Authorities get tired of giving enough security to newly elected mayors
काठमाडौं/ फागुन ६
निरंकुशतालाई टिकाउन राजाको सरकारमा गएर मेयर बनेकालाई सुरक्षा दिन सुरक्षाकर्मी नै हैरान परेका छन। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर राजाराम श्रेष्ठ असुरक्षाका कारण आफ्नो निवासलाई छोडेर प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्ज नजिकै सर्नुभएको छ। महानगरसुत्रका अनुसार श्रेष्ठ फागुन १ देखी सामाखुसीमा रहेको आफ्नो घर छोडेर महाराजगञ्ज सर्नुभएको हो।
सुरक्षाकर्मीले सामाखुसीमा रहेको श्रेष्ठको घर सुरक्षा प्रवन्धको दृष्टिले अनुपयुक्त रहेकोले कालिकास्थनमा रहेको मेट्रो एफएमको भवनमा क्वाटर बनाउने तयारी गरिएपनि सो स्थानसमेत अशुरक्षित भएकोले प्रहरी प्रशिक्षणसंगै राखिएको हो । श्रेष्ठसंगै सरकारी राप्रपाका तर्फबाट उपमेयरमा विजयी विमला राणा भने क्षेत्रपाटीमा रहेको आफ्नै निवासमा हुनुहुन्छ।
महानगरपालिकाका पदाधिकारीहरुको सुरक्षार्थ महानगरको आफ्नै नगर प्रहरी भएपनि सरकारले मेयर र उपमेयरको शुरक्षार्थ शाही नेपाली सेना खटाएको छ। सुत्रका अनुसार मेयरको सुरक्षार्थ चार जना र उप मेयरको लागि दुई जना सुरक्षाकर्मी खटाइएको छ।
माघ २६ गते सम्पन्न नगर निर्वाचनमा श्रेष्ठ राप्रपा थापा पक्षधरबाट महानगरको मेयर पदमा विजयी हुनुभएको थियो। यसअघि सूर्य बहादुर थापा सरकारको पालामा श्रेष्ठ महानगरको उपमेयरमा मनोनीत हुनुभएको थियो। माओवादीको दवावका कारण तत्कालिन मनोनीत मेयर केशव स्थापितसंगै श्रेष्ठले पनि आफ्नो पदवाट राजीनामा दिएका थिए। स्वससे
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Saturday, February 18
by
Nepal Info
on Sat 18 Feb 2006 02:36 PM CET
|
This Month
Month Archive
|
||