Democratic leaders freed
काठमाडौं, माघ ९
लामो समयको देश दौडाहाबाट राजा राजधानी फर्किएकै दिन घरमै नजरबन्द गरिएका नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एमाले नेता केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छेलाई अहिले सांझ मुक्त गरिएको छ।
७ माघमा राजधानीमा सात दलले गर्न लागेको प्रदर्शनबाट अत्तालिएको सरकारले त्यसलाई रोक्न तीनै नेतालाई त्यही दिनदेखि आ-आफ्नो घरमै बन्दी बनाएको थियो।घरमै बन्दी बनाइएका एमाले महासचिव माधवकुमार नेपाल, एमाले नेता भरतमोहन अधिकारी भने रिहा भएका छैनन।कोइराला, ओली र विजुक्छेलाई तीन महिने स्थानहदको पूर्जी दिइएको थियो। रिहा गरिए पनि कोइरालाको घरको टेलिफोन भने अझै अवरुद्ध छ।यसैगरी शनिबारको प्रदर्शनबाट पक्राउ परेका एमाले स्थायी समिति सदस्य युवराज ज्ञवाली र एमाले नेता प्रदिप नेपाल लगायतका नेतालाई पनि रिहा गरिएको छ।तर नेपाल सद्भावना आनन्दीदेवीका नेता हृदयश त्रिपाठीलाई भने आइतबार नै उनको निवासबाटै पक्राउ परेका छन। स्वतन्त्र समाचार सेवा
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
नेताहरु रिहा
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||