Rewati Sapkota, New Delhi
माओवादीलाई हतियार नत्याग्न आग्रह
रेवती सापकोटा
नयाँ दिल्ली,माघ ३०

तस्विरहरु सबै: अरुण जोशी
नेपालमा जारी लोकतान्त्रिक आन्दोलन प्रति समर्थन जनाउदै भारतको राजधानी नयाँ दिल्लीमा आईतबार फेरि बिशाल प्रदर्शन भएको छ। राजतन्त्रको बिरुद्ध अन्तिम जनबिद्रोहको दिशामा अघि बढौ भन्ने नारा दिईएको सो प्रदर्शनमा ५० हजार भन्दा बढीको उपस्थिति रहेको दावी गरिएको छ। नयाँ दिल्लीमा नेपाली लोकतान्त्रिक आन्दोलनको पक्षमा यस अघि निस्केको जुलुस भन्दा यो सबै भन्दा ठुलो हो। सधै नयाँ दिल्लीको जन्तरमन्तरमा हुने धर्ना जुलुस र सभा यसपटक भने बढी उपस्थितिका कारण दिल्लीको रामलीला मैदानमा आयोजना गरिएको थियो। more »