View Article  कोइरालाद्धारा राजालाई कडा चेतावनी
And now its Koirala who threatens the king



बिराटनगर, असोज ६
  असोज ६ गते ललितपूरको भ्रमणका क्रममा राजाले राजनीतिक पार्टीहरुलाई बिदेशीको पैसामा मुलुकमा अबाञ्छित गतिबिधीहरु भैरहेको आरोप लगाएपछि नेपाली कांग्रेसका सभापती गिरीजा प्रसाद कोइरालाले त्यसको कडा प्रतिबाद गर्नुभएको छ। यो प्रतिबाद पछि नेपालको राजनीतिमा नया तरंग पैदा हुने संभावना बढेर गएको छ।

 उहांले आफ्नो कडा भनाइ आज सांझ कान्तिपुर दैनिकका दूइ पत्रकारहरु संग कोइराला निबास बिराटनगरमा सार्वजनिक गर्नुभएको हो। राजा आफै कस्तो पृष्ठभूमीबाट राजा बने भन्ने कुरा बिर्सनुहुदैन भन्दै गिरीजाले भन्नुभएको छ - राजाले यो भुल्नु हुदैन की उनी कहांबाट आएका थिए र कस्तो परिस्थितीमा राजा बनेका थिए।
 सभापती गिरीजाले कहालीलाग्दो राजदरवार दूर्घटना तर्फ इंगित गर्दै थप्नुभयो - अहिलेका राजाको दरबार हत्यकाण्ड अगाडी कुनै शक्ति थिएन। यदि राजाले यो कुरा बिर्सन्छन् भने नेपालमा राजतन्त्रको भविष्य बांकी रहनेछैन।

View Article  भारतिय नेताहरु नेपालमा कुर्लने
Indian political leaders to address a political gathering in Kathmandu

रेवती सापकोटा


नयाँ दिल्ली असोज १०

 नेपालको लोकतान्त्रिक आन्दोलनलाई आफनै देशवाट एक्यबद्धता जाहेर गर्दै आएका भारतका बरिष्ठ नेताहरु बुधवार नेपाल जाने भएका छन। उनीहरुले राजधानी काठमाडौमा सात राजनीतिक दलहरुद्धारा आयोजना हुने बिरोध पदर्शनमा प्रत्यक्ष सहभागी हुनेछन र   more »
View Article  दलहरुमाथि प्रतिबन्ध लाग्ने!
Political parties to be banned!
काठमाडौ, असोज ८


नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालले असोज १८ र माघ १९ को भन्दा पनि कठोर कदम चाल्न दरबारियाहरुले षड्यन्त्र गरिरहेको भन्दै कार्यकर्ताहरुलाई सचेत रहन सल्लाह दिनुभएको छ।

शनिबार पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा महासचिव नेपालले कार्यकर्ताहरुलाई निर्देशन दिंदै भन्नुभयो-  'मुटु र खुट्टा कमाउने होइन, तपाईहरु अझ ठूलो आन्दोलनको आधीबेहेरी सिर्जना गर्ने तयारीमा लाग्नुहोस्। निकट भविष्यमै माघ १९ को भन्दा ठूलो शाही कदम हुन लागेको छ।'महासचिव नेपालले दरबारियाहरुले चांडै दलहरुमाथि प्रतिवन्ध लगाउन सक्ने खतरा पनि औंल्याउनु भएको छ। दरबारियाहरु मौका पर्खेर बसिरहेका छन् र जनविद्रोह हुने डरलेमात्रै अहिलेसम्म चुप लागेका हुन्, नेपालले भन्नुभयो। ...   more »
View Article  चितवनमा भारतिय सिनेमा देखाउन रोक
Indian movies are banned in Chitwan
चितवन, असोज ८

नवलपरासी जिल्लाको सुस्ता गाविस क्षेत्रमा  भएको भारतीय अतिक्रमणका  विरुद्ध चितवनका युवाहरुले चितवनमा आगामी एकहप्ता सम्म कुनै पनि हिन्दी सिनेमा देखाउन नदिने भएका छन। त्यस्तै उनीहरुले यहाँ सञ्चालीत केबुललाईनमा पनि एक हप्ता भारतबाट प्रसारण हुने च्यानलहरुलाई बन्द गर्ने भएका छन्।

