|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Tuesday, September 13
by
Nepal Info
on Tue 13 Sep 2005 02:44 PM PDT
काठमाडौ, भदौ २८
आज दिउसो भएको आन्दोलनले उपत्यका अत्यन्त तातेपछि अहिले बेलुका कांग्रेस नेता गिरीजा प्रसाद कोइरालाको निबासमा बसेको बैठकले आन्दोलनलाई अझ चर्काएर लैजाने निर्णय गरेको छ।अहिले सांझ भएको यो निर्णले भोलीपनि उपत्यका तात्ने भएको छ।
यसैगरि आजको यो बैठकले माओवादीद्धारा घोषित यूद्धबिराम र सात राजनीतिक पार्टी बिच भएका सहमती अनुगमन गर्ने एक समिती गठन गर्ने निर्णय पनि भएको छ। समितीकालागि पूर्व सहजकार पद्मरत्न तुलाधर , नागरिक समाजको नेतृत्व गरिरहेका देवेन्द्र राज पाण्डे, लेखक सि के लाल, पूर्व न्यायधीश लक्ष्मण अर्याल लगायत केही नागरिक समाजका प्रतिनिधीहरु र बार एसोसिएसनका प्रतिनिधीहरुलाई समितीमा रहन अनुरोध गर्ने निर्णय भएको छ ।
सवैभन्दा ठूलो प्रर्दशन
राजाले माघ १९ मा देशको शासनभार लिएपछि आज राजधानीमा सात राजनीतिक दलले सबैभन्दा ठूलो बिरोध प्रर्दशन गरे। विरोध प्रर्दशनका क्रममा आज उपत्यकाबाट पाच शय भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले आफ्नो सूरक्षामा लिएको छ। आजको प्रर्दशनमा सातै पार्टीका अधिकांश नेताहरु पक्राउ परेका छन् ।
आज दिउसो मात्र जुलुश प्रर्दशन हुने भनि सात पार्टीले पहिलेनै कार्यक्रम तय गरेको भएपनि राजधानीको ताहाचल क्याम्पस बिहानैदेखि तनावग्रस्त बन्न पुग्यो। बिद्यार्थीलाई लेखेट्ने क्रममा ताहाचल पुगेका प्रहरीहरुले आज गोली समेत फायर गरे।
चिकित्कहरुको एक टोलीले हालै अश्रु ग्यास स्वास्थ्यकालागि खतरा हुने कुरा बताएपनि प्रहरीहरुले आजपनि जथाभावी अश्रु ग्यास हान्नुका साथै लाठी प्रहार गरेका थिए। आजको ... more »
|
This Month
Month Archive
|
||