
काठमाडौको बसन्तपूर क्षेत्रमा रहेको मतदान केन्द्रमा दिउसोको पौने चार बज्दा लिइएको तस्विर। जहा भोट हाल्न मानिस लाम लाग्न त परै जाओस कुकुर हिडेकोपनि देखिएन। उपत्यकामा जम्मा १५ प्रतिशत मतदान भएकोले मतदान केन्द्रहरु लगभग यस्तै शुन्य थिए। तस्विर: सालोक्य /मेरो संसार
काठमाडौं,माघ २६
निर्वाचन गराएर पार्टीहरुको शेखी झार्ने दाउमा रहेका राजाले जम्मा २० प्रतिशत मतमा चित्त बुझाउन परेको छ।यो निर्वाचनलाई नेपालको इतिहासमै सबै भन्दा कम मत खसेको निर्वाचनको रुपमा लिइएको छ।निर्वाचन आयोगका अनुसार सबैभन्दा कम मत कास्कीको लेखनाथ नगरपालीकामा एक प्रतिशत र गौर नगरपालिकामा ७१ प्रतिशत मतदान भएको छ।लेखनाथ नगरपालिकामा ४४ हजार मतदाता रहेकामा जम्मा पाचशय मात्र मत खस्यो।
मतगणनाको परिणाम बिहीबार साँझसम्ममा आइसक्ने बताइएको छ। निर्वाचन आयोगका अनुसार अधिराज्यभरका नगरपालिकामा एक लाख ४२ हजार ९४ मत मात्र खसेको छ । तीन लाख ९ सय ३५ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ४५ हजार मात्र मत खसेको छ । कर्ीर्तिपुरमा आठ हजार नौ सय मत खसेको आयोगले जनाएको छ । किर्तिपुरमा ३० हजार आठ सय ३१ मतदाता रहेका छन ।
ललितपुर उपमहानगरपालिकामा १६ हजार ६ सय २६ र मध्यपुर ठिमी नगरपालिकामा २ हजार ७ सय ६६ मत खसेको निर्वाचन आयोगले जनाएको छ । भक्तपुर नगरपालिकाका सबै उम्मेदवार निर्विरोध भइसकेका छन। विराटनगरमा ३० हजार ६ सय ६२ मत खसेको छ भने विरगञ्जमा २१ हजार ६ सय ३४ मत मात्र खसेको आयोगले जनाएको छ। लाहान, कलैया, रौतहटलगायतका तराइका केही जिल्लामा अन्य क्षेत्रको तुलनामा बढी मत खसेको छ।
रौतहडको गौर नगरपालीकामा ७० प्रतिशत मत खसेको छ। उता कास्कीको लेखनाथ नगपालिकाको मतदाता संख्या ४४ हजार रहेको भएपनि करिव पाँच सय मात्र मत खसेको छ। कैलालीको धनगढीमा चार सय मत खसेको छ। सो नगरपालिकाको मतदाता संख्या ३३ हजार रहेको छ । नगर निर्वाचनमा १४ लाख ८० हजार २ सय ३८ मतदाता संख्या रहेका छन। पोखरा उप-महानगरपालिकामा ७३ हजार मतदाता रहेको भएपनि पाँच हजार मत मात्र खसेको छ । विरगञ्जमा २१ हजार ६ सय ३४ मत खसेको थियो भने विराटनगरमा ३० हजार ६ सय ६२ मत खसेको छ।
निर्वाचन आयोगले तोकेको समयावधी अनुसार बिहान आठ बजेबाटै मतदान शुरु भएको थियो। उपत्यकामा नगरपालिकामा रहेको मतदान केन्द्रमा मध्यान्हसम्म पनि झिनो संख्यामा मतदाता उपस्थित भएका थिए। निर्वाचनको चहलपहल हर्ेन मतदान केन्द्र अगाडि राम्रै भिड जम्मा भएपनि उनीहरु मतदान गर्न भने गएका थिएनन। more »