Parties should proceed towards complete democracy
Chintamani Poudel

चिन्तामणी पौडेल

चितवन, कात्तिक २०

लोकतन्त्रका पक्षमा आबाज उठाउन र आन्दोलनको नेतृत्वगर्न नागरिक समाजले फेरिपनि राजनीतिक पार्टीहरुलाई आहृवान गरेका छन्। अमेरिकी भनाइको लगत्तै आज नवलपरासीमा आयोजना भएको नागरिक समाजको भेलामा उनीहरुल‌े मुलुकलाई गणतन्त्रको दिशाम लैजान आब्हान गरे।
कार्यक्रममा नागरिक समाजका डा.देवेन्द्रराज पाण्डेले जननिर्वाचित सरकारलाई भंग गरेर विगत तीन वर्षेखि राजाबाट चालिएको कदमले नेपाल र नेपालीको र्सार्वभौम सत्तामाथि प्रश्न उठिरहेको बताउनु भयो। डा.पाण्डेले राजाको कदमलाई गैर सम्वैधानिक कदम भन्नुहुदै अहिलेको कालो कानुन संचार अध्यादेशले नेपालीहरुको सूचनाको हकलाई खोसेको दावी गर्नु भयो। पाण्डेले देशले लोकतन्त्र खोजेको र लोकतन्त्र स्थापनामा राजनीतिक पार्टीहरुले नै नेतृत्व गर्नु पर्नेमा जोड दिनु भयो।
राजनैतिक पार्टीहरुबीच बढेको खिचातानीप्रति व्यङ्ग्य गर्दै पाण्डेले भन्नुभयो, पार्टी नेताहरु सुकिलो दौरासुरुवाल लगाएर अझै पनि दरबारतर्फउन्मुख भएका छन्। गुमिसकेको प्रतिनिधिसभालाई बिउत्याउने सपना देखेका पार्टी नेताहरुले अब आन्दोलनलाई मूर्त रुप लिएर लोकतन्त्र तर्फउन्मुख हुनु पर्छ उहाँको भनाई थियो।
कार्यक्रममा पत्रकार श्याम श्रेष्ठले पनि लोकतन्त्र स्थापनाका लागि राजनैतिक दलहरुले परालको खुट्टा नभइकन फलामको खुट्टा हालेर मैदानमा उत्रनु पर्ने धारणा व्यक्त गर्नुभयो। हुकुमी शासनद्वारा संचालित राज्यसत्ताले देशमा स्थायी शान्ति र दिगो विकास ल्याउन नसक्ने उहाको भनाइ थियो।
नेपाल पत्रकार महासंघका केद्रिय सभापति विष्णु निष्ठुरीले संचार अध्यादेश मार्फत सरकार प्रेसलाई दवाएर उपद्रो मच्चाउन खोजेको आरोप लगाउनुभयो। उहाँले लोकतन्त्र एवं गणतन्त्रको पक्षमा लडेका पत्रकारहरुको कलमलाई बन्द गर्नु र जनतालाई सूचनाको अधिकारबाट बञ्चित गराउने सरकारको कदमको अन्तराष्टिय जगतबाट समेत निन्दा भएको बताउनुभयो। यस्तो परिस्थितिमा सरकारको कार्यको गुणगान गाउने एवं निरंकुशताको स्वागत गर्ने केही पत्रकारहरुको महासंघले सचित्र विवरण प्रकशित गर्ने पनि उहाँले आफ्नो मन्तव्यको क्रममा व्यक्त गर्नुभयो। कार्यक्रममा लोकतान्त्रिक कवि अर्जुन पराजुलीले व्यङ्ग्य कविता एवं देउसी गीतबाट र लोकतान्त्रिक बाल गायक रुविन गर्न्धर्वले व्यङ्ग्यात्मक गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए। कार्यक्रम नागरिक समाज नवलपरासीका सभापति दूर्गा भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो।
यसै बिच नागरिक समाज चितवनको आयोजनामा आउदो २६ गते चितवनको नारायणगढमा बृहत र्‍याली र आमसभाको आयोजना हुने भएको छ। उक्त सभामा बरिष्ठ अधिबक्ता एवं संविधानविध दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे, नेपाल बार एसोशिएसनका अध्यक्ष शम्भू थापा लगायतले मन्तव्य ब्यक्त गर्ने कार्यक्रम रहेको छ।