Lets use students election as a toll of revolution: maoists' student wing
काठमाडौं,फागुन ५
नेकपा (माओवादी)को भातृ सँगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शाही सत्ताले विद्यार्थी आन्दोलनमाथि तीव्र दमन गरिरहेको, कैयौं विद्यार्थीहरुको हत्या गरेको, कैयौंलाई बेपत्ता बनाएको र सयौं सयौंलाई क्याम्पस-क्याम्पसबाटै गिरफ्तार गर्ने र थुन्ने काम गरेकोले गिरफ्तार सम्पूर्ण विद्यार्थीहरु रिहा नहुदासम्म स्ववियु निर्वाचनको कुनै औचित्य नभएको बताएकोछ ।
उक्त विद्यार्थी सँगठनका तर्फबाट अध्यक्ष लेखनाथ अधिकारिद्बारा आज जारी बिज्ञप्तिमा विद्यार्थी नेता-कार्यकर्ताहरु रिहा नहुदासम्म तीनको रिहाइकै लागि सङ्घ्रष गर्न आग्रह गरिएकाले निर्वाचन भाडिन सक्ने सम्भावना बढेको हो ।
स्ववियु निर्वाचनको बलियो प्रतिस्पर्धी संगठन अखिल (क्रान्तिकारी) माथि प्रतिबन्ध लगाएको अवस्थाका कारण पनि क्याम्पसभित्र मुख्यतः निर्वाचनमा खुला ढंगले सहभागी बन्न सक्ने स्थिति नभएको दाबी गर्दै बिज्ञेप्तिमा धम्किदिदै भनिएको छ- यो अवस्थामा निर्वाचन गराउनु भनेको घोर अवैधानिक काम गर्नु हो । त्यसकारण संबन्धित प्रशासनले अखिल (क्रान्तिकारी) ले निर्वाचनमा जाने सहज वातावरण निर्माण नगर्दै निर्वाचनको प्रक्रिया अगाडि बढाउछ भने उसका लागि यसको मूल्य निकै महंगो बन्ने निश्चित छ । साथै अन्य विद्यार्थी संगठनहरुले पनि अखिल (क्रान्तिकारी) बिनाको स्ववियु निर्वाचनको सपना देख्नु कुनै पनि हालतमा वस्तुवादी सपना बन्न सक्दैन। वर्तमान राजनीतिक संकटको निकास लोकतन्त्रवादीहरुको एकताबाट मात्रै निस्कन सक्ने बताउदै उसले यो निर्वाचनलाई राजा विरोधी मोर्चा बनाउने गरी अगाडि बढ्न सबै विद्यार्थी संगठनलाई अपिल गरेको छ ।बिस्तृत जानकारीका लागि हेर्नुहोस बिज्ञेप्तिको पूर्ण पाठ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन -क्रान्तिकारी)
केन्द्रीय समिति
विषय स्ववियु निर्वाचन सम्बन्धमा ।
पंचायती व्यवस्थाविरुद्ध लड्ने र राजनीतिक अधिकार प्राप्त गर्ने संर्घष्ाको साझा विद्यार्थी मंचको रुपमा स्थापित गौरवपर्ूण्ा संस्था स्ववियुप्रति हाम्रो संगठन जहिले पनि सम्मान गर्छ । यसको ऐतिहासिक चरित्र अनुरुपको राजनीतिक गतिविधि गर्नका लागि उक्त साझा मञ्चलाई संचालन गर्न चाहनछ । तर वर्तमान राजनीतिक संर्घष्ाको पृष्ठभूमिमा स्ववियु निर्वाचनको जुन हल्ला गरिएको छ, यसको कुनै औचित्य नभएको प्रस्ट पार्दै फागुन १६ गते गरिने भनिएको स्ववियु निर्वाचन सम्बन्धमा हाम्रो संगठनको निम्नानुसारका धारणाहरु र्सार्वजनिक गर् न यो वक्तव्य जारी गरिएको छ ।
