No option other than Movement: Human rights activists
काठमाडौं, पुस २१
मुलुकमा मानव अधिकार, लोकतान्त्रिक
पद्दति एवं नागरिक समाजका गतिविधिहरुलाई निष्तेज पारी अधिनायकवादी शासन
व्यवस्थालाई संस्थागत गर्न तिब्ररुपमा कदम चालिएको जनाउदै मुलुकमा
शान्तिप्रेमी लोकतान्त्रिक शक्तिहरुको एकिकृत एवं शसक्त आन्दोलनको
अपरिहार्य भएको मानवअधिकार संघ संगठनहरुले जनाएका छन्।
मुलुकमा
लोकतान्त्रिक अधिकारहरु खोसिएको, गैर सम्वैधानिक तथा गैर कानूनी
क्रियाकलापहरु हावी भएको, स्वतन्त्र न्यायापालिकाको स्वायत्ततामाथी
निरंकुशता लादिएको, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भइरहेको
जस्ता कुराहरु उल्लेख गर्दै मानव अधिकारबादीहरुले नागरिकहरुलाई हतास
तुल्याउने काम भइरहेको एवं देशमा तीब्र सैनिकीकरण भइरहेको अबस्थामा
निर्वाचन पद्धतिका सबै आधारशिलाहरु शून्य भएको उल्लेख गरेका छन्।
इन्सेक, मानव अधिकार जोगाऔं आन्दोलन- नेपाल, इन्हुरेड इन्टरन्यास्नल,
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, शान्तिका लागि नागरिक ऐक्यवद्धता लगायत
सोह्र संगसंगठनहरुले आज प्रेस विज्ञप्ती निकालेर मुलुकमा आन्दोलनको
अपरिहार्यताको आवश्यकता रहेको जनाएका हुन्। बांकी जस्ताको तस्तै
एट्याच्चमेन्टमा।