Nepalis in Japan prepare to protest Nepal King's autocratic rule
जापान, चैत १६
जापानमा बसोबास गरिरहेका केहि नेपालीहरु मिलेर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने उदेश्य राखि विरोध प्रदर्शनको तयारि भइरहेको खवर प्राप्त भइरहेको छ। तर उक्त विरोध कार्यक्रम कुन दिन हुने भन्ने कुरा अहिले सम्म गोप्य राखिएको जनाउदै हाम्रा सहयोगीले थपे निश्चयनै जापानमापनि यस्तो कार्यक्रम हुनेछ। त्यसकालागि हामीहरुले नेपालीहरुबिच संपर्क बढाउने काम गरिरहेका छौं। पहिला देखिनै विरोध कार्यक्रम गर्ने भन्दा भन्दै त्यहा केहि महिना पहिला युवाराज पारस दम्पतीको सवारी भएको र मै हु भन्ने नेपालीहरु पारसका पाउमा पर्न गएका कारण धेरैपछि मात्र शान्ति तथा लोकतान्त्रिक मन्च गठन भएको जनाइएको छ। नेपाली आन्दोलनलाई सहयोग गर्ने भन्दै अहिले जापानबाटपनि लोकतन्त्र व्लग स्पोट भन्ने व्लगपनि संचालन गरिएको छ।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, March 29
by
Nepal Info
on Wed 29 Mar 2006 01:26 AM CEST
by
Nepal Info
on Wed 29 Mar 2006 12:36 AM CEST
Photo feature of Paris Protest
Text and photos by Anuradha Poudel तस्विर र आलेख सबै अनुराधा पौडेल ![]() पारसको भ्रमण अर्थहिन । एक साता भन्दा बढी कर्मचारीलाई दिन ठीक्क पारेको ६ करोड रुपैया बोकेर झन्डै आधा महिना मुलुकबाहिर बिताउने पारसको भ्रमण के उदेश्यले महत्वपूर्ण भयो ? थप तस्विरहरु यहा क्लिग गरेरपनि हेर्न सक्नुहुन्छ भने यहा नभएका तस्विरहरु भित्र हेर्न सक्नुहुन्छ। पेरिस चैत १६ पेरिसमा पारस विरुद्ध प्रदर्शन भएकोपनि तीन दिन वितिसकेछ। व्लगमा हुन्छ नि तस्विरहरु राख्दै गरौला भन्दा भन्दै फुर्सद नमिलेर मैले आज ढीलो गरि केही तस्विरहरु राखेको छु। बरु अरु मिडीयाका साथिहरुले पाएजति समाचार र तस्विरहरु दिइसक्नुभो जसले गर्दा अव बाकी के नै रह्यो र जस्तो लाग्यो । तर फेरि क्यामेरा हेर्दै जादा केहि नया तस्विरहरु फेला पारेकोले आज प्रकाशित गरेको छु। बाकी तस्विरहरु भित्र more » Monday, March 27
by
Nepal Info
on Mon 27 Mar 2006 10:46 AM CEST
आलेख र तस्विरहरु अनुराधा पौडेल
Text and photos by Anuradha Poudel ![]() हाम्रा राजाबाट भाषण गर्दा सधै पशुपतिनाथले रक्षा गरुन् भन्ने बाक्य प्रयोग गरिन्छ। पशुपतिनाथको अर्थ पशुकापति। त्यसैले हिजोपनि राजाको उक्त बाक्यलाई शिरोधार्य गर्दै पशुकापति बनाइयो । पशुकापतिले नै राजा र राजपरिवारका सदस्यको रक्षा गर्छन् र पशुपतीलाई राजपरिवारले खुव माया गर्छ भन्ने कुरा त राजा रानी नै पशुपतिनाथका हर्ताकर्ता भएबाट पुष्टि हुन्छ। पेरिस, चैत १४ गत माघ १९ गते नेपालको निरंकुश राजसत्ताका बिरुद्ध संसारभर प्रदर्शन हुदा पेरिसमा हुन सकेन । त्यसको अर्थ पेरिसका नेपालीहरुले राजाको शासनलाई मन पराएर हो भन्ने होइन । बास्तवमा यहाका नेपालीहरु झन विद्रोही रहेछन् र निरकुश सत्ताका बिरुद्ध तिब्र आक्रोश पोख्दा रहेछन् भन्ने कुरा हिजोको प्रदर्शनले देखायो। बाकी तस्विरहरु भित्र हेर्नुहोस more » Sunday, March 26
