काठमाण्डौ ,भदौ २९
राजा ज्ञानेन्द्रको निरंकुश कदमका विरुद्ध बुधबार बिहान ६ वटा विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुले काठमाण्डौमा बृहत् र्यालीको आयोजना गरी निशेधाज्ञा तोडेका छन्।शान्ति र लोकतन्त्रको बहालीका लागि पेशागत संस्थाहरुको सञ्जाल (पापड) द्वारा आयोजित सो विरोध र्याली नया बानेश्वरबाट शुरु भई माइतीघरस्थित निशेषित क्षेत्रभित्र आएर कोणसभामा परिणत भएको थियो। बिहान ८ बजेबाट शुरु भएको रर्यालीमा पापडका सदस्य ६ वटै संगठनहरु नेपाल मेडिकल एशोसिएशन, नेपाल प्रध्यापक संघ, नेपाल शिक्षक युनियन, नेपाल बार एशोशिएसन, नेपाल इञ्जिनियरिङ एशोसिएसन र नेपाल पत्रकार महासंघको सहभागिता रहेको थियो। रर्यालीमा वकील, पत्रकार, शिक्षक, प्राध्यापक , इञ्जिनियर, डाक्टर तथा नर्सहरुको उल्लेख्य सहभागिता रहेको थियो। more »