गिरीजाफेरि दिल्लीमा
by
Nepal Info
on Thu 10 Nov 2005 09:21 AM PST |
Permanent Link
|
Cosmos
NC President Girija to meet Maoist in New Delhi
नयादिल्ली, कात्तिक २४
नेपाली
कांग्रेस सभापति गिरीजा प्रसाद कोइराला आज नयादिल्ली आइपुग्नुभएको छ।
चिकित्सकहरुको सल्लाह अनुसार आगामी डिसेम्वरमा स्वास्थ्य उपचारको लागि
आउने कार्यक्रम भए पनि काँग्रेस सभापति गिरिजा प्रसाद कोइराला अहिले नै
नयाँ दिल्ली आउनुको प्रमुख कारण नेकपा माओवादी संगको संभावित भेटघाट रहेको
छ। एक साता भन्दा बढी समय नयाँ दिल्लीमा रहनु हुने काँग्रेस
सभापति गिरिजा प्रसाद कोइरालाले खासगरी भारतीय प्रधानमन्त्री डा
मनमोहनसिंह,पुर्व प्रधानमन्त्री अटल विहारी बाजपेयी, गृहमन्त्री शिवराज
पाटिल लगायतका भारतीय नेताहरुसँग भेटघाट गर्नु हुनेछ। साथै नयाँ दिल्लीमै
रहनु भएका नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र स्थायी समिति
सदस्यद्धय केपी शर्मा ओली र अमृतकुमार बोहोरासँग पनि भेटघाट गर्नुहुनेछ।
सभापति
कोइरालालाई भारतीय विदेश मन्त्रालय,शाही नेपाली राजदुतावास र नेपाली
काँग्रेसको भातृ संगठन नेपाली जनसर्म्पर्क समितिका पदाधिकारीहरुले नयाँ
दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको
थियो। कोइरालाका साथ नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर
कोइराला र केन्द्रीय सदस्य नोना कोइराला पनि आउनु भएको छ। काँग्रेस
प्रवक्ता कृष्ण सिटौला बुधवार नै नयाँ दिल्ली आईसक्नु भएको छ। तर काँग्रेस
विदेश विभाग प्रमुख तथा कोइराला पुत्री सुजाता कोइराला भने यस पटक सभापति
कोइरालाका साथ देखिनु भएको छैन। सभापति कोइराला शुक्रवार नयाँ दिल्लीस्थित
अपोलो अस्पतालमा उपचारका लागि जाने कार्यक्रम छ।