Lets use students election as a toll of revolution:  maoists' student wing
काठमाडौं,फागुन ५
नेकपा (माओवादी)को भातृ सँगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शाही सत्ताले विद्यार्थी आन्दोलनमाथि तीव्र दमन गरिरहेको,  कैयौं विद्यार्थीहरुको हत्या  गरेको,  कैयौंलाई बेपत्ता बनाएको  र सयौं सयौंलाई क्याम्पस-क्याम्पसबाटै गिरफ्तार गर्ने र थुन्ने काम गरेकोले गिरफ्तार सम्पूर्ण विद्यार्थीहरु रिहा नहुदासम्म    स्ववियु निर्वाचनको कुनै औचित्य नभएको बताएकोछ ।
उक्त विद्यार्थी सँगठनका तर्फबाट अध्यक्ष लेखनाथ अधिकारिद्बारा आज जारी बिज्ञप्तिमा विद्यार्थी नेता-कार्यकर्ताहरु रिहा नहुदासम्म  तीनको  रिहाइकै लागि  सङ्घ्रष गर्न आग्रह गरिएकाले निर्वाचन भाडिन सक्ने सम्भावना  बढेको हो ।
स्ववियु निर्वाचनको बलियो प्रतिस्पर्धी संगठन अखिल (क्रान्तिकारी) माथि प्रतिबन्ध लगाएको अवस्थाका कारण पनि क्याम्पसभित्र मुख्यतः निर्वाचनमा खुला ढंगले सहभागी बन्न सक्ने स्थिति नभएको दाबी गर्दै  बिज्ञेप्तिमा धम्किदिदै भनिएको छ- यो अवस्थामा निर्वाचन गराउनु भनेको घोर अवैधानिक काम गर्नु हो । त्यसकारण संबन्धित प्रशासनले अखिल (क्रान्तिकारी) ले निर्वाचनमा जाने सहज वातावरण निर्माण नगर्दै निर्वाचनको प्रक्रिया अगाडि बढाउछ भने उसका लागि यसको मूल्य निकै महंगो बन्ने निश्चित छ ।   more »