View Article  नेता व्यूताउंन नागरिक सभा
Respect seven party-maoist understanding: civil society


तस्विर: उमेश श्रेष्ठ
काठमाडौ फागुन १२
अमेरिकी राजदूतले आन्दोलनकारी दलहरुलाई माओवादी संझौताबाट एक्लाउन गरेको प्रयत्नपछि सेलाएको आन्दोलनलाई तताउन आज फेरि राजधानीमा नागरिक समाजका मानिसहरु बोले। माओवादीलाई एक्लाउने कामको विरोध गर्दै बक्ताहरुले माओवादी समझदारीदेखि खुट्टा नकमाउन पार्टीहरुलाई आग्रह गरे। कार्यक्रममा प्राध्यापक कृष्ण खनाल, निलाम्बर आचार्य, नेपाल पत्रकार महासंघका सभापति बिष्णु निष्ठुरी र नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदीप ज्ञवाली लगायतकाले बोलेका थिए भने विभिन्न कवि तथा कवयत्रीहरुले लोकतान्त्रिक कविताहरु वाचन गरेका थिए।
View Article  चैत २१ बाट अनिश्चितकालीन नेपाल बन्द
Indefinite strike from April third
काठमाडौं/ फागुन ७
नेकपा माओबादीले आगामी चैत २१ गतेबाट अनिश्चितकालीन देशव्यापी राजनीतिक हड्तालको घोषणा गरेको छ।जस अनुसार यातयात, कलकारखाना, वजार, शिक्षणसंस्था र कार्यालयहरु वन्द रहने माओबादीले जनाएको छ ।यसैगरी चैत्र १ गतेवाट राजधानी काठमाण्डौं उपत्यका र जिल्ला/अञ्चल/क्षेत्रीय सदरमुकामहरूको नाकावन्दी र चक्काजाम गर्ने पनि माओबादीले उल्लेख गरेको छ ।माओबादीका अध्यक्ष प्रचण्ड र वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समितिका संयोजक बाबुराम भट्र्राईद्धारा आज जारी विज्ञप्तीमा सो कुरा उल्लेख छ। बक्तब्य हेर्ने भए अट्याच्मेन्ट फाइलमा क्लिक गर्नुहोस।
1 Attachments
View Article  स्ववियु निर्वाचन फेरी भाडिने सङ्केत
Lets use students election as a toll of revolution:  maoists' student wing
काठमाडौं,फागुन ५
नेकपा (माओवादी)को भातृ सँगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शाही सत्ताले विद्यार्थी आन्दोलनमाथि तीव्र दमन गरिरहेको,  कैयौं विद्यार्थीहरुको हत्या  गरेको,  कैयौंलाई बेपत्ता बनाएको  र सयौं सयौंलाई क्याम्पस-क्याम्पसबाटै गिरफ्तार गर्ने र थुन्ने काम गरेकोले गिरफ्तार सम्पूर्ण विद्यार्थीहरु रिहा नहुदासम्म    स्ववियु निर्वाचनको कुनै औचित्य नभएको बताएकोछ ।
उक्त विद्यार्थी सँगठनका तर्फबाट अध्यक्ष लेखनाथ अधिकारिद्बारा आज जारी बिज्ञप्तिमा विद्यार्थी नेता-कार्यकर्ताहरु रिहा नहुदासम्म  तीनको  रिहाइकै लागि  सङ्घ्रष गर्न आग्रह गरिएकाले निर्वाचन भाडिन सक्ने सम्भावना  बढेको हो ।
स्ववियु निर्वाचनको बलियो प्रतिस्पर्धी संगठन अखिल (क्रान्तिकारी) माथि प्रतिबन्ध लगाएको अवस्थाका कारण पनि क्याम्पसभित्र मुख्यतः निर्वाचनमा खुला ढंगले सहभागी बन्न सक्ने स्थिति नभएको दाबी गर्दै  बिज्ञेप्तिमा धम्किदिदै भनिएको छ- यो अवस्थामा निर्वाचन गराउनु भनेको घोर अवैधानिक काम गर्नु हो । त्यसकारण संबन्धित प्रशासनले अखिल (क्रान्तिकारी) ले निर्वाचनमा जाने सहज वातावरण निर्माण नगर्दै निर्वाचनको प्रक्रिया अगाडि बढाउछ भने उसका लागि यसको मूल्य निकै महंगो बन्ने निश्चित छ ।   more »
View Article  राजतन्त्र विरुद्ध भारतमा बिशाल प्रदर्शन
Thousands marched against Nepali autocratic  monarchy in India
Rewati Sapkota, New Delhi
माओवादीलाई हतियार नत्याग्न आग्रह


