'आन्दोलन दबाउन मोटो रकम'
by
Nepal Info
on Sat 21 Jan 2006 07:27 PM CET |
Permanent Link
|
Cosmos
Government allocates millions to supress the Democratic movement
काठमाडौं , माघ ८
सरकारले सात राजनीतिक दलको आन्दोलन दवाउन एक करोड ११ लाख ८६ हजार रकम छुट्ट्याएको सार्वजनिक भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्यले सुदिप पाठकले सरकारले आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको ब्यवस्थापनका लागि सो रकम छुट्ट्याएको खुलासा गरे।राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारले एक करोड रकम छुट्टुयाएपनि हिरासतमा लिएका नेता तथा कार्यकर्तालाइ मानविय सुविधा प्रदान नगरेको बताए।
हिरासतमा रहेका नेतामध्ये दुवाकोट शसस्त्र वेसक्याम्पमा रहेका एमाले नेता प्रदिप नेपाल, गोपालमान श्रेष्ठ, रघुजि पन्त, सिद्धिलाल सिंहको स्वास्थ्य स्थिति खराव रहेको पाठकले बताए। यि मध्ये पनि नेपालको स्वास्थ्यस्थिति अत्यन्त खराव रहेको र आयोगले उनको तत्काल मुक्त गर्न आग्रह गरेपनि सरकारले कुनै सुनुवाइ नै नगरेको बताउँदै उनले हिरासतमा विरामी परेका नेताहरुको स्वास्थ्य परिक्षणको कुनै ब्यवस्था नगरेकोमा सरकारको अलोचना गर्नुभयो।
आयोगका चार टोलिले बुधवारवाट सरकारी हिरासत र घरमा ने नजरबन्द रहेका नेताहरुको अवस्थाको बारेमा अनुगमन गरेको थियो। पाठकका अनुसार दुवाकोटमा रहेका ५० जना प्रदर्शनकारीलाई कल्चर हलमा राखिएको, २ नम्बर गण महाराजगञ्जमा रहेका ५० प्रदर्शनकारीलाई सित समेत नछेक्ने जस्ताको टहरामा राखेको तथा उनहिरुलाई निम्नस्तरको खाना दिएको पनि पाठकले बताए।
हिरासतमा राखिएका राजनीतिक दलका नेतालाई राज्यले प्रदान गर्नुपर्ने कुनैपनि सुविधाप्रदान नगरेकोमा आपत्ति प्रकट गर्दै पाठकले मानव अधिकारको पूर्ण पालना गर्न सरकारलाई एक पटक फेरि आग्रह गर्नुभयो। स्वतन्त्र समाचार सेवा