PAPAD protest in forms of peace and democracy


काठमाण्डौ ,भदौ २९
राजा ज्ञानेन्द्रको निरंकुश कदमका विरुद्ध बुधबार बिहान ६ वटा विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुले काठमाण्डौमा बृहत् र्यालीको आयोजना गरी निशेधाज्ञा तोडेका छन्।शान्ति र लोकतन्त्रको बहालीका लागि पेशागत संस्थाहरुको सञ्जाल (पापड) द्वारा आयोजित सो विरोध र्याली नया बानेश्वरबाट शुरु भई माइतीघरस्थित निशेषित क्षेत्रभित्र आएर कोणसभामा परिणत भएको थियो। बिहान ८ बजेबाट शुरु भएको रर्यालीमा पापडका सदस्य ६ वटै संगठनहरु नेपाल मेडिकल एशोसिएशन, नेपाल प्रध्यापक संघ, नेपाल शिक्षक युनियन, नेपाल बार एशोशिएसन, नेपाल इञ्जिनियरिङ एशोसिएसन र नेपाल पत्रकार महासंघको सहभागिता रहेको थियो। रर्यालीमा वकील, पत्रकार, शिक्षक, प्राध्यापक , इञ्जिनियर, डाक्टर तथा नर्सहरुको उल्लेख्य सहभागिता रहेको थियो।

रर्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल इजिनियारिङ एशोसिएसनका केन्द्रीय अध्यक्ष जीवराज पोख्रेलले माघ १९ को कु पछि नेपालका सम्पुर्ण पेशाकर्मीहरुको काम अवरुद्ध भएको बताउनु भयो। नेपाल प्राध्यापक संघका सभापति भूपति ढकालले राजा ज्ञानेन्द्रलाई मध्यमाञ्चलको भ्रमण तुरुन्त स्थगित गर्न, युद्धविराम गर्न र जनताका अधिकारहरु फिर्ता गर्न सल्लाह दिनुभयो। त्यसै गरी नेपाल बार एशोसिएसनका अध्यक्ष शम्भु थापाले सबै पेशाकर्मीहरु राजाको कदमका विपक्षमा रहेको सन्देश दरबारसम्म पुर्याउन 'सुराकी'हरुलाई सन्देश दिनुभयो। त्यसै गरी पापडकी संयोजक तथा नेपाल मेडिकल एशोसिएसनकी अध्यक्ष डा. शुधा शर्माले आन्दोलनमा विषालु ग्यास प्रयोग गर्नु स्वास्थ्यका लागि हानीकारक छ भन्दै त्यस्तो ग्यास प्रयोग नगर्न प्रहरीहरुलाई सल्लाह दिनुभयो।
नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले राजाबाट निषेध गरिएको रत्नपार्क र माइतीघर दुबै तोडिएको बताउनुभयो। साथै मंगलबार प्रहरीले समाचार संकलनमा गएका पत्रकारमाथि आक्रण गरेकोमा विरोध गर्दै निष्ठुरीले भन्नुभयो-'पत्रकारको कलम पुलिसको लाठीभन्दा बलियो हुन्छ।'
कार्यक्रममा नेपाल शिक्षक युनियनका प्रतिनिधिले पनि बोल्नुभएको थियो ।

जनमोर्चाका नेतालाई तत्काल रिहा गर्न माग

यसैबिच जनमोर्चा नेपालका केन्द्रीय नेता डिलाराम आर्चायलगायत ५ जनालाई हालै पश्चिम नेपालको महेन्द्रनगर कारागारमा बन्दी बनाइएको विरोधमा नेकपा एकताकेन्द्र-मसालले आगामी असोज ४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। गिरफ्तारीको विरोधमा केन्द्रीय संर्घष समितिद्वारा बुधबार काठमाण्डौमा आयोजित पत्राकार सम्मेलमा संयोजक चित्रबहादुर केसीले भन्नुभयो- हामी प्रतिगामी शाही सरकारको यो बर्बर दमनकारी निरंकुश कदमको घोर निन्दा एवं भत्र्सना गर्दछौं र उहाहरुलाई अविलम्ब रिहा गर्न माग गर्दछौं।

यही भाद्र २४ गते महेन्द्रनगरमा आयोजित जुलुस तथा सभाका क्रममा प्रहरीले चौतर्फी घेरा हाली लाठी र बन्दूकका कुन्दाले प्रहार गर्दै जनमोर्चाका नेताहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा जनमोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा पुर्व सांसद डिलाराम आचार्य, केन्द्रीय उपाध्यक्ष उपाध्यक्ष मनोज भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, जिल्ला नेता खगेन्द्र जोशी र अखिल एकीकृतका जनक धामी छन्। उनीहरुमध्ये आचार्य र लम्साललगायत २५ भन्दा बढी कार्यकर्ता तथा सभामा उपस्थित र्सवसाधारणसमेत प्रहरीको पिटाइबाट घाइते भएका थिए। पक्राउ परेका पाचै जनालाई कथित र्सार्वजनिक ऐनको पूर्जी थमाई जेल चलान गरिएको केसीले जानकारी गराउनुभएको छ। शान्तिपूर्ण कार्यक्रममा भेला भएका नेता-कार्यकर्तालाई आतंककारी शैलीबाट आक्रमण गरी गिरफ्तार गरिएको विरोधमा आगामी असोज ४ गते देशव्यापी विरोध कार्यक्रम आयोजना गरिएको केसीले बताउनु भएको छ। साथै गिरफ्तार नेताहरुको रिहाइका लागि आवाज उठाइदिन राजनैतिक पार्टी मानव अधिकारकर्मी, पत्रकार र नागरिक समाजसंग आग्रहसमेत गर्नुभएको छ ।
नेकपा एकताकेन्द्र-मसालका प्रवक्तासमेत रहेका केसीद्वारा जारी विज्ञप्तिमा नेकपा माओवादीले गरेको एकतर्फी युद्दविरामलाई स्वागत गरिएको छ। तर, सरकारले भने युद्ध भड्काउन खोजेको आरोप लगाउदै विज्ञप्तिमा अगाडि भनिएको छ- राजाको प्रत्यक्ष नेतृत्वको सरकारले युद्धविराम घोषणा गर्नुको सट्टा शाही सेनाका गतिविधिलाई अरु तीब्र पारेर युद्धविराम भंग गर्न उत्तेजित पार्ने खालका क्रियाकलाप अगाडि बढाएकोमा हामी त्यसको तीब्र भर्त्सना गर्दछौं। यसले राजा ज्ञानेन्द्रको शान्ति विरोधी वास्तविक चरित्रको पर्दाफास गरिदिएको छ ।' यसैबीच जनमोर्चा नेपाल वाग्मती क्षेत्रीय समन्वय समितिले आउदो असोज ७ गते संविधानसभाको माग गर्दै काठमाण्डौमा बृहत् विरोध प्रदर्शन र सभा गर्ने भएको छ।