रेवती सापकोटा
नयाँ दिल्ली,माघ ३०
 
तस्विरहरु सबै: अरुण जोशी

नेपालमा जारी लोकतान्त्रिक आन्दोलन प्रति समर्थन जनाउदै भारतको राजधानी नयाँ दिल्लीमा आईतबार फेरि बिशाल प्रदर्शन भएको छ। राजतन्त्रको बिरुद्ध अन्तिम जनबिद्रोहको दिशामा अघि बढौ भन्ने नारा दिईएको सो प्रदर्शनमा ५० हजार भन्दा बढीको उपस्थिति रहेको दावी गरिएको छ। नयाँ दिल्लीमा नेपाली लोकतान्त्रिक आन्दोलनको पक्षमा यस अघि निस्केको जुलुस भन्दा यो सबै भन्दा ठुलो हो। सधै नयाँ दिल्लीको जन्तरमन्तरमा हुने धर्ना जुलुस र सभा यसपटक भने बढी उपस्थितिका कारण दिल्लीको रामलीला मैदानमा आयोजना गरिएको थियो।   more »
View Article  जेलभित्रै गणतन्त्रको बहस !
Political discussion for Republican set up in the prison !
Nepal Info

 नेपाल इन्फो
काठमाडौ,माघ २९
जेल हालेर मुख थु्न्ने प्रयत्न गरेपनि  नेता तथा कार्यकर्ताले बोल्न छाड्दैनन भन्ने कुरा महिला विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा राखिएका बन्दीहरुले सरकारलाई देखाइदिएका छन्। महिला बिकास प्रशिक्षण प्रतिष्ठानमा अहिले करिव दूइ शय जना नेता कार्यकर्ता र मानवअधिकारकर्मीहरु थुनिएका छन्। सरकारको नगरपालिका निर्वाचन अगावै थुनिएका यि कार्यकर्ता तथा नेताहरुले अहिले दैनिक भावी नेपालको संरचना बारे  दैनिक बहस चलाइरहेका छन्।
हरेकदिन बेलुका ४ बजेदेखि ७ बजेसम्म चल्ने उक्त बहस महिला बिकास  प्रशिक्षण  प्रतिष्ठानको हलमा  संचालन हुने गर्छ।  रातमा लस्करै लाइन लागेर भूइमा सुत्ने नेता तथा कार्यकर्ता दिउसो भने छलफल कार्यक्रममा व्यस्त हुने गरेका छन्। 'हामी यहाबाट बाहिर निस्कदा  गणतन्त्र नेपाल कस्तो हुनुपर्छ भन्ने खाका बोकेर निस्कने छौं' उक्त थुनामा रहेका मानवअधिकारकर्मी वासु देवकोटाले हामीलाई टेलिफोनमा जानकारी दिनुभयो। उक्त ठाउमा नेपाली कांग्रेसका महन्थ ठाकूर, नेकपा एमालेका नेता रघु पन्त, मानबअधिकारकर्मी गोपाल शिवाकोटी चिन्तन, प्राध्यापक संघका अध्यक्ष भूपती ढकाल,  चरण प्रसाइ, लोक गायक नन्दकृष्ण जोशी लगायतका व्यक्तित्वहरु रहेका छन्। उनीहरुसंग दैनिक त्यहा रहेका अन्य कार्यकर्ताहरुले आ आफ्ना जिज्ञासाहरु राख्ने र नेताहरुलाई गणतन्त्रको दिशा समात्न आव्ह्वान गर्ने गरेका छन्।


View Article  विराटनगरमा गोली चल्यो
Government opens fire in Biratnagar
काठमाडौं,माघ २६
 निर्वाचन वहिष्कार गर्न गएका राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि सुरक्षाकर्मीले विराटनगरमा गोली चलाएको छ। १०.३० बजे बिहान एमाले नेता राजेन्द्र पाण्डेले दिएको जानकारी अनुसार, विराटनगर उपमहानगरपालिका-१५ मा रहेको मतदान केन्द्रमा एमाले कार्यकर्ता भानुराज कोइरालाले मतदान केन्द्रभित्रै छिरेर मतदान वहिष्कार गरौं भन्ने नारावाजी गरेपछि सुरक्षाकर्मीले गोली चलाएका हुन। गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको छ।कोइरालालाई पक्राउ गरिएको छ। कोइराला मतदाताको हैसियतमा केन्द्रमा छिरेका थिए। उनले त्यहाँ रहेको मतदाता नामावली समेत कब्जामा लिएका थिए।बिस्तृत विवरण भने अाउन बांकी छ।
स्वतन्त्र समाचार सेवा
View Article  राजधानीमा बिहानैदेखि धरपकड
मतदान गर्ने भन्दा वहिष्कार गर्नेको चहलपहल
Dozens arrested from Kathmandu

