Political parties urge king to resign from defense minister
  
    

आज काठमाडौमा आयोजना भएको सात पार्टीको सभामा उपस्थित नागरिकहरु । तस्विर:  सालोक्य/ मेरो संसार


काठमाडौं , मंसीर ३०
 आन्दोलनरत सात दलले नगरकोट घट्नाको बिरोधमा भोलि उपत्यका बन्दको घोषणा गरेका छन्। सात दलको बिहीबार बिहान बसेको केन्द्रीय संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो। सातदलद्वारा आज काठमाडौंको बानेश्वरमा आयोजित बिरोध सभामा उपत्यका बन्दको घोषणा गरिएको थियो।संयोजन समितिले शाही नेपाली सेनाद्वारा घर्टाईएको उक्त घट्नालाई अपराधिक घट्नाको रुपमा चित्रण गर्दै मुलुकको रक्षा मन्त्री र सेनाका परमाधीपति राजालाई उक्त घट्नाको लागि दोषी ठहर गरेको छ। संयोजन समितिले कालोझण्डा बोकेर उपत्यका बन्द सफल पार्न सबैसंग आग्रह पनि गरेको छ।   more »