View Article  हिरासतका नेतालाई यातना
Political leaders are tortured in the custody

स्वतन्त्र समाचार सेवा
काठमाडौं, माघ २३
सुरक्षाकर्मीले हिरासतमा राखीएका विद्यार्थिलाई चर्को यातना दिएका छन्। कमलपोखरी, किर्तिपुर २ नम्बर गणमा महाराजगञ्ज र सशस्त्र प्रहरी बल दुवाकोटमा हिरासतमा राखिएका नेतालाई प्रहरीले चर्को शारिरिक तथा मानसिक यातना दिएको राजनीतिक दलहरुले बताएका छन्।प्रजातान्त्रिक कांग्रेसले यातनाका कारण पार्टीका कार्यवाहक सभापति गोपालमान श्रेष्ठ र नेपाल महिला संघकी केन्द्रीय कोषाध्यक्ष छली कुमारी शर्मा कारण विरामी हुनुभएको जनाएको छ।
एमालेका अनुसार अनेरास्ववियुका आनन्द श्रेष्ठ, सुनिता रोक्का, होमराज मैनाली, नविन गौतम लगायतका विद्यार्थी नेताहरुलाई दुबै हातमा हत्कडी लगाएर राखिएको छ। हनुमान ढोकामा राखिएका ती विद्यार्थी नेताहरुलाई औषधी उपचार समेत नगराएर चिसो छिँडिमा राखिएकोले विरामी रहेका एमालेले विज्ञप्तिमा मार्फत जनाएको छ।
अनेरास्ववियुले पनि वडा प्रहरी कार्यालय कमल पोखरीमा थुनामा रहेकानेताहरुको स्वास्थ्य स्थिति नाजुक रहेको बताएको छ। विरामी बन्दिलाको उपचारको लागि गएका चिकित्सकलाई उपचार गर्न नदिई फर्काइएको अनेरास्ववियुले जनाएको छ। कीर्तीपुर थुनामा राखिएका विद्यार्थी नेतालाई शारीरिक र मानसिक यातना दिने गरेको पनि संगठनले दावि गरेको छ।

View Article  प्रजातान्त्रिक आन्दोलनबारे पेरिसमा बहस
A discussion helds in Paris for Nepal's democratic movement


बहस कार्यक्रममा बोल्दै सायमी र अनुवाद गर्दै कल्पना घिमिरे

पेरिस, माघ २२
नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने तथा आन्दोलनले समातेको दिशाबारे जानकारी लिने उदेश्यले  पेरिसमा एक राजनीतिक बहस कार्यक्रमको आयोजना गरियो। सप्ताहन्तमा आयोजना गरिएको उक्त बहस कार्यक्रममा  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल शाखाका कोषाध्यक्ष स्नेह सायमीले नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनले लिइरहेको गतिबारे आफ्ना भनाइ राख्नु भएको थियो। केही तस्विरहरु भित्रपनि छन्।   more »
This Month
February 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28
Year Archive