स्वतन्त्र समाचार सेवा
काठमाडौ,माघ २६
नगर निर्वाचन वहिष्कारवादीको पकड देखेर तर्सिएको सरकारले सरकारले सात दलका नेता कार्यकर्तालाई बुधबार बिहानैदेखि ब्यापक घरपकड गरेको छ। नेपाल विद्यार्थी संघका नेता रमेश रायमाझीलाई बिहानै कंलकीस्थित घरबाट पक्राउ गरिएको छ।   more »
View Article  मतदान बिथोले गोली हानिनेछः गृह मन्त्री
Authority will shoot those trying to disrupt the polls: Home minister Thapa


स्वतन्त्र समाचार सेवा
काठमाडौं माघ २५
 बुधबार हुने नगर निर्वाचनको वहिष्कार अभियान चर्किरहँदा अत्तालिएको सरकारले मतदान बिथोल्नेमाथि गोली हान्ने धम्की दिएको छ।मंगलबार अकस्मात गृह मन्त्री कमल थापाले पत्रकार सम्मेलन गरी मतदान बिथोल्न खोज्नेहरुलाई सुरक्षाकर्मीलाई गोली हान्ने अधिकार दिइएको जानकारी दिनुभयो।सात दलले निर्वाचन वहिष्कारका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका छन भने माओवादीले नेपाल बन्द गरेको छ। राष्ट्रिय र अन्तराष्ट्रिय स्तरबाट यो निर्वाचनको वैधानिकतामाथि ठूलो प्रश्न उठिरहेको छ। नगर निर्वाचनमा पुरै राज्यशक्ति प्रयोग हुँदा समेत आधा भन्दा बढी स्थानमा उम्मेदवारी परे। बलपूर्वक उम्मेदवारी बनाई निर्विरोध भएकाहरुले समेत पदबाट धमाधम राजीनामा दिदै निर्वाचनको विरोध गर्न थालेका छन।सात दल र माओवादीको रणनीतिबाट अत्तालिएको मन्त्रिपरिषद्को हालै बसेको बैठकले पनि निर्वाचन बिथोल्न खोज्नेमाथि कारवाही गर्न सुरक्षाकर्मीलाई असिमिति अधिकार दिने निर्णय लिएको थियो। 

View Article  देशैभरी विष्फोट, दोहोरो फाइरिग र भिडन्त जारी
Clash in Kavre and Udayepur, over half dozen killed
काठमाडौ, माघ २५
नेकपा माओवादीले राखेको सात दिने नेपाल बन्दका क्रममा देशैभरी विष्फोट दोहोरो फाइरिग र भिडन्त जारी छ। नगर निर्वाचनालाई पूर्ण रुपले असफल पार्ने भन्दै माओवादीहरुले यो बन्दको आयोजना गरेका हुन् । नेकपा माओवादीसंग १२ बुदे संझौता गरेका पार्टीहरुले भने यसअघिनै नगर निर्वाचन कार्यक्रम असफल भैसकेकोले नेपाल बन्दको अौचित्य समाप्त भएको भन्दै मांओवादीहरुलाई नेपाल बन्द फिर्ता लिन आव्ह्वान गरिसकेका छन्।
नेपाल बन्दको आज तस्रो दिन जनजिवन क्रमश सामान्यिकरण बन्दै गएपनि काभ्रे र उदयपूरमा दोहोरो भिडन्त भएको छ। हिमाल खवरका अनुसार त्रियुगा नगरपालीका वडा न. १ कदमगाछी हुदै सदरमुकाम आईरहेको माओबादी समुह र गस्तिमा रहेको सुरक्षाफौज बीच राती साँढे ८ वजेबाट सुरु भएको भिडन्तमा परि सुरक्षाफौज तर्फ जमदार बालकुमार पौडेल सहीत ५ जनाको ज्यान गएको छ । यसैगरी पछिल्लो पटक पनौतिमा भएको आक्रमणमा परि  १ सर्वसाधारण २ सुरक्षाकर्मी तथा २ माओवादीको मृत्यू भएको छ। स्थानिय पत्रकार भोजराज तिमल्सिनाले हिमालखबरलाई बताए अनुसार मृत्यु हुने सर्वसाधारणमा पनौती–५ का गणेशलाल श्रेष्ठ, प्रहरी जवान राजेश सिलवाल तथा दोलखा घर भएका सैनिक जवान रविन श्रेष्ठ रहेका छन्।बाकी यहा हेर्नुहोस।