१. शाही सत्ताले विद्यार्थी आन्दोलनमाथि तीव्र दमन गरिरहेको छ । कैयौं विद्यार्थीहरुको हत्या गर्यो, कैयौंलाई बेपत्ता बनाएको छ र सयौं सयौंलाई क्याम्पस-क्याम्पसबाटै गिरफ्तार गर्ने र थुन्ने काम गरेको छ । गिरफ्तार सम्पर्ूण्ा विद्यार्थीहरुको रिहा नहु“दासम्म निर्वाचनमा जान सक्ने अवस्था रह“दैन । त्यसकारण सबै विद्यार्थी नेता-कार्यकर्ताहरुको रिहाई हुनुपर्छ । रिहा नहु“दासम्म रिहाइकै लागि संर्घष्ामा केन्द्रित बन्नुपर्छ न कि निर्वाचनतिर ।
२.स्ववियु निर्वाचनको बलियो प्रतिस्पर्धी संगठन अखिल -क्रान्तिकारी) माथि प्रतिबन्ध लगाएको अवस्था अहिले पनि छ । जसको कारण क्याम्पसभित्र मुख्यतः निर्वाचनमा खुला ढंगले सहभागी बन्न सक्ने स्थिति छैन । यो अवस्थामा निर्वाचन गराउनु भनेको घोर अवैधानिक काम गर्नु हो । त्यसकारण संबन्धित प्रशासनले अखिल -क्रान्तिकारी) ले निर्वाचनमा जाने सहज वातावरण निर्माण नगर्दै निर्वाचनको प्रक्रिया अगाडि बढाउ“छ भने उसका लागि यसको मूल्य निकै महंगो बन्ने निश्चित छ । साथै अन्य विद्यार्थी संगठनहरुले पनि अखिल -क्रान्तिकारी) बिनाको स्ववियु निर्वाचनको सपना देख्नु कुनै पनि हालतमा वस्तुवादी सपना बन्न सक्दैन ।
३. वर्तमान राजनीतिक संकटको निकास लोकतन्त्रवादीहरुको एकताबाट मात्रै निस्कन सक्छ । यही निष्कर्षो माग आन्दोलनले गरेको बेला अवैधानिक स्ववियु निर्वाचनले उपरोक्त संकटलाई कसरी सहयोग पुर्याउन सक्छ - शाही सत्ता चाहन्छ, आफू विरुद्धको विद्यार्थी आन्दोलन अन्तर विद्यार्थी संगठनमा रुपान्तरित होस् तर हामी चाहन्छौं शाही सत्ता विरुद्ध लड्ने सबै लोकतन्त्रवादी विद्यार्थीहरुबीचमा साझा मोर्चा निर्माण होस् र यही मोर्चाको सहमतिका आधारमा स्ववियु संचालन गरियोस् ताकि शाही सत्ता विरुद्ध परिचालित तागत, खण्डित नहोस् । त्यसकारण स्ववियुलाई राजा विरोधी मोर्चा बनाउने गरी अगाडि बढ्न सबै विद्यार्थी संगठनलाई अपिल गर्दछौं ।
४. स्ववियु निर्वाचन सम्बन्धी जुन विधि र प्रक्रिया छ त्यसप्रति हाम्रो पर्ूण्ा असहमति छ । स्ववियु निर्वाचनमा मतदाताहरुले मत दिने विचारको आधारमा बनाइनर्ुपर्छ नकि व्यक्तिको आधारमा । त्यसकारण व्यक्ति चुनाव लड्ने होइन, व्यक्तिलाई उभ्याउने होइन, संगठनहरुले चुनाव लड्ने व्यवस्था बनाउनु पर्छ । यसरी जा“दा जुन संगठनले जति मत पाउ“छ त्यसको आधारमा आफ्ना प्रतिनिधिहरु स्ववियुमा पठाउने र उनीहरुको बैठकले मुख्य पद विभाजन गर्ने एवं सम्बन्धित सदस्यले बदमासी गरेको खण्डमा संगठन जिम्मेवार हुनर्ुपर्ने प्रक्रियाबाट नजादासम्म स्ववियु मोजमस्ती गर्ने, वर्गउत्थान गर्ने र गुण्डागर्दी गर्ने थलो बनिरहन्छ । त्यसकारण पनि संगठनहरुको नाममा मतदान गर्न पाउने नया“ विधि निर्माण गर्न सबै पक्षसग हाम्रो संगठन आग्रह गर्दछ ।
५ फागुन ०६२
लेखनाथ न्यौपाने
अध्यक्ष
अखिल -क्रान्तिकारी)
|
|
||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
स्ववियु निर्वाचन फेरी भाडिने सङ्केत
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||