Text and photos by Anuradha Poudel

हाम्रा राजाबाट भाषण गर्दा सधै पशुपतिनाथले रक्षा गरुन् भन्ने बाक्य प्रयोग गरिन्छ। पशुपतिनाथको अर्थ पशुकापति। त्यसैले हिजोपनि राजाको उक्त बाक्यलाई शिरोधार्य गर्दै पशुकापति बनाइयो । पशुकापतिले नै राजा र राजपरिवारका सदस्यको रक्षा गर्छन् र पशुपतीलाई राजपरिवारले खुव माया गर्छ भन्ने कुरा त राजा रानी नै पशुपतिनाथका हर्ताकर्ता भएबाट पुष्टि हुन्छ।
पेरिस, चैत १४
गत माघ १९ गते नेपालको निरंकुश राजसत्ताका बिरुद्ध संसारभर प्रदर्शन हुदा पेरिसमा हुन सकेन । त्यसको अर्थ पेरिसका नेपालीहरुले राजाको शासनलाई मन पराएर हो भन्ने होइन । बास्तवमा यहाका नेपालीहरु झन विद्रोही रहेछन् र निरकुश सत्ताका बिरुद्ध तिब्र आक्रोश पोख्दा रहेछन् भन्ने कुरा हिजोको प्रदर्शनले देखायो।

पशुकापति किलर पनि हुन्छन् होइन र ? एक नेपाली आफ्नो टी शर्ट हेर्दै।
पारस भन्ने मानिस गाजा र लागू पदार्थको मूल नै रहेछ र उ प्रति यति घृणा रहेछ कि हिजो नेपालीहरुले पारसको आखामा गाजा संसार बाउको आखामा बन्दुक संसार भनेर उफ्रि उफ्रिकन नाचेर देखाए । मादल र गितार तथा सानो माइकका भरमा हिजो नेपालीहरुले गरेको प्रदर्शनले काठमाडौको आन्दोलनलाई संझायो।

फ्रान्सेली भाषामा लेखिएको एक नारा आतंककारी कानुन फिर्ता गर। बेल्जीयम बाट आएका दुइ नेपालीहरु ।
गाउ गाउ बाट उठ बस्ती बस्ती बाट उठ भन्ने गीतभित्रको एक छन्द हातमा कलम हुनेहरु कलम लिएर उठ र पेरिसमा बस्नेहरु आवाज लिएर उठ भन्दा सबैले ताली ठोके । बास्तमा नेतृत्वको अभावका कारण विगतमा नेपालीहरु भित्र भित्र गुम्सेका रहेछन् भन्ने अनुभव हिजोको प्रदर्शनमा भयो।

गीत गाउदै केहि नेपालीहरु । पेरिसमा बस्नेहरु आवाज लिएर उठ ।
ठीक तीन बजे जम्मा हुने भनेकोमा केहि नेपालीहरु समय भन्दा अगावै आएर ठाउ खोजीरहेका थिए। पेरिसको थ्रोकादेरो भन्ने ठाउ अलि फराकिलो छ र यहाबाटै विश्वप्रसिद्ध आइफल टावर को दृश्य अवलोकन गरिन्छ। यहा हरेक दिन जसो विभिन्न प्रदर्शन भइरहन्छ र फ्रान्समा हुने ठूला ठुला प्रदर्शनहरुकालागि यहि नै ठाउ रोजिन्छ । अर्कोभाषामा भन्दा हाम्रो काठमाडौको टुडिखेल हो यो । भलै हाम्रो टुडिखेललाई यतिबेला निरकुश पन्जाले समातेको छ। यो ठाउमा जम्मा हुने नेपालीहरुमा उत्साह थप्ने काम कार्यक्रमको शुरुवात हुनासाथ जब दुइ घन्टाको रेल यात्रा तय गरेर ब्रसेल्सबाट आइपुगेका साथीहरु र त्यो भन्दा अघिल्लै दिन जर्मनीबाट आइपुगेका केहि साथीहरुपनि प्रदर्शनमा मिसीए ।