View Article  उपसचिवद्धारा निर्वाचन वहिष्कार गर्न आहृवान
अपडेट
मूख्य सचिव लोकमान शिह कार्कीले जथाभावी बोलेको अारोप लगाउदै कर्मचारी प्रसन्नकुमार कोइरालालाई कार्वाहीको प्रक्रिया अगाडी सारिएको बताएका छन्।
Government's asst. secretary calls to boycott the election


स्वतन्त्र समाचार सेवा
काठमाडौं,माघ २४
 मुख्यसचिव लोकमानसिंह कार्कीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा वहिष्कृत नगर निर्वाचनमा अनिवार्य मतदान गर्न निजामती कर्मचारीलाई निर्देशन दिएको एक साता नबित्दै कृषि तथा सहकारी मन्त्रालयका उपसचिव प्रशन्नकुमार कोइराला र्सार्वजनिक रुपमै निर्वाचन वहिष्कारका पक्षमा उभिनुभएको छ। 'साथीहरु म जागिरको माया मारेर निर्वाचन वहिष्कारको घोषणा गरेको छु, मलाई आशा छ अन्य साथीहरुले पनि पक्कै निर्वाचन वहिष्कार गर्नुहुनेछ' उहाँले भन्नुभयो। उहाँले नगर निर्वाचनले मुलुकको समस्यालाई सम्बोधन गर्न नसक्ने भएकाले यसको कुनै औचित्य नरहेको बताउनुभयो।
मुख्यसचिवले निर्वाचनमा परिवारसहित मतदानमा जान कर्मचारीलाई दिएको निर्देशनप्रति कोइरालाले कडा आपत्ति जनाउँदै मुख्य सचिवले निजामती सेवा नियमावलीको उल्लंघन गरेको बताउनुभयो। कार्कीको निर्देशन पूर्वाग्रही भएको उल्लेख गर्दै कोइरालाले सोमबार राजधानीको एक साक्षात्कारमा भन्नुभयो-निसेनीको कुनै पनि बुँदामा सरकारले जस्तोसुकै निर्वाचन गराए पनि कर्मचारी सपरिवार भोट दिन जानर्ुपर्छ भन्ने लेखिएको छैन, कार्कीको निर्देशन आफैंमा राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ।' 'मैले कार्यालयको समयभित्र तोकिएको काम पूरा गरेँ कि गरिनँ, त्यसको मूल्यांकन गर्ने अधिकार मुख्य सचिवको हो, तर उहाँले मेरो ब्यक्तिगत स्वतन्त्रतामा दख्खल दिने अधिकार राख्नुहुन्न' उहाँले भन्नुभयो।
पञ्चायतकालमा समेत कर्मचारीले यस्तो 'कु' शासनको सामना गर्नु नपरेको बताउँदै सरकारी कर्मचारीतन्त्रलाई राजनीतिबाट अक्षुण राख्ने बहानामा भक्ति गानको मण्डलीका रुपमा विकास गर्ने प्रयत्न भइरहेकोमा कोइरालाले आपत्ति जनाउनुभयो। निजामती कर्मचारी सरकारी कर्मचारी भन्दा पहिला राष्ट्रको नागरिक रहेकोले उसले पनि प्रजातान्त्रिक प्रणालीको पक्षमा जनमत निर्माण गर्नुपर्नेमा जोड दिँदै कोइरालाले 'मुलुक नै लोकतन्त्र र निरंकुशतन्त्रमा विभाजित भइरहेको वर्तमान अवस्थामा निजामती कर्मचारीले मौन बस्न नहुने'मा जोड दिनुभयो।
मुख्यसचिव कार्कीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल बार एशोसिएसनले सोमबार जारी गरेको विज्ञप्तिमा 'मतदान गर्ने वा नगर्ने भन्ने ब्यक्तिको आत्मनिर्णयको अधिकारसँग गाँसिएको विषय भएको र मतदानको अधिकार कुनै कर्मचारी भएकोले नभई राष्ट्रको नागरिक भएको हैसियतले पाएकोले कर्मचारी प्रशासनलाई प्रभावित पार्न सो निर्देशन जारी गरेको' जनाएको छ। यसप्रति बारले खेद व्यक्त गरेको छ। मुख्य सचिवको निर्देशन प्रचलित कानुन विपरित रहेकाले निजामती कर्मचारीलाई निर्भिकतापूर्वक आफ्नो आत्मनिर्णयको आधारमा निर्वाचनको विषयमा निर्णय गर्न अनुरोध बारले गरेको छ।
This Month
February 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28
Year Archive