Political discussion for Republican set up in the prison !
Nepal Info

 नेपाल इन्फो
काठमाडौ,माघ २९
जेल हालेर मुख थु्न्ने प्रयत्न गरेपनि  नेता तथा कार्यकर्ताले बोल्न छाड्दैनन भन्ने कुरा महिला विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा राखिएका बन्दीहरुले सरकारलाई देखाइदिएका छन्। महिला बिकास प्रशिक्षण प्रतिष्ठानमा अहिले करिव दूइ शय जना नेता कार्यकर्ता र मानवअधिकारकर्मीहरु थुनिएका छन्। सरकारको नगरपालिका निर्वाचन अगावै थुनिएका यि कार्यकर्ता तथा नेताहरुले अहिले दैनिक भावी नेपालको संरचना बारे  दैनिक बहस चलाइरहेका छन्।
हरेकदिन बेलुका ४ बजेदेखि ७ बजेसम्म चल्ने उक्त बहस महिला बिकास  प्रशिक्षण  प्रतिष्ठानको हलमा  संचालन हुने गर्छ।  रातमा लस्करै लाइन लागेर भूइमा सुत्ने नेता तथा कार्यकर्ता दिउसो भने छलफल कार्यक्रममा व्यस्त हुने गरेका छन्। 'हामी यहाबाट बाहिर निस्कदा  गणतन्त्र नेपाल कस्तो हुनुपर्छ भन्ने खाका बोकेर निस्कने छौं' उक्त थुनामा रहेका मानवअधिकारकर्मी वासु देवकोटाले हामीलाई टेलिफोनमा जानकारी दिनुभयो। उक्त ठाउमा नेपाली कांग्रेसका महन्थ ठाकूर, नेकपा एमालेका नेता रघु पन्त, मानबअधिकारकर्मी गोपाल शिवाकोटी चिन्तन, प्राध्यापक संघका अध्यक्ष भूपती ढकाल,  चरण प्रसाइ, लोक गायक नन्दकृष्ण जोशी लगायतका व्यक्तित्वहरु रहेका छन्। उनीहरुसंग दैनिक त्यहा रहेका अन्य कार्यकर्ताहरुले आ आफ्ना जिज्ञासाहरु राख्ने र नेताहरुलाई गणतन्त्रको दिशा समात्न आव्ह्वान गर्ने गरेका छन्।