सुस्ता बचाउ युवा अभियानले आज जनाएअनुसार यस अघिपनि सुस्ता बचाउन अभियान संचालन गर्न महिला समिति पनि बनाईएको छ। जनमोर्चाका केन्द्रिय सदस्य एवं सुस्ता बचाउ नागरिक समाजका सदस्य साध्यबहादुर भण्डारीले उक्त अभियानमा पहल गर्नु भएको छ।

 नवलपरासी जिल्लाको भारत र नेपाल सीमानामा रहेको सुस्ता गाबिस गत २०३४ सालको बाढीले नारायणी नदी पारी पर्न पुगेको हो। सो गाविसमा हाल भारतीय सेनाले गस्ति गर्ने गरेको र नेपालीहरुलाई जान आउन पनि अबरोध गर्ने गरेको छ। सरकारले भने सुस्तामा भारतीय अतिक्रमणको बिरोध गरेपनि  सुस्ता बचाउनकालागि हालसम्म ठोस पहल गरेको छैन।
   more »
View Article  पेशागत संगठनहरुद्धारा प्रर्दशन
PAPAD protest in forms of peace and democracy


काठमाण्डौ ,भदौ २९
राजा ज्ञानेन्द्रको निरंकुश कदमका विरुद्ध बुधबार बिहान ६ वटा विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुले काठमाण्डौमा बृहत् र्यालीको आयोजना गरी निशेधाज्ञा तोडेका छन्।शान्ति र लोकतन्त्रको बहालीका लागि पेशागत संस्थाहरुको सञ्जाल (पापड) द्वारा आयोजित सो विरोध र्याली नया बानेश्वरबाट शुरु भई माइतीघरस्थित निशेषित क्षेत्रभित्र आएर कोणसभामा परिणत भएको थियो। बिहान ८ बजेबाट शुरु भएको रर्यालीमा पापडका सदस्य ६ वटै संगठनहरु नेपाल मेडिकल एशोसिएशन, नेपाल प्रध्यापक संघ, नेपाल शिक्षक युनियन, नेपाल बार एशोशिएसन, नेपाल इञ्जिनियरिङ एशोसिएसन र नेपाल पत्रकार महासंघको सहभागिता रहेको थियो। रर्यालीमा वकील, पत्रकार, शिक्षक, प्राध्यापक , इञ्जिनियर, डाक्टर तथा नर्सहरुको उल्लेख्य सहभागिता रहेको थियो।   more »
View Article  आन्दोलन अझ चर्काइने
काठमाडौ, भदौ २८ आज दिउसो भएको आन्दोलनले उपत्यका अत्यन्त तातेपछि अहिले बेलुका कांग्रेस नेता गिरीजा प्रसाद कोइरालाको निबासमा बसेको बैठकले आन्दोलनलाई अझ चर्काएर लैजाने निर्णय गरेको छ।अहिले सांझ भएको यो निर्णले भोलीपनि उपत्यका तात्ने भएको छ। यसैगरि आजको यो बैठकले माओवादीद्धारा घोषित यूद्धबिराम र सात राजनीतिक पार्टी बिच भएका सहमती अनुगमन गर्ने एक समिती गठन गर्ने निर्णय पनि भएको छ। समितीकालागि पूर्व सहजकार पद्मरत्न तुलाधर , नागरिक समाजको नेतृत्व गरिरहेका देवेन्द्र राज पाण्डे, लेखक सि के लाल, पूर्व न्यायधीश लक्ष्मण अर्याल लगायत केही नागरिक समाजका प्रतिनिधीहरु र बार एसोसिएसनका प्रतिनिधीहरुलाई समितीमा रहन अनुरोध गर्ने निर्णय भएको छ । सवैभन्दा ठूलो प्रर्दशन राजाले माघ १९ मा देशको शासनभार लिएपछि आज राजधानीमा सात राजनीतिक दलले सबैभन्दा ठूलो बिरोध प्रर्दशन गरे। विरोध प्रर्दशनका क्रममा आज उपत्यकाबाट पाच शय भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले आफ्नो सूरक्षामा लिएको छ। आजको प्रर्दशनमा सातै पार्टीका अधिकांश नेताहरु पक्राउ परेका छन् । आज दिउसो मात्र जुलुश प्रर्दशन हुने भनि सात पार्टीले पहिलेनै कार्यक्रम तय गरेको भएपनि राजधानीको ताहाचल क्याम्पस बिहानैदेखि तनावग्रस्त बन्न पुग्यो। बिद्यार्थीलाई लेखेट्ने क्रममा ताहाचल पुगेका प्रहरीहरुले आज गोली समेत फायर गरे। चिकित्कहरुको एक टोलीले हालै अश्रु ग्यास स्वास्थ्यकालागि खतरा हुने कुरा बताएपनि प्रहरीहरुले आजपनि जथाभावी अश्रु ग्यास हान्नुका साथै लाठी प्रहार गरेका थिए। आजको ...   more »
View Article  निशेषधाज्ञा तोड्ने क्रम जारी


