Maoist and seven party alliance begins

काठमाण्डौ, कार्तिक १२

कुनै औपचारिक बार्ता र सहमति नहुदा नहुदै पनि एमाले नेता बामदेव गौतम रोल्पाको भ्रमणबाट र्फकेपछि माओवादी र सात दलहरुबीच जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम र सहकार्यहरु हुन थालेका छन्। यस विषयमा एमाले र माओवादीवीच आन्तरिक सहमति भइसकेको एमालेका कार्यबाहक महासचिव बामदेव गौतमले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बताउनु भएको छ। बुधबार सिन्धुली जिल्लाको दुम्जामा माओवादी र संसदीय दलका नेताहरुले संयुक्त सभा गरेको थाहा भएको छ। सभामा बोल्दै माओवादीका काभ्रे सिन्धुपाल्चौक जनसरकार प्रमुख लालध्वज लामाले सम्बोधन गर्दै आफूहरुको तत्कालीन माग र्सवदलीय सरकार र संविधानसभामात्रै भएको बताउदै दलहरुको कार्यक्रमलाई साथ दिने ...   more »