
उपत्यका बन्दमा निस्केको कांग्रेसको जुलुशमा सहभागी केही नेताहरु। तस्विर: अरुण बराल
काठमाण्डौ, कार्तिक ११
माघ १९ को शाही कदमपछि पहिलोपटक शुक्रबार सातदलले आयोजना गरेको उपत्यका बन्द भव्यरुपमा सफल भएको छ। शुक्रबार बिहानैदेखि उपत्यकाका ३ वटै शहरमा सवारी साधन र पसलहरु ठप्प रहेका थिए। बन्दका क्रममा विभिन्न ठाउमा प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो भने केही सवारी साधनलाई प्रदर्शनकारीले तोडफोडसमेत गरेका थिए।
बन्दका क्रममा एमालेका रामेश्वर फुयाल, अनेरास्ववियूका खिमलाल भट्टर्राई, यज्ञ सुनुवार, रुपनारायण श्रेष्ठ र नेवि संघका बासु कोइराला, कल्याण गुरुङ्ग, दलित नेता more »