Indian movies are banned in Chitwan
चितवन, असोज ८
नवलपरासी जिल्लाको सुस्ता गाविस क्षेत्रमा भएको भारतीय
अतिक्रमणका विरुद्ध चितवनका युवाहरुले चितवनमा आगामी एकहप्ता सम्म
कुनै पनि हिन्दी सिनेमा देखाउन नदिने भएका छन। त्यस्तै उनीहरुले यहाँ
सञ्चालीत केबुललाईनमा पनि एक हप्ता भारतबाट प्रसारण हुने च्यानलहरुलाई
बन्द गर्ने भएका छन्।
सुस्ता बचाउ युवा अभियानले आज जनाएअनुसार यस अघिपनि सुस्ता बचाउन अभियान
संचालन गर्न महिला समिति पनि बनाईएको छ। जनमोर्चाका केन्द्रिय सदस्य एवं
सुस्ता बचाउ नागरिक समाजका सदस्य साध्यबहादुर भण्डारीले उक्त अभियानमा पहल
गर्नु भएको छ।
नवलपरासी जिल्लाको भारत र नेपाल सीमानामा रहेको सुस्ता गाबिस गत
२०३४ सालको बाढीले नारायणी नदी पारी पर्न पुगेको हो। सो गाविसमा हाल
भारतीय सेनाले गस्ति गर्ने गरेको र नेपालीहरुलाई जान आउन पनि अबरोध गर्ने
गरेको छ। सरकारले भने सुस्तामा भारतीय अतिक्रमणको बिरोध गरेपनि
सुस्ता बचाउनकालागि हालसम्म ठोस पहल गरेको छैन।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
चितवनमा भारतिय सिनेमा देखाउन रोक
Comments
Re: चितवनमा भारतिय सिनेमा देखाउन रोक
by
Anonymous
on Mon 26 Sep 2005 07:35 PM CEST | Permanent Link
Yes kura malai sarai na ramro lagako chha hemro desh le yeta desh ko bhubhag bhchawena jandaina bhanekina sotantra desh bhane .Yauta place ko problem bujhauna nasakne government le raji nama di nu parccha ra news ra media le publish garna parchha.
thanks for your this news |
This Month
Month Archive
|
||||||