|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, December 30
by
Nepal Info
on Fri 30 Dec 2005 03:08 AM PST
दस्तावेज-
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू आज हाम्रो देश गम्भीर संकटको अवस्थामा छ। यो अवस्था राजाको सर्वसत्तावादी निरंकुश शासक बन्ने अति महत्त्वाकांक्षा र उनका जनविरोधी क्रियाकलापबाट उत्पन्न भएको हो । जनताको चाहनाको उचित सम्मान गर्न र देशमा शान्ति कायम होस् भन्ने राजा चाहँदैनन्, उनी एक नेपालीबाट अर्को नेपालीको हत्या भइरहोस् र नेपाली नेपालीबीचको भिडन्तले सृजित अशान्तिको आडमा निरंकुश शासन लम्ब्याइरहुँ भन्ने मात्र चाहन्छन्। राजा ०४६ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त गर्दै मुलुकमा आफ्नो हुकुमी र स्वेच्छाचारी शासन लाद्न चाहन्छन्। राजाको आजसम्मको सबै क्रियाकलापले यिनै कुरालाई प्रस्ट गरेको छ। होइन भने माओवादीले युद्धविराम गरेर आन्दोलनरत सात राजनीतिक दलहरूसँग समझदारी गर्दै पूर्ण लोकतन्त्र र शान्तितिर र्फकने चाहना राख्दा त्यसलाई हरतरहले बिथोल्ने प्रयास गर्ने थिएनन्। more » Friday, December 23
by
Nepal Info
on Fri 23 Dec 2005 07:41 AM PST
Maoist-seven party alliance will continue काठमाडौं, पुस ८ Thursday, December 15
by
Nepal Info
on Thu 15 Dec 2005 09:10 AM PST
Political parties urge king to resign from defense minister
आज काठमाडौमा आयोजना भएको सात पार्टीको सभामा उपस्थित नागरिकहरु । तस्विर: सालोक्य/ मेरो संसार काठमाडौं , मंसीर ३० आन्दोलनरत सात दलले नगरकोट घट्नाको बिरोधमा भोलि उपत्यका बन्दको घोषणा गरेका छन्। सात दलको बिहीबार बिहान बसेको केन्द्रीय संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो। सातदलद्वारा आज काठमाडौंको बानेश्वरमा आयोजित बिरोध सभामा उपत्यका बन्दको घोषणा गरिएको थियो।संयोजन समितिले शाही नेपाली सेनाद्वारा घर्टाईएको उक्त घट्नालाई अपराधिक घट्नाको रुपमा चित्रण गर्दै मुलुकको रक्षा मन्त्री र सेनाका परमाधीपति राजालाई उक्त घट्नाको लागि दोषी ठहर गरेको छ। संयोजन समितिले कालोझण्डा बोकेर उपत्यका बन्द सफल पार्न सबैसंग आग्रह पनि गरेको छ। more » Saturday, December 10
by
Nepal Info
on Sat 10 Dec 2005 02:18 PM PST
Government violates human rights on the human rights day
![]() काठमाडौ, मंसिर २५ आज ५७ अौ अन्तराष्ट्रिय मानवअधिकार दिवस। विगतका बर्षहरुका भन्दा नेपालको मानवअधिकार आन्दोलन नेपालमा चर्किदै गएको छ। यसै क्रममा सरकारले हालै निषेधित क्षेत्र घोषणा गरेको रत्नपार्कमा मानवअधिकार र नागरिक समाजका पक्षधरहरुले मानवअधिकारबहालीको माग गर्दै प्रदर्शन गरे। तर समग्रमा उक्त प्रदर्शन बढी दरवाप्रति आक्रामक देखियो। मानबअधिकारले व्यक्तिको बाच्न पाउने अधिकारको रक्षा हुनुपर्ने माग गर्छ तर आज काठमान्डौको प्रदर्शनमा भने विगतमा नलागेका 'ले ले जनता खुकुरी ले ज्ञाने, पारस छप्काइदे' ; 'पारसे गुन्डा ,रुखमा झुन्डा' , निरकुश तन्त्र मूर्दावाद जस्ता अत्यन्त उग्र नाराले रत्नपार्क गुन्जीएको थियो। घेरा तोड्न चाहेका प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेपछि प्रहरी गाडीमा समेत उग्र नारा लागेको सुनिन्थ्यो। प्रहरीले पक्राउ गरेका एक शय भन्दा बढी प्रदर्शनकारीहरुलाई सांझ रिहा गरेको थियो। तस्विर: नेपाल न्यूज Friday, December 2
by
Nepal Info
on Fri 02 Dec 2005 04:25 AM PST
people for complete democracy
तस्विर: सालोक्य -मेरोसंसार काठमाडौ, मंसिर १७ राजाको स्वदेश फिर्ती र काठमाडौमा एमालेको जनप्रदर्शन एकै दिन परेपनि काठमाडौमा एमालेको बृहत जनप्रर्दशन सम्पन्न भएको छ। जनप्रद्रर्शनका क्रममा एमालेका केही कार्यकर्ताहरु घाइते भएका छन्। जनप्रदर्शनका क्रममा आइपरेका जस्तासुकै बाधा व्यबधानहरुलाईपनि चिर्न निर्देशन दिनुभएका एमाले महासचिव माधवकुमार नेपाल आज आफै जुलुसको अग्रपंक्तिमा हुनुहुन्थ्यो। आजको जनप्रद्रर्शनमा हजारौ हजारले भाग लिएका थिए। जनप्रदर्शनपछि आयोजित सभालाई एमाले महासचिव र अन्य नेताहरुले संवोधन गर्नुभएको थियो। सभामा महासचिव नेपालले राजतन्त्रको समाप्तीनै आन्दोलनको उदेश्य भएको बताउनुभयो। |
This Month
Month Archive
|
||