यूरोपियन हो गैडापाएपनि हतियार र अरु सहयोग नदेउ। फ्रेन्च भाषामा बनाइएको एक कार्टुन । गैडा बराबर हतियार हुन सक्दैन।
थ्रोकादेरोके प्रदर्शनपछि केहि नेपालीहरु फेरि यूनेश्को भवन अगाडी गए । बेलुका पारस र हिमानीलाई दुतावास र केहि भरौटे नेपालीहरुले भोजको आयोजना गरेका थिए । यूवराज आउनु भन्दा ठीक अगाडी पुगका नेपालिहरुलाई त्यहा तैनाथ सुरक्षाकर्मीहरुले एक पोज फोटो लिन पनि दिएनन। दुतावासले हामीलाई अत्यन्त कडासुरक्षा व्यवस्था चाहिन्छ भनेपछि त्यसो गरिएको रहेछ भन्ने जानकारी प्राप्त भएपछि नेपालीहरु यहाको कानुनलाई शिरोपर गर्दै फर्किए। बास्तमा प्रहरीले बिरोध प्रदर्शनका आयोजकहरुलाई त्यहापनि प्रदर्शन गर्न सकिने भनेपनि अन्तत त्यहा दिइएन।

तपाइ फ्रान्सेलीहरुकालागि नेपाल हिमाल र रमणीय दृश्यहरुले भरिएको स्वर्ग जस्तो छ । कार्टुन बोकेका एक साना नेपाली बालक ।
साधारणतय यहापनि नेपालीहरु भाषण सुन्न भने मन नपराउने रहेछन् भन्ने तथ्यपनि यहा खुल्यो। शायद कार्यक्रमको ढांचा उही भाषण पद्धती भएकोले हो की । गित कविता कथा तथा अन्य सृजनात्मक कुराहरु यहा झन् बढी रुचाइने कुरालाई आयोजकहरुले पछिल्ला कार्यक्रमहरुमा विचार पुर्याउन पर्ने देखिन्छ।

नेपालको यूद्धले १३ हजार नेपाली मारिसक्यो। मानिसहरु साच्चै शान्ति चाहन्छन्।
अर्का एक नेपाली बालक । पछाडीपट्टी लोकतन्त्रिक गणतन्त्र जिन्दावाद भनेर लेखिएको देखिन्छ। नाराहरु तयार पार्ने क्रममा आयोजकहरुले यो नारा नलेखेका भएपनि कोही गणतन्त्र प्रेमी नेपालीले व्यक्तिगत रुपमा यो नारा छातीमा टासेका थिए।
कार्यक्रममा हरिहर अर्यालले र निर्मल अर्यालले फ्रेन्च भाषामा र अशोक न्यौपाने तथा बेल्जियमबाट आउनुभएका नवीन जी (माइकमा थर नै भनेनन ) ले नेपाली भाषामा बोल्नुभएको थियो। उहाहरुको एक मुष्ट भनाइ थियो , राज्यको सम्पती धुवामा उडाएर यूरोप भ्रमण गर्ने पारसलाई बहिष्कार गर्नुपर्छ र नेपाली आन्दोलनलाई सहयोग र समर्थन गर्नपर्छ।

नेपालको तानाशाही सरकारलाई कुनैपनि सहयोग नदेउ। प्ले कार्ड बोकेका एक फ्रान्सेली नागरिक । हिजोको कार्यक्रममा उल्लेख्य रुपमा फ्रान्सेलीहरुकोपनि उपस्थिती थियो।
विश्वको जुनसुकै कुनामा बसेपनि हामी नेपालीको कर्तव्य हो यो । पटक पटकको समझदारी टलीफोन वार्ता र मिटीगहरु पछि बनको समझदारिपछि लोकतान्त्रीक मन्च फ्रान्स गठन भएको हो । यो मन्चले भविष्यमापनि अरुकाम गर्नेछ भन्ने आश्वासन आयोजकहरुले दिएकोले भविष्यमा विविध कार्यक्रमहरु हुनेछन् भन्ने आशा सबैले लिएका छन्।
थप हेर्न मन भए हिमाल अनलाईन र गणतन्त्र नेपाल का दूइ समाचार ।
थप तस्विरहरु भोली प्रकाशित हुनेछन्। हेर्न नछुटाउनुहोस।