View Article  गणतन्त्रको वोर्डर पूर्ण प्रजातन्त्र: गिरीजा
चिन्तामणी पौडेल
चिवतन, म‌सिर १४

Koirala urges king to decide where his status is
Chintamani Poudel, Chitwan



निरंकुश राजतन्त्रको अन्त्य, पूर्ण प्रजातन्त्र र शान्तिका लागि नेपाली कांग्रेसले चितवनबाट जनजागरण अभियानको शुरुआत गरेको छ।यसैक्रममा नेपाली कांग्रेसले आज चितवनमा एक आमसभा आयोजना गर्यो। सभामा बोल्दै नेपाली काँग्रेसका सभापति गिरीजा प्रसाद कोइरालाले नेपाली काँग्रेस अझैसम्म गणतन्त्रमा नपुगेको तर निरंकुश राजतन्त्रको अन्त्य, पूर्ण प्रजातन्त्र र शान्ति नै काँग्रेसको लक्ष्य भएको बताउनुभयो। पूर्ण प्रजातन्त्रको परिभाषा दिदै कोइरालाले भन्नु भयो, "पूर्ण प्रजातन्त्र भनेको गणतन्त्रको बोर्डर हो, जहाँ राजा अधिकारविहीन हुन्छन्"  अब राजाले आफु कस्तो बन्ने भन्ने निर्णय आफै गरुन, उनी अधिकारविहीन सेरेमोनियल राजा भएर बस्ने कि एकादेशमा राजा थिए भनेर इतिहासको किताब बन्ने। सभामा नेपाली कांग्रेसका उपासभापति शुसील कोइराला, महामन्त्री रामचन्द्र पौडेललेपनि बोल्नुभएको थियो।

View Article  दल र माओवादीबीच बाह्र बूदे सहमति

12 points agreement between Maoist and seven democartic parties

काठमाडौं मंसीर ७

 निरंकुश राजतन्त्रका विरुद्ध संर्घषरत सात राजनीतिक दलहरु र ने.क.पा.-माओवादी बीच १२ बूदे सहमति भएको छ। माओवादीका अध्यक्ष् प्रचण्डले आज बेलुका साढे तीन बजे समझदारी-पत्रका ती बूदाहरु र्सार्वजनिक गर्नुभएको हो।
निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्न अपरिहार्य आवश्यक भएको सर्न्दर्भमा संसदभित्रका सात राजनीतिक दलहरु र ने.क.पा.(माओवादी) बीच विभिन्न ढंगले वार्ता भएपछि यस्तो समझदारी भएको प्रचण्डले बताउनुभएको छ।
यसअनुसार, दुइ राजनीतिक शक्तिहरुबीच निरंकुश राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरुले निरंकुश राजतन्त्रका विरुद्ध आ-आफ्ना ठाउबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आधीबेहरी निर्माण गरेर निरंकुश राजतन्त्रलाई अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने समझदारी भएको छ।समझदारी पत्रमा निरंकुश राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तराष्ट्रिय सुपरिवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने लेखिएको छ। उनीहरुले वार्ता प्रक्रियामा समेत भरपर्दो अन्तराष्ट्रिय समुदायको संलग्नताको अपेक्षा गरेका छन्।

प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्यको अवधारणा, मौलिक हक आदि लोकतान्त्रिक मूल्य मान्यताप्रति ने.क.पा.(माओवादी) ले आफ्नो प्रतिबद्धता प्रस्टताका साथ संस्थागत ढंगले र्सार्वजनिक गर्दै तदनुरुप आफ्ना गतिविधिहरु अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।यसैगरी ने.क.पा.(माओवादी) ले सशस्त्र द्वन्द्वको क्रममा विस्थापित हुन पुगेका अन्य लोकतान्त्रिक पार्टी नेता, कार्यकर्ता र जनतालाई यथास्थानमा र्फकेर ससम्मान बसोबास गर्ने, उनीहरुको अन्यायपूर्ण तरिकाबाट कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने र उनीहरुलाई निर्वाध ढंगले राजनैतिक गतिविधि गर्न पाउने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विगतका गल्ती कमजोरीहरुको आत्मसमीक्षा र आत्मआलोचना गर्दै भविष्यमा गल्ती कमजोरी हुन नदिने प्रतिबद्धता पनि ने.क.पा.(माओवादी) ले व्यक्त गरेको छ।
सात राजनीतिक दलहरुले पनि विगतमा संसद र सरकारमा छदा भएका गल्ती कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। जस्ताको तस्तै विज्ञप्ती  एट्याच्चमेन्टमा

1 Attachments
View Article  गिरीजाफेरि दिल्लीमा
NC President Girija to meet Maoist in New Delhi

नयादिल्ली, कात्तिक २४

नेपाली कांग्रेस सभापति गिरीजा प्रसाद कोइराला आज नयादिल्ली आइपुग्नुभएको छ। चिकित्सकहरुको सल्लाह अनुसार आगामी डिसेम्वरमा स्वास्थ्य उपचारको लागि आउने कार्यक्रम भए पनि काँग्रेस सभापति गिरिजा प्रसाद कोइराला अहिले नै नयाँ दिल्ली आउनुको प्रमुख कारण नेकपा माओवादी संगको संभावित भेटघाट रहेको छ।   एक साता    more »
View Article  पार्टीहरु लोकतन्त्रमा जाउ
Parties should proceed towards complete democracy
Chintamani Poudel

चिन्तामणी पौडेल

चितवन, कात्तिक २०

लोकतन्त्रका पक्षमा आबाज उठाउन र आन्दोलनको नेतृत्वगर्न नागरिक समाजले फेरिपनि राजनीतिक पार्टीहरुलाई आहृवान गरेका छन्। अमेरिकी भनाइको लगत्तै आज नवलपरासीमा आयोजना भएको नागरिक समाजको भेलामा उनीहरुल‌े मुलुकलाई गणतन्त्रको दिशाम लैजान आब्हान गरे।
कार्यक्रममा नागरिक समाजका डा.देवेन्द्रराज पाण्डेले जननिर्वाचित सरकारलाई भंग गरेर विगत तीन वर्षेखि राजाबाट चालिएको कदमले नेपाल र नेपालीको र्सार्वभौम सत्तामाथि प्रश्न उठिरहेको बताउनु भयो। डा.पाण्डेले राजाको कदमलाई गैर सम्वैधानिक कदम भन्नुहुदै अहिलेको कालो कानुन संचार अध्यादेशले नेपालीहरुको सूचनाको हकलाई खोसेको दावी गर्नु भयो। पाण्डेले देशले लोकतन्त्र खोजेको र लोकतन्त्र स्थापनामा राजनीतिक पार्टीहरुले नै   more »
This Month
November 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5
6 7 8 9 10 11 12
13 14 15 16 17 18 19
20 21 22 23 24 25 26
27 28 29 30
Year Archive