Nepalis in Japan prepare to protest Nepal King's autocratic rule
जापान, चैत १६
जापानमा बसोबास गरिरहेका केहि नेपालीहरु मिलेर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने उदेश्य राखि विरोध प्रदर्शनको तयारि भइरहेको खवर प्राप्त भइरहेको छ। तर उक्त विरोध कार्यक्रम कुन दिन हुने भन्ने कुरा अहिले सम्म गोप्य राखिएको जनाउदै हाम्रा सहयोगीले थपे निश्चयनै जापानमापनि यस्तो कार्यक्रम हुनेछ। त्यसकालागि हामीहरुले नेपालीहरुबिच संपर्क बढाउने काम गरिरहेका छौं। पहिला देखिनै विरोध कार्यक्रम गर्ने भन्दा भन्दै त्यहा केहि महिना पहिला युवाराज पारस दम्पतीको सवारी भएको र मै हु भन्ने नेपालीहरु पारसका पाउमा पर्न गएका कारण धेरैपछि मात्र शान्ति तथा लोकतान्त्रिक मन्च गठन भएको जनाइएको छ। नेपाली आन्दोलनलाई सहयोग गर्ने भन्दै अहिले जापानबाटपनि लोकतन्त्र व्लग स्पोट भन्ने व्लगपनि संचालन गरिएको छ।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, March 29
by
Nepal Info
on Wed 29 Mar 2006 01:26 AM CEST
by
Nepal Info
on Wed 29 Mar 2006 12:36 AM CEST
Photo feature of Paris Protest
Text and photos by Anuradha Poudel तस्विर र आलेख सबै अनुराधा पौडेल ![]() पारसको भ्रमण अर्थहिन । एक साता भन्दा बढी कर्मचारीलाई दिन ठीक्क पारेको ६ करोड रुपैया बोकेर झन्डै आधा महिना मुलुकबाहिर बिताउने पारसको भ्रमण के उदेश्यले महत्वपूर्ण भयो ? थप तस्विरहरु यहा क्लिग गरेरपनि हेर्न सक्नुहुन्छ भने यहा नभएका तस्विरहरु भित्र हेर्न सक्नुहुन्छ। पेरिस चैत १६ पेरिसमा पारस विरुद्ध प्रदर्शन भएकोपनि तीन दिन वितिसकेछ। व्लगमा हुन्छ नि तस्विरहरु राख्दै गरौला भन्दा भन्दै फुर्सद नमिलेर मैले आज ढीलो गरि केही तस्विरहरु राखेको छु। बरु अरु मिडीयाका साथिहरुले पाएजति समाचार र तस्विरहरु दिइसक्नुभो जसले गर्दा अव बाकी के नै रह्यो र जस्तो लाग्यो । तर फेरि क्यामेरा हेर्दै जादा केहि नया तस्विरहरु फेला पारेकोले आज प्रकाशित गरेको छु। बाकी तस्विरहरु भित्र more » |
This Month
Month Archive
|
||
