकालाई सुरक्षा दिन सुरक्षाकर्मी नै हैरान परेका छन। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर राजाराम श्रेष्ठ असुरक्षाका कारण आफ्नो निवासलाई छोडेर प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्ज नजिकै सर्नुभएको छ। महानगरसुत्रका अनुसार श्रेष्ठ फागुन १ देखी सामाखुसीमा रहेको आफ्नो घर छोडेर महाराजगञ्ज सर्नुभएको हो।
सुरक्षाकर्मीले सामाखुसीमा रहेको श्रेष्ठको घर सुरक्षा प्रवन्धको दृष्टिले अनुपयुक्त रहेकोले कालिकास्थनमा रहेको  मेट्रो एफएमको भवनमा क्वाटर बनाउने तयारी गरिएपनि सो स्थानसमेत अशुरक्षित भएकोले प्रहरी प्रशिक्षणसंगै राखिएको हो । श्रेष्ठसंगै सरकारी राप्रपाका तर्फबाट उपमेयरमा विजयी विमला राणा भने क्षेत्रपाटीमा रहेको आफ्नै निवासमा हुनुहुन्छ।
महानगरपालिकाका पदाधिकारीहरुको सुरक्षार्थ महानगरको आफ्नै नगर प्रहरी भएपनि सरकारले मेयर र उपमेयरको शुरक्षार्थ शाही नेपाली सेना खटाएको छ। सुत्रका अनुसार मेयरको सुरक्षार्थ चार जना र उप मेयरको लागि दुई जना सुरक्षाकर्मी खटाइएको छ।
माघ २६ गते सम्पन्न नगर निर्वाचनमा श्रेष्ठ राप्रपा थापा पक्षधरबाट महानगरको मेयर पदमा विजयी हुनुभएको थियो। यसअघि  सूर्य बहादुर थापा सरकारको पालामा श्रेष्ठ महानगरको उपमेयरमा मनोनीत हुनुभएको थियो। माओवादीको दवावका कारण तत्कालिन मनोनीत मेयर केशव स्थापितसंगै श्रेष्ठले पनि आफ्नो पदवाट राजीनामा दिएका थिए। स्वससे


View Article  राजा भाग्ने सुरमा !

Nepal King plans exile !


काठमाडौ,फागुन ६
चुनावमा डर
, धाकधम्की, त्रास र लाखौं रकमको खोलो बगाउँदा पनि २० प्रतिशतभन्दा बढी जनता आफ्नो पक्षमा नदेखिएपछि राजा देशबाट भागेर अन्यत्र शरण लिन जनलागेको खबर हिजो एउटा बिदेशी पत्रिकाले प्रकाशित गरेको छ। एसियन ट्रिब्युन नामको उक्त पत्रिकामा काठमाडौं बाइलाइनमा (नेपालका राजा शरण लिने तयारीमा:अमेरिकी दूतावासलेउद्धार गर्ने)  'नेपाल किङ प्लान्स एग्जिल: यू एस एम्वेसी एक्सपेक्टेड टू एभाक्येटशिर्षकमा डि माइकल बन्दिविरले यस्तो समाचार लेखेका छन। सात राजनीतिक दलको आन्दोलन बलियो हुँदै गएको र माओवादीहरुले लडाईंको मैदानमा सफलता हासिलगर्दै जादा   राजा र राजापरिवारका सदस्यहरु भाग्ने तरखरमा रहेको उनले उल्लेख गरेका ...   more »

View Article  दरबारियाका नाममा करोडौको हिनामिना
Millions of state property misused on the name of king and his supporters


