
पेरिस चैत्र ८
देशको ढुकुटीको ६ करोड सिध्याएर यूरोप भ्रमणमा आउन लागेका यूवराज दम्पत्तीलाई पेरिसबासी नेपालीहरुले कालो झन्डाले स्वागत गर्ने भएका छन्।
मुलुक संकटमा धकेलिएका बेला हुन लागेको यो व्यक्तिगत भ्रमणले नेपालीहरुलाई कुनै उपलब्धि नहुने भन्दै पेरिस स्थित नेपाली लोकतान्त्रिक मन्चले यूवराजलाई कालो झन्डा देखाउने भएको हो। मन्चले हिजो प्रकाशित गरेको प्रेस विज्ञप्तीमा गैडा दिएर हतियार भित्र्याउन खोज्ने र निरंकुश राजतन्त्रको समर्थन प्राप्त गर्ने प्रयत्नमा जुटेका यूवराज दम्तीको यो कदमको विरोध स्वरुप कालो झन्डा देखाइन लागेको हो ।
विज्ञप्तीमा नेपालीहरु एक चक्की सिटामल खान नपाएर मरिरहेको अवस्थामा दरवारीयाहरु राष्ट्रको सम्पती उडाएर भ्रमणमा निस्केकोमापनि विरोध गरिएको छ। विरोध कार्यक्रम पेरिसको स्थानिय समयअनुसार दिउसोको तीन बजे पेरिसको थ्रोकादेरो भन्ने ठाउमा आयोजना हुदैछ। जुन ठाउ संसारप्रसिद्ध आइफल टावर अगाडी पर्छ। बाकी जस्ताको तस्तै एट्टायच्चमेन्ट फाइलमा ।