Gyanendra commits his dictator path

तस्विर : नेपाल टेलिभिजन
काठमाडौ ,माघ १९
राजाले आज देशवासीका नाममा संवोधन गरेर के के न भन्लान् भनि गरिएको आशा निरर्थक सावित भएको छ। गत बर्ष प्रस्तुत गरेको आफ्नै रोडम्यापमा उनी अडिग देखिएका छन्। राजाको यो संवोधनले जनतालाई ढाटेपनि पार्टीहरुको आन्दोलनलाई तुहाउने शाहस गरेन। देशमा छिटफूट अपराधिक कार्य बाहेक शान्ति सूरक्षामा महत्वपूर्ण सुधार आएको जनाउदै राजाले नागरिकहरुलाई ढाट्ने काम गरेका छन् । यसैगरि उनले प्रसासनलाई राजनीतिबाट मुक्त पारिएको, मुलुकमा वित्तिय अनुसासन कायम भएको, बिकेन्द्रीकरणलाई मजबुत पारिएको, धमिरासिद्ध भएको भ्रष्टाचार नियन्त्रण भएको, देशको बाध्यताका विचपनि नागरिक अधिकारको पालना गर्ने काम भएको, मानवअधिकारको पूर्णत पालना भएको जस्ता कुरा राजाको संबोधनमा छन्।
हिसाको क्षणिक बिराम थप आतक मच्चाउने चाल भएको दावी गर्दै राजाले माओवादीहरुलाई प्रजातान्त्रीक प्रक्रियामा आउन आव्हान गरेका छन्। राजाको संबोधनका प्रमुख बुदाहरु
१. २०६३ सालभित्रै सबै तहको निर्वाचन गरी प्रजातन्त्रलाई सुदृढ पारिनेछ।
२. शान्ति सुरक्षामा छिटपुट 'अपराधिक कार्य' बाहेक सुधार भएको छ।
३. शुरू भइसकेको नपा निर्वाचनमा जनता लागिसकेका छन्।
४. प्रशासनलाई राजनीतिबाट मुक्त पार्ने कार्य भएको छ।
५. 'धमिरासिद्ध' भएको भ्रष्टाचारमा कमि आएको छ।
६. वित्तीय अनुशासनमा सुधार आएको छ।
७. विकेन्द्रीकरणको सिद्धान्तलाई मजबुत पारिएको छ।
८. राष्ट्रिय सुरक्षाको बाध्यता र नागरिक अधिकारबीचको सन्तुलन कायम गर्ने प्रयत्न भइरहेको छ।
९. देश भ्रमणका बेला जनतासँग प्रत्यक्ष सम्पर्क गरी शान्तिप्रतिको चाहना बुझिएको छ।
१०. हिंसाको क्षणिक बिराम थप आतंक सिर्जना गर्ने चाल हो भन्ने जनताले बुझिसकेका छन्।
११. माओवादीलाई हिंसा त्यागेर प्रजातान्त्रिक प्रक्रियामा आउन आह्वान गरिएको छ।
१२. मानव अधिकारको पूर्ण सम्मान गर्न र तदनुसारको कार्य प्रारम्भ गरिने प्रतिबद्धता गरिएको छ।
१३. परराष्ट्र नीतिमा स्पष्टता र स्थायित्व कायम भएको छ। राष्ट्रको प्रतिष्ठा बढेको छ।
१४. गत वर्षको 'स्पष्ट निर्णय' लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
१५. दिगो शान्ति नेपालीको चाहना भएकोले यसैलाई आधार मानेर देश भक्तिको मिलनबिन्दुमा सरिक हुने नेपाली चाहनालाई 'एकलव्यका रूपमा' आत्मसात गर्दै अगाडि बढेका छौँ।