by
Nepal Info
on Sun 26 Mar 2006 10:25 PM CEST
Nepal Prince enjoys black flag welcome in Paris
![]() पेरिस चैत १३ फ्रान्सको राजधानी पेरिसमा आज नेपालीहरुले उत्साह पूर्वक पारसलाई कालो झन्डा देखाउने काम सम्पन्न गरेका छन्। पारसलाई कालो झन्डा देखाउन आज बेल्जियम र जर्मनीबाट समेत नेपालीहरु आइपुगेका थिए। प्रदर्शनकाबेला झरीले चुट्ने भो भनि गरिएको पूर्वअनुमान विपरीत आजको मौसमले समेत नेपालीहरुलाई साथ दियो। सोचेको संख्यामा भन्दा बढी नेपालीहरु कार्यक्रममा भाग लिन आएपछि त्यहाको रौनक आज रत्नपार्कको भन्दा कम थिएन। समाचार र तस्विरहरु बिस्तृत रुपमा भोली बिहान हेर्न सकिनेछ। more »
by
Nepal Info
on Sun 26 Mar 2006 12:20 AM CET
No autocract in the democratic country
![]() पेरिस, चैत १२ अष्ट्रियाबाट आज मात्र पेरिस आइपुगेका यूवराज पारसलाई पेरिसबासी नेपालीहरुले कालो झन्डा देखाउने कामको पूर्ण तयारी पूरा भएको छ । कालो झन्डा देखाउने अन्तिम तयारी स्वरुप आज कालो झन्डा तयार पार्ने, कार्टुन चित्रहरु बनाउने ,व्यानर तथा पोष्टरहरु तयार पार्ने र नाराहरु लेख्ने काम पूरा भएको छ। व्यानरहरु र पोष्टर पाम्पलेटहरु तयार पार्न आज यहाका केहि नेपालीहरुको उत्साहपूर्वक सहयोग रह्यो। फ्रान्समा सप्ताहन्तमा मात्र धेरै नेपालीहरुलाई फूर्सद हुनेभएकोले सबै तयारी आज गर्नुपरेको हो। नेपाल बारे तहल्कापूर्ण रिपोर्टिग गरिहने एक फ्रान्सेली पत्रकार भिन्सेन्ट प्राडो पोष्टर पाम्पेलिटग तयार पारेको दृष्य कैद गर्न आज नेपालीहरुसंग तिन घन्टा समय विताए । भोलीको प्रदर्शनमा उनी सहित यहाका केहि पत्रकारहरुसमेतले भाग लिनेछन्। फ्रान्समा नेपाली प्रजातान्त्रिक आन्दोलनको समर्थनमा निस्केको यो पहिलो जुलुश हो । फ्रेबुअरी एकमा संसारभर राजाको शासनको विरोध भएपनि फ्रान्समा यसको विरोध हुन सकेको थिएन । राजाको शासनको भित्र भित्र विरोध भइरहेपनि अन्तत एउटा मन्च गठन भएपछि धेरै नेपालीहरुलाई यसमार्फत विरोध जनाउन सजिलो परेको छ। फ्रान्सको राजधानी पेरिसमा जम्मा जम्मी पाचशय नेपालीहरु बसेको अनुमान गरिन्छ । तर यि मध्ये जम्मा तिनशय नेपालीहरुमात्र संपर्कमा रहेका कारण धेरै नेपालीहरुलाई चाहेरपनि संपर्क गर्न नसक्ने अवस्था आइपरेको छ। र संपर्कमा रहेका नेपालीहरुलाईपनि दूतावासले कतिपय अवस्थामा प्रलोभन बांडेर र कतिपय अवस्थामा धम्काएर सकेसम्म विरोध कार्यक्रममा सहभागी नवन्न कोशिष गरिरहेको छ। दूतावासको नजिक रहेका तर यहा बस्ने अनुमती नमिलीसकेका नेपालीहरुलाई दूतावासले