Text and photos by Anuradha Poudel

हाम्रा राजाबाट भाषण गर्दा सधै पशुपतिनाथले रक्षा गरुन् भन्ने बाक्य प्रयोग गरिन्छ। पशुपतिनाथको अर्थ पशुकापति। त्यसैले हिजोपनि राजाको उक्त बाक्यलाई शिरोधार्य गर्दै पशुकापति बनाइयो । पशुकापतिले नै राजा र राजपरिवारका सदस्यको रक्षा गर्छन् र पशुपतीलाई राजपरिवारले खुव माया गर्छ भन्ने कुरा त राजा रानी नै पशुपतिनाथका हर्ताकर्ता भएबाट पुष्टि हुन्छ।
पेरिस, चैत १४
गत माघ १९ गते नेपालको निरंकुश राजसत्ताका बिरुद्ध संसारभर प्रदर्शन हुदा पेरिसमा हुन सकेन । त्यसको अर्थ पेरिसका नेपालीहरुले राजाको शासनलाई मन पराएर हो भन्ने होइन । बास्तवमा यहाका नेपालीहरु झन विद्रोही रहेछन् र निरकुश सत्ताका बिरुद्ध तिब्र आक्रोश पोख्दा रहेछन् भन्ने कुरा हिजोको प्रदर्शनले देखायो। बाकी तस्विरहरु भित्र हेर्नुहोस more »