NSU students attack  Sushil Koirala
काठमाडौं, चैत्र ५
 नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले उपसभापति सुशील कोइरालामाथि हातपात गरेका छन्। विहिवार नेविसंघको कार्यालयमा तोडफोड गरेको आरोपमा कार्वाहीमा परेका विकास कोइराला लगायतका करिव एक सय जनाको समुहले आफुहरुमाथिको कार्वाही पूर्वाग्रहपूर्ण रहेको गुनासो नसुनेको भन्दै उपसभापतिमाथि हातपात गरेका थिए। गुनासो गर्न बुद्धनगरमा रहेको कोइराला निवास पुगेका विद्यार्थीलाई नेता कोइरालाले 'तिमीहरु सवै मण्डले हौं' भनेपछि विद्यार्थी नेता नारायण भारतिले कोइरालाको छातिमा मुक्का प्रहार गरेका थिए। कोइरालाले अशन्तुष्ट विद्यार्थीको समुहलाई दरवारवाट सञ्चालीत भएको र विदेशीको इसारामा डलर खाएर पार्टीको अहितमा लागेको आरोप लगाउनुभएको एक विद्यार्थी नेताले बताए।  
      भारतीले आफुलाई अपमानजनक ढंगले मण्डलेको आरोप लगाएपछि सहन नसकेर हातपात गरेको स्वीकार गर्नुभयो । उहाँले राजाका विरुद्ध आफु आन्दोलनमा लागि रहदा पनि कोइरालाले मण्डले भनेर आफुलाई अपमानीत गरेको भारतिले बताउनुभयो। कोइरालामाथि जाइलागेका भारतीलाई कांग्रेस पार्टी कार्यालायका सचिव दिवाकर गौतमले छुट्याउनु भएको थियो ।
नेविसंघको कार्यालयमा तोडफोड गरेको आरोपमा नेविसंघले शुक्रवार सात जना विद्यार्थी नेतालाई संघको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको थियो। संघको निर्वाचित कार्यकालमा अध्यक्ष गुरुराज घिमिरे, महासचिव गगन थापाको निस्कासन संगै कोइराला विद्यार्थी नेताविच अलोचनाको पात्र बन्दै आउनुभएको छ। विवादका कारण नेविसंघको पोखरा महाधिवेशन स्थगित भएपछि संघमा गरिएको मनोनयनसंगै कोइराला विद्यार्थी माझ झन् अलोकप्रिय बन्नुभएको थियो। विद्यार्थीहरुले आफ्नो आसोपासेलाई संघमा मनोनयन गरेको कोइरालामाथि आरोप लगाउँदे आएका छन्।
स्वतन्त्र समाचार सेवा