त्यहा गइस भने तेरो पोल खोल्दिन्छु भन्दै धम्की दिएको कारण केहि नेपालीहरु भोलीको प्रदर्शनीमा सहभागी हुन नसक्ने अवस्था रहेको छ। तर ठीक यसको उल्टो नेपाल प्रेमी फ्रान्सेलीहरुको भोली उल्लेख्य सहभागिता रहेने भएको छ भने जर्मनी र बेल्जियमबाट समेत केहि नेपालीहरु यो कार्यक्रममा भाग लिन आउनेछ्न। उता भोली सांझ युनेस्कोको केन्द्रिय कार्यालय भवनमा यूवराजलाई डिनर दिने कार्यक्रम राखिएको छ। केही नेपालीहरुको गोजी र राजदूतावासको कोषबाट खर्च व्यहोर्ने गरी दिन लागिएको उक्त भोज कार्यक्रममा सहभागी बन्न केहि भारतीय पाकिस्तानी भुटानी र अन्य मुलुकका नागरिकहरुलाई आमन्त्रण गरिएको छ। आज चलेको काइकुइ अनुसार यूवराजको उक्त भोज विरोधका कारण बन्द गरिने भन्ने हल्ला चलाइएको छ । तर भोली मात्रै के हुनेछ भन्ने थाह हुनेछ किनभने दुतावासले यूवराजको भ्रमण सम्वन्धि सारा कार्यक्रम अत्यन्त गोप्य राखेको छ। Wednesday, March 22
by
Nepal Info
on Wed 22 Mar 2006 11:48 PM CET
International Media Mission in Kathmandu
![]() तस्विर: सालोक्य/ मेरो संसार काठमाडौ ,चैत ९ बुधबार राजधानीमा भएको संचारकर्मीहरुको प्रदर्शनमा सम्मिलित अन्तराष्ट्रिय मिसनका सदस्यहरु । गत बर्षको कार्यक्रमलाई निरन्तरता दिदै यस बर्षपनि अन्तराष्ट्रिय मिसन नेपालको प्रेसको स्थिति बुझ्न नेपाल पुगेको छ। आजको काठमाडौ प्रदर्शनमा मिसनको तर्फबाट ज्याकुलिन पार्कले बोल्दै प्रेस स्वतन्त्रताको विरुद्ध सरकारले गरेको ज्यादतीको आलोचना गर्नुभयो। मिसनका केहि सदस्यहरु यतिबेला मुलुकका विभिन्न भेगमा प्रेसको स्थिति बुझ्न पुगेको छ। Saturday, March 18
by
Nepal Info
on Sat 18 Mar 2006 05:17 PM CET
NSU students attack Sushil Koirala
काठमाडौं, चैत्र ५ नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले उपसभापति सुशील कोइरालामाथि हातपात गरेका छन्। विहिवार नेविसंघको कार्यालयमा तोडफोड गरेको आरोपमा कार्वाहीमा परेका विकास कोइराला लगायतका करिव एक सय जनाको समुहले आफुहरुमाथिको कार्वाही पूर्वाग्रहपूर्ण रहेको गुनासो नसुनेको भन्दै उपसभापतिमाथि हातपात गरेका थिए। गुनासो गर्न बुद्धनगरमा रहेको कोइराला निवास पुगेका विद्यार्थीलाई नेता कोइरालाले 'तिमीहरु सवै मण्डले हौं' भनेपछि विद्यार्थी नेता नारायण भारतिले कोइरालाको छातिमा मुक्का प्रहार गरेका थिए। कोइरालाले अशन्तुष्ट विद्यार्थीको समुहलाई दरवारवाट सञ्चालीत भएको र विदेशीको इसारामा डलर खाएर पार्टीको अहितमा लागेको आरोप लगाउनुभएको एक विद्यार्थी नेताले बताए। भारतीले आफुलाई अपमानजनक ढंगले मण्डलेको आरोप लगाएपछि सहन नसकेर हातपात गरेको स्वीकार गर्नुभयो । उहाँले राजाका विरुद्ध आफु आन्दोलनमा लागि रहदा पनि कोइरालाले मण्डले भनेर आफुलाई अपमानीत गरेको भारतिले