Protesters continuously defy the governments prohibitory order

निषेधाज्ञा तोड्ने क्रममा लेखक तथा पत्रकार र नागरिक समाजका प्रतिनिधीहरु तस्विर: अरुण बराल

काठमाण्डौ भाद्र २४
नेपालका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे संयुक्तराष्ट्र संघीय साधारणसभामा भाग लिन जाने दिन शुक्रबार काठमाण्डौमा नागरिकहरुले विरोध प्रर्दशन गर्दै निरंकुश सरकारका प्रतिनिधिलाई मान्यता नदिन माग गरेका छन। त्यस्तै रत्नपार्कमा राजनीतिक दल तथा साहित्यिक लेखकहरुले निषेधाज्ञा तोड्दै गिरफ्तारी दिएका छन्।
'लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन'को नेतृत्वमा दिउसो एक बजेदेखि बानेश्वरस्थित सडकको छेउ-छेउमा बसेर शाही सरकारका प्रतिनिधिलाई राष्ट्रसंघमा प्रवेश नदिन माग गर्दै ब्यानर र तुलहरु देखाइएको थियो। सो पर्दशनीमा मानव अधिकारकर्मी तथा नागरिक समाजका कृष्ण पहाडी, साहित्यकार खगेन्द्र संग्रौला, पूर्वमन्त्री तथा नागरिक आन्दोलनका नेता देवेन्द्रराज पाण्डे, नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीको पनि सहभागिता रहेको थियो।
त्यसै गरी दिउसो तीन बजे भोटाहिटी र रत्नपार्क आसपासमा निषेधित क्षेत्र तोड्ने कार्य शुरु भएको थियो। महिलाहरुले सबैभन्दा पहिला निषेधित क्षेत्र तोड्न खोज्दा एमालेकी विद्या भण्डारी, कांग्रेसकी सुजाता कोइराला, मिना पाण्डे लगायत दर्जनौं पक्राउ परेका थिए।
दोस्रो चरणमा लेखक, कलाकार तथा श्रष्टाहरुले निषेधित क्षेत्रमा प्रवेश गरे। यसक्रममा बैरागी काइला, खगेन्द्र संग्रौला, हरीगोविन्द लुइटेल लगायतका लेखकहरु पक्राउ परे।
त्यसैगरी तेस्रोचरणमा सात दलका तर्फबाट निषेधित क्षेत्र तोड्ने प्रयास गरिएको थियो। यसमा नेपाली कांग्रेसका खुमबहादुर खड्का, महन्त ठाकुरलगायतका दर्जनौं नेता तथा कार्यकर्ताहरु पक्राउ परे। उता एमालेका पूर्व सांसद जगन्नाथ खतिवडाको नेतृत्वमा निषेधित क्षेत्रमा कोणसभा गरिएको थियो। सो सभामा लेखक डा. बेञ्जु शर्मा र तीर्थ थापाले मन्तव्य व्यक्त गरेका थिए। उता विद्यार्थीहरुले प्रहरीले ३४ जनलाई गिरफ्तार गरेको विरोधमा शुक्रबार बिहानैदेखि बेलुकासम्म शंकरदेव क्याम्पस आसपासकाने पुतली सडक अवरुद्ध पारेका थिए भने प्रदर्शनीमार्गमा पनि रत्नराज्य क्याम्पसका विद्यार्थीहरुबाट केही घण्टा बाटो अवरुद्ध पारिएको थियो।
View Article  काठमाण्डौमा आन्दोलनको ज्वारभाटा
Capital heats up with the seven party movement
Dozens injoured,over 150 arrested



आइतबार सात राजनीतिक पार्टीहरुद्धारा आयोजनागरिएको सडक आन्दोलनको क्रममा निषेधाज्ञा तोड्ने क्रममा आन्दोलनकारीहरु । यसको लगत्तै सूरक्षाकर्मीले नेता तथा कार्यकर्ताहरुमाथि आक्रमण गरेका थिए। फोटो : सालोक्य/मेरो संसार

