View Article  चार दर्जन अन्तराष्ट्रिय संघसंस्थाद्धारा राजाको विरोध

Present Regime completely failed: World civil society organizations


काठमाडौ , माघ १८
राजा ज्ञानेन्द्रको शाही कदम विरुद्ध संसारभरका ४८ वटा गैह्यसरकारी संघ संगठनहरुले आज एक संयुक्त अपिल जारी गर्दै मुलुकमा विधिको शासन शूरुवात गर्न राजा ज्ञानेन्द्रलाई अनुरोध गरेका छन्। बर्तमान सरकारद्धारा अबलम्वन गरिएका कदमहरुले मुलुकका समस्याहरुको समाधान हुन नसकेको भन्दै प्रजातन्त्र शान्ती र विधिको शासन नभै मुलुकमा नागरिकहरुका मौलीक हकहरु सुनिश्चित नहुने कुरा उक्त अपिलमा उल्लेख गरिएको छ। नागरिकका यि अधिकारहरु वहाली गराउन राजाले तुरुन्त शाही घोषणा फिर्तागरी बहुदलीय प्रजातन्त्र पून स्थापना गर्न  माग गरिएको उक्त अपिलमा भनिएको छ यो बर्ष राजाले जारी गरेका कम्तीमा ३५ वटा अध्यादेशहरु विधिको शासन अनुरुप छैनन। यि अध्यादेशहरु मुलत अधिनायकवादी शासन सत्ता स्थापना गर्न अभिव्यक्ति र संगठीत हुने अधिकार खोस्न ल्याइएका हुन्। बांकी एट्टयाच्मेन्टमा।

1 Attachments
View Article  चितवनमा हलो र कोदालोको जुलुस
Demonstration with spade & plough
Chintamani Poudel, Chitwan



 चिन्तामणी पौडेल (तस्विर सहित )
चितवन माघ १८
 चितवनको माडीमा आईतबार लोकतन्त्रको माग र माघ २६गते हुने भनिएको नगरपालिका चुनावको बहिस्कारको आहृवान गर्दै हलो र कोदालोको जुलुस निकालिएको छ। जनमोर्चा नेपालको चितवन जिल्ला समितिले आयोजना गरेको उक्त जुलुसमा माडी क्षेत्रका  चारवटै गाउँ विकास समितिका बासिन्दाहरु आफुसंग भएका औजार बोकेर, परंपरागत भेषभुषामा उपस्थित थिए। माडीको मुख्य बजार बसन्तपुरमा सम्पन्न उक्त साँस्कृतिक प्रदर्शनीसहितको झाँकीमा सयौ किसानहरुले हलो, कोदालो, र हसिँया बोकेका थिए।महिलाहरु रातो बस्तत्रमा प्लेकार्ड सहित पिठ्युमा डोको बोकेर र्‍यालीमा सहकभागी थिए। चितवनका आदिवासी थारु महिलाहरु परंपरागत पहिरनमा टाउँकोमा घैंटो बोकेर साँस्कृतिक झाँकीमा सजिएका थिए। यसैगरी थारु पुरुषहरु माछामार्ने जाल, माछा राख्ने फुलुंङ लिएर जुलुसमा सहभागी भएका थिए।कार्यक्रममा थारु, बोटे, मुसहर, माझी लगायतका आदिवासीका साथै स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो। जनमोर्चा नेपालका अनुसार यस्तो प्रकारको गाउँ जागरण कार्यक्रम नेपालमा नै यो पहिलो कार्यक्रम हो। र्‍याली पछि बसन्तपुरमा एक आमसभा भएको थियो। मोर्चाका जिल्ला सदस्य पदमबहादुर श्रेत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनमोचाका केन्द्रीय सदस्य भीमप्रसाद गौतम, जिल्ला अध्यक्ष ठाकुर ढकालले बोल्नु भएको थियो।


View Article  भारतका बिभिन्न शहरमा नेपाली प्रदर्शन
Nepalis demonstrate in several Indian cities
Rewati Sapkota, New Delhi

रेवती सापकोटा
नयाँ दिल्ली, माघ १६
भारत प्रवासमा संगठित हुदै आएका नेपालीहरुले आईतवार भारतमा जनप्रदर्शन गरेका छन। भारतको राजधानी नयाँ दिल्ली, चेन्नइ, हैदरावाद लगायतका बिभिन्न राज्यमा एकै पटक पदर्शन गरियो। राजाको निरंकुश शासनको एक बर्ष पुगेको विरोध तथा नेपालमा सञ्चालित लोकतान्त्रिक आन्दोलन प्रति पूर्ण समर्थन जनाउन यो प्रदर्शन भएको हो।
नेपालमा जारी लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका सात राजनीतिक दलसम्बद्ध मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ र नेपाली जनसंपर्क समितिद्धारा आयोजित प्रदर्शनमा हजारौ नेपालीहरुको सहभागिता रहेको थियो।   more »
View Article  नेपाल बन्द पूर्ण सफल

 Nationwide support to 'Nepal Bandh' 