काठमाडौ, फागुन ३
देशमा निरन्कुश शासन चलाईरहेको दरबारले राष्ट्रको सम्पती कति हिनमिना गरेको रहेछ भन्ने तथ्य एकपछि अर्को गरि फेला पर्दै गएको छ।vदेशमा जनताद्वारा निर्बाचित सरकार नभएको मौका पारेर भ्रष्टाचारको अन्त्यको राप अलाप्ने राजा स्वंयले बिभिन्न शिर्षकमा लाखौ रकम हिनमिना गरेको तथ्य अर्थमान्त्रलयबाट प्राप्त भएको छ।
नेकपा एमालेको अङ्रेजी मुखपत्र द डेमोक्रेसीका अनुसार राजा स्वयं प्रधानमन्त्री रहेको सरकारले आर्थिक बर्ष २०६१/२०६२ मा ३२ करोड भन्दा बढी रुपैयाँ हिनमिना गरेको छ । जुन हाम्रो जस्तो गरीब मुलुकाका लागि ज्यादै ठुलो रकम हो। कतिपय रकम त कुन शिर्षकमा खर्च गरिएको हो भन्ने केहि खुलाईएको समेत छैन। राजाको स्वास्थ्य परिक्षणकालागि तीन करोड रकम खर्च गरिएको छ तर राजालाई के भएर कहाँ जानु परेकाले खर्च भएको हो भन्ने उल्लेख छैन। नव यूवराज्ञीको पास्निका लागि १० लाख खर्च गरिएको उल्लेख छ भने यूवराज्ञीको विवाहका लागि एक करोड खर्च गरिएको पनि आर्थमन्त्रालयबाट प्राप्त सूचिमा उल्लेख छ।
यसैगरी दरवारले एक करोड ४० लाख रुपैयाँ खर्च गरेर दरबारिया सोखकालागि जर्मनीमा निर्मित बिलासी बिएमडब्लु खरिद गरेको छ। घरले जा जा र बनले आइज आइज भन्ने उमेरका दरबारिया प्रिय हेलेन शाहको उपचारका नाममा राजाको मन्त्री परिषदले ४२ लाख भन्दा बढी रकम दिएको छ तर त्यसको पूर्ण विवरणपनि खुलाईएको छैन।
दरवारीयाहरुले राष्ट्रको सम्पती नवराजकुमारको न्वारन र पास्नी देखी शाहज्यादिको विवाहमा गहना किन्नका लागि पनि प्रयोग गरेका छन्। यतिले मात्र नपुगेर वितेका ७ महिनामा राष्ट्रको झन्डै २० करोड रकम दरवारद्धारा हिनमिना भएको छ। देशको सम्पती कहाँ कति ब्रम्हलुट भएछ भन्ने सुची भित्र हेर्नुहोस। यसैगरी दरवारले गरेको जथाभावी खर्चको थप विवरण यहा हेर्न सक्नुहुन्छ।   more »
1 Attachments
View Article  प्रजातन्त्रबादी मास्ने राजाको योजना चकनाचुर
A blow to king, Royal comission is dissolved
काठमाडौं, फागुन १
 सर्वोच्च अदालतले भ्रष्टाचार नियन्त्रण शाही आयोग खारेज गरिदिएको छ। गत बर्ष राजा ज्ञानेन्द्रले भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै कानुनमा व्यवस्था नभएको भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन गरेका थिए। शुरु देखिनै यसको कानूनी आधारबारे प्रश्न उठ्दै आइरहेको थियो।यो फैसलाबाट राजा ज्ञानेन्द्रको शाही आयोग मार्फत मुलुकको भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै प्रजातन्त्रबादीहरुलाई सखाप पार्ने योजनामा धक्का पुगेको छ। बाकी एट्याच्मेन्टमा।

1 Attachments
View Article  जनताले राजालाई विश्वास गरेनन
Where are the king's voters?


काठमाडौको बसन्तपूर क्षेत्रमा रहेको मतदान केन्द्रमा दिउसोको पौने चार बज्दा लिइएको तस्विर। जहा भोट हाल्न मानिस लाम लाग्न त परै जाओस  कुकुर हिडेकोपनि देखिएन। उपत्यकामा जम्मा १५ प्रतिशत मतदान भएकोले मतदान केन्द्रहरु लगभग यस्तै शुन्य थिए। तस्विर: सालोक्य /मेरो संसार