काठमाण्डौ, भाद्र १९

सात राजनैतिक दलहरुकले सञ्चालन गर्दै आएको राजधानी केन्द्रित आन्दोलनले एकाएक तीब्र रुप लिन थालेको छ। यसै शिलशिलामा आइतबार सडकमा उत्रिएका हजारौं पर्दशनकारीलाई सरकारले निर्मम कुटपिट गर्नुका साथै गिरिजाप्रसाद कोइराला र एमाले महासचिव माधवकुमार नेपालसहित सयभन्दा बढी नेता-कार्यकर्तालाई निषेधित क्षेत्र बाहिरैबाट पक्राउ गरेर निर्लज्ज व्यवहार देखाएको छ ।
आइतबार न्युरोड क्षेत्रमा प्रतिगमनविरुद्ध प्रदर्शन गर्नेक्रममा नेपाली कांग्रेसका नेताहरु सुशील कोइराला, रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, रामशरण महत, मीना पाण्डे, दीलबहादुर र्घर्ती, दिलेन्द्रप्रसाद बडू, डा. रामवरण यादव, दलदेब शर्मा मजगैया र महन्त ठाकुरलाई प्रहरीले गरिफ्तार गरी महेन्द्र पुलिस क्लबमा थुनेको थियो ।
त्यसैगरी एमाले नेता बामदेव गौतम, केशब बडाल, झलनाथ खनाल र संगठन विभाग प्रमुख विष्णु पौडेललाई पनि महेन्द्र पुलिस क्लबमा थुनिएको थियो। प्रहरीले गरेको लाठीचार्जबाट झलनाथ खनालको खुट्टामा चोट लागेको र बामदेव गौतमसमेत घाइते भएको एमाले नेता विष्णु पौडेलले महेन्द्र पुलिस क्लबबाटै बताउनुभयो। नेकपा मालेका महासचिव तथा संयुक्त बाममोर्चाका सीपी मैनाली पनि पुलिस क्लबमै थुनिनु भएको थियो।
पर्दशनकारीहरुले निषेधित क्षेत्र तोड्ने लक्ष्य राखेको भए पनि प्रहरीले निषेधित क्षेत्र बाहिरैबाट गिरफ्तार गरेर प्रजातान्त्रिक अधिकारलाई कुण्ठित पारेको आन्दोलनकारीहरुले बताएका छन्। बसन्तपुर दरबारबाट जुलुस निकाल्ने तरखर गरिरहेका बेला कसैलाई न्युरोड गेटबाट त कसैलाई जुद्ध समशेरको शालिक अगाडिबाट पक्राउ गरी गाडीमा हालिएको थियो। शीर्षस्थ नेताहरुलाई प्रहरीले पक्रन खोज्दा भएको तानातानमा परी कांगे्रस सभापति गिरिजाप्रसाद कोइराला सडकमै केहीबेर मूर्छा पर्नुभयो। उहांलाई प्रहरीहरुले उपचार गर्न लान्छौं भन्दै अन्त्यमा महाराजगञ्जस्थित निवासमा पुर्याएर छाडिदिएको थियो। त्यसै गरी एमाले महासचिव नेपाललाई प्रहरीले पक्राउ गर्ने कसरत गर्दा निकैबेर तानातान भएको थियो। प्रहरीले पक्राउ गरेका सबैजनालाई सांझमा थुनामुक्त गरिएको छ।
माघ १९ पछि आइतबार राजधानीमा भएको यो झडपलाई सबै भन्दा ठूलो मानिएको छ। विशेष गरी न्युरोड गेटमा दिउंसो ३ वजेदेखि ५ बजेसम्म यातायात र पसलहरु पूरै अवरुद्ध भएको थियो।प्रहरीले कुइरीमण्डल हुने गरी अश्रुग्यास प्रहार गरेको थियो।यसैबीच सात राजनैतिक दलहरुको बैठक पनि आइतबार नै बसेको छ। माओवादीसंग सात दलले वर्ता गर्ने निर्णय गर्नुका साथै निषेधित क्षेत्र तोड्ने निर्णय गरेको सहभागीहरुले जानकारी दिएका छन्।
This Month
September 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30
Year Archive