बताउनुभयो। कोइरालामाथि जाइलागेका भारतीलाई कांग्रेस पार्टी कार्यालायका सचिव दिवाकर गौतमले छुट्याउनु भएको थियो । नेविसंघको कार्यालयमा तोडफोड गरेको आरोपमा नेविसंघले शुक्रवार सात जना विद्यार्थी नेतालाई संघको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको थियो। संघको निर्वाचित कार्यकालमा अध्यक्ष गुरुराज घिमिरे, महासचिव गगन थापाको निस्कासन संगै कोइराला विद्यार्थी नेताविच अलोचनाको पात्र बन्दै आउनुभएको छ। विवादका कारण नेविसंघको पोखरा महाधिवेशन स्थगित भएपछि संघमा गरिएको मनोनयनसंगै कोइराला विद्यार्थी माझ झन् अलोकप्रिय बन्नुभएको थियो। विद्यार्थीहरुले आफ्नो आसोपासेलाई संघमा मनोनयन गरेको कोइरालामाथि आरोप लगाउँदे आएका छन्। स्वतन्त्र समाचार सेवा Friday, March 17
by
Nepal Info
on Fri 17 Mar 2006 07:51 PM CET
Democracy should be reinstalled in Nepal: China
काठमाडौं, चैत्र ४ "लाटो खान्छ एक् बल्ड्याङ, बाठो खान्छ सय बल्ड्याङ" यो नेपाली उखान यतीखेर निरङ्कुश सरकारलाई ठ्याक्कै मिलेको छ। निरन्कुश राजादेखि उनका टिके मन्त्री र सैनिक प्रमुख प्यारजङ थापा सम्मले चीनको भ्रमण गरे पानी पधेरो गरेझै। जनतामाथि डोजरले पेलेझै गरेर सर्बसाधारण जनतालाइ मार्दै र सार्वजनिक ठाउमा आतङ्क फैलाउदै हिड्ने पारश शाहले समेत चीनको भ्रमण गरेर चीन नेपाली निरङ्कुश राजतन्त्रसङ्ग सतीनै जान तयार छ जस्तै गरेका थिए। जनताको रकममा चलेका सरकारी सन्चार माध्यमले तिललाइ पहाड बनाएर प्रचार प्रसार गरे चीन दाहिना भय कसैको केहि लाग्दैन भनेर। जनताको रकम खाएर भए नभएका कुरा दिदै जनतालाईनै ढाट्नु सम्म ढाटे तीनले। more » Thursday, March 9
by
Nepal Info
on Thu 09 Mar 2006 08:27 AM CET
स्वतन्त्र समाचार सेवा
इलाम ,फागुन २५ गृहमन्त्री कमल थापाले टेक्दा इलाम बजारनै अपवित्र भएको ठहर गर्दै आज इलामका महीलाहरुले इलाम बजारमा गउत र्छर्के। माओबादी आक्रमणबाट भएको क्षतिको अबलोकनका लागि गृहमन्त्री थापा इलाम पुगे लगत्तैदेखि इलामका महिलाहरुले नाराबाजी सहित गउत र्छकर्न थालेका थिए। महिलाहरुले टुडिखेलदेखि प्रकासपथ, मालापथ हुदै चौक बजार सम्म गउत र्छर्केका हुन। अन्तराष्ट्रिय नारी दिबस मुल आयोजक समितिले गउत र्छकन थाले पछि स्थानीय महीला संघ संगठन, स्ववियु लगायतका बिभिन्न संघ संस्थामा आबद्ध महीलाहरुले अभियानमा सहभागीता जनाएका थिए।साढे दश बजेबाट सुरु भएको गउत र्छकने अभियानको अघुवाई महीला जागरण संघकी अध्यक्ष बिष्णु दाहालले गर्नु भएको थियो। गृहमन्त्री कमल थापा भने स्थानीय सुरक्षा निकायका प्रमुख संगको कुराकानी पछि परिबार नियोजन संघ इलामले आयोजना गरेको अर्न्तकृया कार्यक्रमको उद्घाटन गरेर खोटाङंको सुरक्षा स्थितीका बारेमा जानकारी लिन खोटाङं जानु भयो। |
This Month
Month Archive
|
||




