दस्तावेज-
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
आज हाम्रो देश गम्भीर संकटको अवस्थामा छ। यो अवस्था राजाको सर्वसत्तावादी निरंकुश शासक बन्ने अति महत्त्वाकांक्षा र उनका जनविरोधी क्रियाकलापबाट उत्पन्न भएको हो । जनताको चाहनाको उचित सम्मान गर्न र देशमा शान्ति कायम होस् भन्ने राजा चाहँदैनन्, उनी एक नेपालीबाट अर्को नेपालीको हत्या भइरहोस् र नेपाली नेपालीबीचको भिडन्तले सृजित अशान्तिको आडमा निरंकुश शासन लम्ब्याइरहुँ भन्ने मात्र चाहन्छन्। राजा ०४६ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त गर्दै मुलुकमा आफ्नो हुकुमी र स्वेच्छाचारी शासन लाद्न चाहन्छन्। राजाको आजसम्मको सबै क्रियाकलापले यिनै कुरालाई प्रस्ट गरेको छ। होइन भने माओवादीले युद्धविराम गरेर आन्दोलनरत सात राजनीतिक दलहरूसँग समझदारी गर्दै पूर्ण लोकतन्त्र र शान्तितिर र्फकने चाहना राख्दा त्यसलाई हरतरहले बिथोल्ने प्रयास गर्ने थिएनन्। more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, December 30
by
Nepal Info
on Fri 30 Dec 2005 03:08 AM PST
|
This Month
Month Archive
|
||