|
|
||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
सातदलद्धारा राजधानीमा जुलुस
काठमाडौं साउन १८ पूर्ण प्रजातन्त्रको स्थापनाको माग गर्दै आज सात राजनीतिक दलहरुले काठमाडौंमा एक शान्तिपूर्ण जुलु्स निकालेका छन् । माघ १९ को राजाको राष्ट्रघाती कदम तथा सक्रिय राजतन्त्र बिरोधी नाराहरु लगाई गौशलाबाट निस्केको सो जुलुसमा सयौ राजनीतिक कार्यकर्ताहरुको उपस्थिति थियो । बानेश्वरमा पुगेपछि सभामा परिणत भएको उक्त जुलुसलाई नेपाली कांग्रेसका नेता गोपाल पहाडी, नेकपा एमालेका नेता प्रदिप ज्ञवाली लगायतका नेताहरुले संबोधन गरेका थिए । सभामा कांग्रेस नेता पहाडीले नेपालमा पूर्ण प्रजातन्त्र स्थापना नभइन्जेल अबको आन्दोलन नरोकिने बताउनुभयो । यसैगरि एमाले नेता प्रदिप ज्ञवालीले भने बितेका ६ महिनाको काम कारवाहीले राजतन्त्रको अन्त्य निकट भएको देखाएको उल्लेख गर्नुभयो ।
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||