काठमाडौ,माघ १३
नगर निर्वाचन बहिष्कारको माग गर्दै सात राजनीतिक पार्टीले राखेको नेपाल बन्द पूर्ण रुपमा सफल भएको छ। बन्द पछि प्रदर्शनका क्रममा आज पोखरामा गोली चलेको र चार जना घाइते भएको स्वतन्त्र समाचार सेवाले जनाएको छ भने देशका सबै जसो सहरहरुमा विरोध प्रदर्शनहरु भएको थाह हुन आएको छ। बांकी पढ्न एट्टयाच्मेन्ट फाइलमा जानुहोस।

1 Attachments
View Article  १९ माघमा रत्नपार्कमा प्रदर्शन
 Rights activists to protest against royal take over on  Feb 1

काठमाडौं, माघ १०
 मानव अधिकारको क्षेत्रका क्रियसिल १० वटा संगठनले राजाले शासन हत्याएको १९ माघलाई कालो दिनको रुपमा मनाउने भएका छन। यस कालो दिनको विरोध गर्दै उनीहरुले रत्नपार्कमा प्रतिरोधका कार्यक्रम गर्ने तयारी गरेका छन्। उनीहरुको आज बसेको बैठकले उक्त निर्णय गरेको हो।

यसैगरी केही दिन अघि जनकपूर नगरपालीकाकालागि उम्मेद्धार बनेका धनुषा जिल्लाका सद्भभावना पार्टीका अध्यक्ष विजयलाल दासको ९ माघमा माओवादीद्धारा हत्या भएपश्चात जिल्ला विकास समिति धनुषाले उम्मेदवारको खोजि गर्दै घरदैलो कार्यक्रम सञ्चालन गरेको छ। उम्मेदवारको लागि जिविसले पटक पटक आग्रह गरेपनि उम्मेदवार नपाएपछि जिविसले चुनावप्रचार अभियान छोडेर उम्मेदवार खोज्ने अभियान शुरु गरेको हो।
चुनाव प्रचारको लागि आयोजित कार्यक्रमहरुमा जिविसका पदाधिकारीहरु र्सवसाधारणलाई चुनावमा सहभागि हुन भन्दा पनि उम्मेदवार हुन आग्रह गर्छन। देवी चौकमा सोमवार आयोजित कोण सभामा धनुषा जिविसका सभापति चन्दर साहले उम्मेदवारका लागि र्सवसाधारणलाई आग्रह गरेका छन्। उता संखुवासभाको खांदवारी नगरपालीकाको उम्मेद्धारकोपनि अहिलेसम्मपनि टुगो नलागेपछि त्यहापनि उम्मेद्धारको खोजी भैरहेको छ।उम्मेद्धारी दर्ता गराउने समय अव एकहप्तापनि बांकी छैन। उता आज नेपाल स्थित राष्ट्रसंघिय मानवअधिकार आयोगका उच्चायूक्त इयान मार्टीनले जनकपूर नगरपालीकाका उम्मेद्धार विजयलाल दासको हत्याको कारण को माग गर्नुभएको छ। विगतमा माओवादीले आफुलाई मानिसको हत्यागर्न काम पार्टीको नीतिमा नरहेको बताएको स्मरण गराउनुभएको छ। श्रोतहरु: स्वतन्त्र समाचार सेवा र अन्य।
View Article  नेताहरु रिहा
Democratic leaders freed

काठमाडौं, माघ ९
 लामो समयको देश दौडाहाबाट राजा राजधानी फर्किएकै दिन घरमै नजरबन्द गरिएका नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एमाले नेता केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छेलाई अहिले सांझ मुक्त गरिएको छ।   more »
View Article  देशका विभिन्न ठाउमा भिडन्त जारी
Several clashes take place

काठमाडौ माघ ९
 सुरक्षा फौज र माओवादी विद्रोहीबीच स्याङ्जा जिल्लाको गल्याङस्थित सिदार्थ राजमार्गको ८३ किलोमिटर भन्ने स्थानमा आइतबार बिहान १०.३० बजेदेखि दोहोरो भिडन्त भएको छ। बिहानै आठ बजेदेखि सो क्षेत्रमा माओवादीहरुले सडकमा ढुगामुढा राखेर सिर्द्धार्थ राजमार्ग अवरुद्ध पारेपछि बाटो खुलाउन त्यहाँ पुगेको सुरक्षाफौज र माओवादीबीच भिडन्त भएको शाही नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटर पोखराले जनाएको छ। भिडन्त अहिले पनि जारी रहेको सेनाले पुष्टी गरेको छ। यद्यपि भिडन्तमा सेना र माओवादीतर्फ के कति हताहति भयो भनेर सेनाले केही बताएको छैन।   more »
View Article  'आन्दोलन दबाउन मोटो रकम'
Government allocates millions to supress the Democratic movement