काठमाडौं,माघ २६
निर्वाचन गराएर पार्टीहरुको शेखी झार्ने दाउमा रहेका राजाले जम्मा २० प्रतिशत मतमा चित्त बुझाउन परेको छ।यो निर्वाचनलाई नेपालको इतिहासमै सबै भन्दा कम मत खसेको निर्वाचनको रुपमा लिइएको छ।निर्वाचन आयोगका अनुसार सबैभन्दा कम मत कास्कीको लेखनाथ नगरपालीकामा एक प्रतिशत र गौर नगरपालिकामा ७१ प्रतिशत मतदान भएको छ।लेखनाथ नगरपालिकामा ४४ हजार मतदाता रहेकामा जम्मा पाचशय मात्र मत खस्यो।
मतगणनाको परिणाम बिहीबार साँझसम्ममा आइसक्ने बताइएको छ। निर्वाचन आयोगका अनुसार अधिराज्यभरका नगरपालिकामा एक लाख ४२ हजार ९४ मत मात्र खसेको  छ । तीन लाख ९ सय ३५ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ४५ हजार मात्र मत खसेको छ । कर्ीर्तिपुरमा आठ हजार नौ सय मत खसेको आयोगले जनाएको छ । किर्तिपुरमा ३० हजार आठ सय ३१ मतदाता रहेका छन ।
ललितपुर उपमहानगरपालिकामा १६ हजार ६ सय २६ र मध्यपुर ठिमी नगरपालिकामा २ हजार ७ सय ६६ मत खसेको निर्वाचन आयोगले जनाएको छ । भक्तपुर नगरपालिकाका सबै उम्मेदवार निर्विरोध भइसकेका छन। विराटनगरमा ३० हजार ६ सय ६२ मत खसेको छ भने विरगञ्जमा २१ हजार ६ सय ३४ मत मात्र खसेको आयोगले जनाएको छ। लाहान, कलैया, रौतहटलगायतका तराइका केही जिल्लामा अन्य क्षेत्रको तुलनामा बढी मत खसेको छ।
रौतहडको गौर नगरपालीकामा ७० प्रतिशत मत खसेको छ।  उता कास्कीको लेखनाथ नगपालिकाको मतदाता संख्या ४४ हजार रहेको भएपनि करिव पाँच सय मात्र मत खसेको छ। कैलालीको धनगढीमा चार सय मत खसेको छ। सो नगरपालिकाको मतदाता संख्या ३३ हजार रहेको छ । नगर निर्वाचनमा १४ लाख ८० हजार २ सय ३८ मतदाता संख्या रहेका छन।  पोखरा उप-महानगरपालिकामा ७३ हजार मतदाता रहेको भएपनि पाँच हजार मत मात्र खसेको छ । विरगञ्जमा २१ हजार ६ सय ३४ मत खसेको थियो भने विराटनगरमा ३० हजार ६ सय ६२ मत खसेको छ।
निर्वाचन आयोगले तोकेको समयावधी अनुसार बिहान आठ बजेबाटै मतदान शुरु भएको थियो। उपत्यकामा नगरपालिकामा रहेको मतदान केन्द्रमा मध्यान्हसम्म पनि झिनो संख्यामा मतदाता उपस्थित भएका थिए। निर्वाचनको चहलपहल हर्ेन मतदान केन्द्र अगाडि राम्रै भिड जम्मा भएपनि उनीहरु मतदान गर्न भने गएका थिएनन।   more »
View Article  पूजापाठ र भोजमा व्यस्त राजा
The king is busy in the worship while the country is burning
Anuradha Paudel

काठमाडौ, माघ २१
अनुराधा पौडेल, फ्रान्स


विचार /विवेचना
अरु देशमा प्रसासन तथा राजनीतिलाई धर्मबाट विल्कुल अलग राखिन्छ। जस्तो कि फ्रान्समा क्रिश्मसको दिन प्रधानमन्त्री दोमिनिक दोभिल पां चर्चमा थिए। तर उनको साथमा सूरक्षा गार्ड थिएन। उनी सर्वसाधारण नागरिकहरुसंग बसिरहेका थिए। म आफै उनको सिटको ठीक अघिल्लो ठाउमा बसेको रहेको छु भन्ने कुरा निकै पछि चाल पाएको थिए। चुपचाप पादरीको स्तुतीगानमा सरीक भैरहेका उनको न त कुनै पत्रकारले तस्विर खिचेर प्रचार प्रसार गर्यो न त उनी चर्चमा गए भनेर कसैले टीका टिप्पणी गर्यो। न त उनले त्यहा बेकसुरको भाषण ठोके। फ्रान्समा प्रसासन र धर्मलाई विलकूल अलग गरिएको छ। यस्ता कार्यक्रममा प्रसासनिक तथा राजनीतिज्ञहरु सरिक हुन पाउछन् तर तिनले राज्यले दिएको सुविधा र राज्यका तर्फबाट भाग लिन  पाउन्नन । यतिसम्म की अरु दिन विजुलीको बेगमा गाडीमा दगुर्ने प्रधानमन्त्रीले त्यतिबेला सुरक्षा गार्डहरुलाई समेत प्रयोग गर्न नपाउने रहेछन्।   more »
View Article  राजाको लाइन स्पष्ट, थोत्रा कुराहरुप्रति प्रतिवद्धता

Gyanendra commits his dictator path

 
  तस्विर : नेपाल टेलिभिजन   
काठमाडौ ,माघ १९
राजाले आज देशवासीका नाममा संवोधन गरेर के के न भन्लान् भनि गरिएको आशा निरर्थक सावित भएको छ। गत बर्ष प्रस्तुत गरेको आफ्नै रोडम्यापमा उनी अडिग देखिएका छन्। राजाको यो संवोधनले जनतालाई ढाटेपनि पार्टीहरुको आन्दोलनलाई तुहाउने शाहस गरेन। देशमा छिटफूट अपराधिक कार्य बाहेक शान्ति सूरक्षामा महत्वपूर्ण सुधार आएको जनाउदै राजाले नागरिकहरुलाई ढाट्ने काम गरेका छन् ।    more »

This Month
February 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28
Year Archive