काठमाडौं , माघ ८
सरकारले सात राजनीतिक दलको आन्दोलन दवाउन एक करोड ११ लाख ८६ हजार रकम छुट्ट्याएको सार्वजनिक भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्यले सुदिप पाठकले सरकारले आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको ब्यवस्थापनका लागि सो रकम छुट्ट्याएको खुलासा गरे।राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारले एक करोड रकम छुट्टुयाएपनि हिरासतमा लिएका नेता तथा कार्यकर्तालाइ मानविय सुविधा प्रदान नगरेको बताए।
हिरासतमा रहेका नेतामध्ये दुवाकोट शसस्त्र वेसक्याम्पमा रहेका एमाले नेता प्रदिप नेपाल, गोपालमान श्रेष्ठ, रघुजि पन्त, सिद्धिलाल सिंहको स्वास्थ्य स्थिति खराव रहेको पाठकले बताए। यि मध्ये पनि नेपालको स्वास्थ्यस्थिति अत्यन्त खराव रहेको र आयोगले उनको तत्काल मुक्त गर्न आग्रह गरेपनि सरकारले कुनै सुनुवाइ नै नगरेको बताउँदै उनले हिरासतमा विरामी परेका नेताहरुको स्वास्थ्य परिक्षणको कुनै ब्यवस्था नगरेकोमा सरकारको अलोचना गर्नुभयो।
आयोगका चार टोलिले बुधवारवाट सरकारी हिरासत र घरमा ने नजरबन्द रहेका नेताहरुको अवस्थाको बारेमा अनुगमन गरेको थियो। पाठकका अनुसार दुवाकोटमा रहेका ५० जना प्रदर्शनकारीलाई कल्चर हलमा राखिएको, २ नम्बर गण महाराजगञ्जमा रहेका ५० प्रदर्शनकारीलाई सित समेत नछेक्ने जस्ताको टहरामा राखेको तथा उनहिरुलाई निम्नस्तरको खाना दिएको पनि पाठकले बताए।
हिरासतमा राखिएका राजनीतिक दलका नेतालाई राज्यले प्रदान गर्नुपर्ने कुनैपनि सुविधाप्रदान नगरेकोमा आपत्ति प्रकट गर्दै पाठकले मानव अधिकारको पूर्ण पालना गर्न सरकारलाई एक पटक फेरि आग्रह गर्नुभयो।  स्वतन्त्र समाचार सेवा


View Article  दिल्लीमा भोली प्रदर्शन हुने

Mass protest to held in New Delhi on Friday

नयादिल्ली संवाददाता
नयादिल्ली, माघ ६
 प्रवासी नेपालीहरुले नेपालमा सरकारले गरेको दमन र धरपकडको बिरोध र लोकतान्त्रिक आन्दोलनको समर्थनमा नयाँ दिल्लीमा प्रदर्शन गर्ने व्यापक तयारी गरेका छन। आज दिनभर नेपालमा विकसित घटना क्रमका विरोधमा नेपालीहरुले यो कार्यक्रमको आयोजना गरेका हुन्। जसअनुसार विहान १० बजे दिल्ली स्थित शाही नेपाली राजदुतावास अगाडि र दिउसो दुइ बजे दिल्लीको मुटु मानिने जन्तर मन्तरमा प्रदर्शन हुदैछ। यो प्रदर्शन अपर्झट आयोजना भएको भएपनि नेपाली र भारतीय नेताहरु विरोध कार्यक्रममा सहभागी हुनेछन्। यसैगरी प्रवासी नेपालीहरुले २९ जनवरीमा पनि दिल्लीमा व्यापक प्रदर्शन गर्ने भनि राखेको कार्यक्रम भने यथावत नै छ।  उता नयाँ दिल्लीमा कार्यालय रहेको एशियन हयुमन राइटस संघले कुनै पनि मुलुकलाई नेपालका राजा ज्ञानेन्द्रलाई भिसा नदिन आज अपिल गरेको छ।

View Article  जनकपुरमा टेलीफोन सेवा अवरुद्ध

Government suspends phone services in Janakpur

जनकपूर, पुस २७
सात दलले भोली जनकपूरमा गर्न लागेको विरोध प्रदर्शनलाई अवरुद्ध पार्ने उदेश्यले सरकारले जनकपूर क्षेत्रमा टेलीफोन सेवा अवरुद्ध पारेको छ। जनकपूरमा भोली अहिलेसम्म तराइमा भएका हरुमध्ये सबैभन्दा ठूलो जनपर्दशन गर्न सात दलले तयारी पूरा गरेका छन्।  यसै क्रममा विरोध सभामा भागलिन वरिपरिका जिल्लाहरुबाट कार्यकर्ताहरु ओइरिने क्रम शुरु भएको छ भने सवारी चेकका नाममा सूरक्षाकर्मीहरुले सात दलका कार्यकर्ता तथा सवारी चालकहरुलाई दूरव्यवहार गर्दै अनावश्यक केरकार गरेका छन्। आज जनकपूरमा ११ बजेसम्म मोवाइल सेवा अवरुद्ध गरिएको थियो भने त्यसपछि खुलेको मोवाइल सेवापनि स्पष्ट आवाज आउन नसक्ने बनाइएको छ।

This Month
January 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31
Year Archive